आज​ २०८२ जेठ​ ८ ग​तेको राशिफ​ल​
News Desk
May-22 , 2025 तारिख 06:18 बिहान

फलितज्योतिषाचार्य

मेष - Aries

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अचानक आउने खर्चले आर्थिक दबाब सिर्जना हुन सक्छ। समयमै निर्णय लिन नसक्दा विभिन्न चुनौतीहरू देखा पर्न सक्छन्। लगानी बढाउनुपर्ने आवश्यकता देखिन सक्छ। आलोचकहरू सक्रिय हुनेछन् भने साथ दिनेहरू विरलै भेटिन सक्छन्। शुभेच्छुकहरू पनि केही टाढा हुनसक्छन्। ठूलो लगानीपछि मात्र सानो लाभ मिल्ने सम्भावना छ। कुनै पनि काम सफल बनाउन दोहोर्याएर प्रयास गर्नुपर्नेछ।

वृष - Taurus

(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिश्रमबाट उल्लेखनीय लाभ प्राप्त हुनेछ। व्यापार फस्टाउने संकेत छन् भने साझेदारीबाट विशेष लाभ मिल्ने सम्भावना छ। प्रशंसकहरूको संख्या बढ्नेछ र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त भई आम्दानीका नयाँ स्रोत खुल्नेछन्। श्रमको उच्च मूल्यांकन हुनेछ। प्रयत्नशील रहन सकेमा चाँडै सफलता हात लाग्नेछ। नयाँ योजनातर्फ उन्मुख हुने समय हो।

मिथुन - Gemini

(का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको सुरुआत हुनेछ, जसले दीर्घकालीन लाभ दिलाउनेछ। प्रयत्न गर्दा विशिष्ट स्थान प्राप्त गर्न सकिनेछ। अनेक अवसरहरू तपाईंको ढोका ढकढक्याउनेछन्। मेहनतले प्रतिष्ठा, सम्मान र धन तीनै दिलाउने संकेत छ। पेशागत क्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नयाँ रुचिहरूमा लगानी गर्ने अवसर पाइनेछ, जुन भविष्यका लागि लाभदायी बन्न सक्छ।

कर्कट - Cancer

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
योजना अनुसार काम नहुन सक्छ। सहयोगको आशामा बसेकाहरूबाट आफ्ना कमजोरीको लाभ उठाउन खोजिने सम्भावना छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ। जिम्मेवारी बढ्नेछ, तर मेहनत गरेमा लाभको दिशा पहिचान गर्न सकिनेछ। आध्यात्मिक उर्जा जाग्नेछ, धार्मिक तथा सामाजिक सेवामा पनि रुचि देखिनेछ।

सिंह - Leo

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्य काममा अलमलिँदा महत्वपूर्ण कार्य स्थगित हुन सक्छ। शरीरमा थकान वा अस्वस्थता महसुस हुनेछ। चुनौतीका बाबजुद जिम्मेवारी पूरा गर्नु पर्नेछ। सहयोगीहरूको साथले अवरोध पार गरिनेछ। दैनिक कार्यहरू सहज रूपमा अघि बढ्नेछन्। केही जटिल कार्य पनि सम्पन्न हुनेछन्। स्वास्थ्यमा खर्च बढ्न सक्छ, तर आर्थिक लाभ पनि सामान्य रूपमा जारी रहनेछ।

कन्या - Virgo

(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आकर्षक पहिरन र व्यक्तित्वको निखारले मनमा आत्मविश्वास थपिनेछ। पारिवारिक र आत्मीय भेटघाटले मन रमाउनेछ। उपहार र सत्कारले उत्साहित बनाउनेछ। पारिवारिक साथले उत्साह बढ्नेछ। जटिल समस्याहरूमा पनि सजिलो समाधान निकाल्न सकिनेछ। व्यवसायबाट सन्तोषजनक आम्दानी हुनेछ। आवश्यक भौतिक साधनहरू संकलन गर्न सकिनेछ।

