आज २०८२ जेठ​ ७ ग​तेको राशिफ​ल​
News Desk
May-21 तारिख 06:14 बिहान

मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिनमा नयाँ अवसरहरू हात लाग्नेछन् र आम्दानीका नयाँ स्रोतहरू फेला पर्ने सम्भावना छ। तपाईंको श्रमको उचित मूल्यांकन हुनेछ, जसले उत्साह थप्नेछ। पढाइमा केन्द्रित हुनसके राम्रो प्रगति हुनेछ। प्रतीक्षित नतिजाहरूले मन प्रफुल्ल पार्नेछन्। व्यापारमा सन्तोषजनक नाफा प्राप्त गर्न सकिनेछ। प्रयत्न गर्दा छिट्टै परिणाम देखिनेछ। नयाँ कार्यको सुरुवात हुने सम्भावना पनि छ। आम्दानी बढेपछि जीवनशैलीमा परिवर्तन देखिन सक्छ।

वृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तारिफयोग्य कामहरू गरेर समाजमा प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। पदीय जिम्मेवारी प्राप्त हुने समय आएको छ। नसोचेको अवसर हात लाग्न सक्छ, जसले हर्ष बढाउनेछ। टाढिएका साथीहरू नजिकिने छन्। भाग्यले साथ दिँदा विविध अवसरहरू आउन सक्छन्। आफनो सीप र प्रयास देखाएर लाभ लिन सकिनेछ। शुभचिन्तकहरूको साथले पुराना चुनौतीहरू हट्नेछन्। निरन्तर मिहिनेत गरेमा दाम, इनाम र पुरस्कार समेत पाउने समय हो।

मिथुन – Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज तपाईंले समयको सही उपयोग गर्न नसक्दा व्यवहारमा पछि पर्नु पर्ने हुन सक्छ। चिताएको काममा केही अवरोध आउनसक्छ। अरूका लागि समय र बुद्धि खर्चिनुपर्ने देखिन्छ। आंशिक लाभ भए पनि लक्ष्य पुरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले तपाईंको कमजोरीको फाइदा उठाउने प्रयास गर्न सक्छन्। परिस्थितिका अनुसार लचिलो बन्नु आवश्यक छ। यद्यपि, भविष्यका लागि नयाँ सम्भावनाहरू पहिल्याउने मौका छ।

कर्कट – Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नतिजा त्यति उत्साहजनक नदेखिए पनि कामको दोहोर्याइँ आवश्यक हुन सक्छ। केही परिबन्धहरूले चुनौतीपूर्ण अवस्था सिर्जना गर्नेछन्। तथापि, चुनौतीमा नै अवसर देख्न सकिने दिन हो। प्रयत्न गर्दा नसोचेको सफलता प्राप्त हुन सक्छ। तर, कामका लागि दौडधुप गर्नुपर्ने हुन्छ। व्यस्तता बढ्नेछ, जसले गर्दा शारीरिक थकान महसुस हुनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ, त्यसैले खानपान र आराममा ध्यान पुर्याउनुहोस्।

सिंह – Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमाइलाे भेटघाट हुने र दीर्घकालीन कार्यको प्रारम्भ हुने सम्भावना छ। तपाईंको प्रयत्नले राम्रो उपलब्धि दिलाउनेछ। पहिले रोकिएको कार्य पुनः सुरु हुनेछ र नयाँ जिम्मेवारी थपिन सक्छ। आम्दानी बढ्ने संकेतले मन प्रफुल्ल पार्नेछ। व्यापारमा प्रगति सम्भव देखिन्छ। श्रमको उचित मूल्य पाइनेछ। संचित धनको सदुपयोग गर्दा फाइदा हुनेछ। निरन्तर मिहिनेतले छिटो उपलब्धि मिल्नेछ।

कन्या – Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज तपाईंलाई प्रतिस्पर्धामा उत्रनुपर्ने भए पनि बुद्धिको सही प्रयोगले आफ्नो प्रतिष्ठा बचाउन सकिनेछ। रोकिएका कामहरू बन्न थालेपछि आत्मबल बढ्नेछ। पुरानो शत्रुतालाई पनि मित्रतामा बदल्न सकिने सम्भावना छ। स्रोतसाधन जुटेपछि दिगो फाइदा हुने कार्यमा लाग्न सकिनेछ। साहस र आत्मविश्वासले जटिल कामहरू सम्पन्न हुनेछन्। विवेकको प्रयोग आज फलदायी हुनेछ।