तुला - Libra

(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हिम्मतपूर्वक लिएको निर्णयले लाभ दिलाउनेछ। कठिन प्रतिस्पर्धामा सफलता प्राप्त हुने सम्भावना छ। आवश्यक सामग्रीहरूको प्राप्ति हुनेछ। चाहे जस्तोसुकै कठिनाइ आए पनि लक्ष्यमा पुग्न सकिनेछ। शत्रु परास्त हुनेछन्, रोगबाट छुटकारा पनि मिल्नेछ। आवेगमा संयमता अपनाउनुहोस्, किनकि मुद्दामामिलामा जित संभव छ। व्यापारमा उल्लेखनीय लाभ हुनेछ।

वृश्चिक - Scorpio

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको भरपर्दा काम अधुरो रहन सक्छ। पहिलेका समस्याहरू दोहोरिन सक्ने सम्भावना छ। गोप्य कुराहरू बाहिरिदा अप्ठ्यारो पर्न सक्छ। पढाइ वा अध्ययनमा समय दिन कठिन हुनेछ। महत्त्वपूर्ण निर्णयहरूमा अवरोध आउन सक्छ। बाह्य प्रभावमा परेर हतारमा निर्णय नगर्नुहोस्। प्रतिकूल नतिजा आउन सक्छ, तर शुभेच्छुकहरूले कठिन समयमा साथ दिनेछन्।

धनु - Sagittarius

(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनियन्त्रित बोलाइले समस्या निम्त्याउन सक्छ। महत्वाकांक्षी योजनाहरू गोप्य राखेर अघि बढ्नु उचित हुनेछ। साझेदारीमा असमझदारीको संकेत देखिन्छ। आश्वासन दिनेहरूबाट धोका हुन सक्छ। अरूको विश्वासमा नपर्नुहोस्। परिस्थिति स्वीकार गरेर अघि बढ्नु पर्नेछ। नयाँ काममा केही समयको प्रतीक्षा गर्नु राम्रो हुनेछ। दैनिक क्रियाकलापमा ध्यान दिनुपर्ने समय हो।

मकर - Capricorn

(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हिम्मत र मिहिनेतले नयाँ अवसर दिलाउनेछ। नयाँ योजनाहरू कार्यान्वयनमा आउनेछन्। आयवृद्धिको राम्रो सम्भावना छ। उद्योग र व्यवसायमा उल्लेखनीय प्रगति हुनेछ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। अघिका कर्महरूको सकारात्मक प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूको साथ पाइनेछ भने पूर्वविरोधीहरूसँग पनि सम्बन्ध सुध्रिने सम्भावना छ।

कुम्भ - Aquarius

(गु, गे, गो, सा, सि, सु, से, सो, द)
आलोचकहरूको कारण मानसिक तनाव पर्न सक्छ। व्यवहारिक भएर सबैलाई समेट्ने प्रयास गर्नु होला। योजना गोप्य राख्नु हितकर हुनेछ, अन्यथा काम रोकिन सक्छ। सद्व्यवहारले समस्याबाट जोगिन सकिनेछ। मिहिनेतले आकांक्षित कार्यहरू सम्पन्न हुनेछन्। आयका नयाँ माध्यमहरू पहिचान हुनेछ। केही खर्च भए तापनि प्रतिष्ठा जोगाउन सकिनेछ।

मीन - Pisces

(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अघिको सफलताले लक्ष्यप्रति दृढ बनाउनेछ। नयाँ अवसरहरू देखापर्नेछन्। तर हठपूर्वक निर्णय गर्दा कठिनाइ निम्तिन सक्छ। खानपान र सामाजिक व्यस्तताले काममा असर पर्न सक्छ। यद्यपि प्रयत्न गरेमा दीर्घकालीन लाभ दिने कार्यहरू थालनी गर्न सकिनेछ। नयाँ प्रस्तावहरू प्राप्त भए पनि सावधानीपूर्वक अघि बढ्नुहोला। मिहिनेतले सम्मान, आम्दानी र सफलता सबै दिलाउनेछ।

 

धेरै पढिएको