तुला – Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर र व्यवधानको उतारचढावपूर्ण समय हुनेछ, जसमा कम प्रतिफल पाइएला। धैर्य र निरन्तर प्रयत्नले मात्र उपलब्धि हात लाग्नेछ। कामको समायोजन नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूले तपाईंको श्रमबाट फाइदा उठाउन सक्ने सम्भावना छ। स्वास्थ्यसम्बन्धी चिन्ताले पनि सताउन सक्छ। अध्ययनमा केही अवरोध आउनेछन्। लक्ष्यसम्म पुग्न समय लाग्नेछ। बेसमयमा बोलेको कुरा समस्या बन्न सक्छ।

वृश्चिक – Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अरूको लाभका लागि तपाईंको समय र स्रोत खर्चिनुपर्नेछ। परिस्थितिहरू आफ्ना लागि थोरै प्रतिकूल बन्न सक्छन्। छातीसम्बन्धी समस्या देखिन सक्छ, जसले स्वास्थ्यमा असर पुर्याउनेछ। हतारको निर्णयले झन्झट निम्त्याउन सक्छ, त्यसैले निर्णय गर्दा सोचविचार गर्नुहोस्। समयमा जुट्न नसक्दा आफ्नो कार्य रोकिएला। बेसमयमा दिएको वचन अप्ठ्यारो बन्न सक्छ। भावनात्मक व्यवहारले आफन्तसँग दूरी बढ्न सक्छ।

धनु – Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज दिगो लाभ हुने कामको जग हाल्ने मौका प्राप्त हुनेछ। आफ्नो साहस र पुरुषार्थबाट अधिकार प्राप्त गर्न सकिनेछ। व्यापारिक गतिविधिमा वृद्धि हुनेछ र आर्थिक लाभ बढ्नेछ। निरन्तर मिहिनेतले प्रतिस्पर्धामा अग्रता दिलाउनेछ। आवश्यक स्रोतसाधन जुटेपछि नयाँ योजनाहरूको सुरुवात हुनेछ। मिहिनेतीहरूको लागि आजको दिन एकदमै फलदायी रहनेछ। रोग र शत्रुमाथि विजय हासिल हुनेछ।

मकर – Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज परिस्थितिले गर्दा आफैँले दिएको वचन पुरा गर्न कठिनाई हुन सक्छ। अवसर भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकको सुझाव नमान्दा घाटा हुन सक्छ। हडबडिमा थालिएको काम दोहोर्याउनु पर्ने स्थिति आउनेछ। बोलीको गलत अर्थ लाग्दा विवाद हुनसक्छ। कमजोरी सुधार्न कडा प्रयास गर्नुपर्ला। अरूको काममा बढी चासो देखाउँदा झमेला बढ्न सक्छ।

कुम्भ – Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज रमाइलो र सफलतादायक दिन हुनेछ। दीर्घकालीन र रचनात्मक कार्यको सुरुवातका लागि समय अनुकूल छ। साथीभाइ तथा सहयोगीहरूको साथ राम्रो हुनेछ। पुराना सफलताले थप काम गर्न उत्प्रेरणा दिनेछन्। टाढिएका आफन्तजनसँग पुनः भेटघाटको सम्भावना छ। स्वादिलो भोजनको आनन्द पाइनेछ। नयाँ योजना तथा प्रस्ताव आउनेछन्। प्रतिष्ठा बढ्ने र आर्थिक फाइदा हुने समय हो।

मीन – Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्चको बेथिति आजको मुख्य चिन्ता बन्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउनेछ। आर्थिक कठिनाइ समाधान गर्न ऋण लिनुपर्ने देखिन्छ। तर, अघिकै दिइएको सरसापटको रकम फिर्ता हुनेछ। केही खर्च भए पनि यात्राको प्रक्रिया अगाडि बढ्नेछ। दीर्घकालीन कार्यको सुरुवात गर्न उपयुक्त समय हो। टाढा रहेका साथीभाइसँग सम्पर्क पुनः कायम हुनेछ। अनपेक्षित व्यक्तिको सहयोगबाट काम बन्न सक्छ।