आज २०८२ जेठ​ १० ग​तेको राशिफ​ल​
News Desk
May-24 , 2025 तारिख 06:05 बिहान

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अरूको प्रभावमा परेर अनावश्यक खर्चको सम्भावना देखिन्छ। अवसर पाउन केही संघर्ष गर्नु पर्नेछ। विदेश जाने चाहना राख्नेहरूका लागि प्रक्रिया अघि बढ्न सक्छ। छरछिमेकसँग केही असमझदारी उत्पन्न हुने सम्भावना छ। तर दिउँसोपछि अवस्था सहज बन्दै जानेछ। आफन्तजनसँग भेटघाटका साथै स्वादिलो भोजनको अवसर मिल्नेछ। नयाँ कार्यप्रस्तावहरू आउनेछन् र साथ दिनेहरूको सहयोगले उत्साह थपिनेछ।

वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिहानको समय उपलब्धिमूलक रहनेछ। साझेदारी तथा कारोबारमा नाफा देखिन्छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। आम्दानीमा वृद्दि हुन सक्छ। जिम्मेवारी बढे पनि काम बन्नेछ। दिउँसोदेखि अवसरका खोजीमा दौडधुप गर्नुपर्ने अवस्था आउन सक्छ। व्यापारमा थप लगानी आवश्यक हुनेछ। आकस्मिक खर्चका कारण बचतमा धक्का लाग्न सक्छ। केही वस्तु त्याग्नु पर्ने परिस्थिति पनि आउन सक्छ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नो क्षेत्रमा अधिकार जमाउँदै दाम, इनाम र मान–सम्मान प्राप्त गर्न सकिनेछ। परिश्रमको फलस्वरूप नयाँ अवसरहरू हात लाग्नेछन्। प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध प्रगाढ बन्नेछ। दिउँसोपछि गुमेको स्थान पुनः प्राप्त हुने सम्भावना छ। आयआर्जनका विविध स्रोतहरू पत्ता लाग्नेछन्। पुराना समस्या समाधान भएपछिको समय फाइदाजनक रहनेछ। लगनशीलता र मिहिनेतबाट सफलता मिल्नेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुका घडीहरूमा अरूका समस्यामा फस्न सकिनेछ। व्यावसायिक कामहरूमा अघिल्लो समयका समस्याले समय खर्च हुन सक्छ। यद्यपि सामाजिक क्षेत्रका कामले अवसर ल्याउने सम्भावना छ। धार्मिक आस्थाले सेवा तथा पुण्यकर्ममा अग्रसर बनाउनेछ। दिउँसोपछि अवस्था अनुकूल बन्नेछ। कामको प्रशंसा प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। भावी योजनाका लागि आजको समय उपयोगी हुनेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्यमा कमजोरी अनुभव हुन सक्छ। खर्च र चुनौतीपूर्ण समय रहनाले सचेत रहनुपर्ने दिन हुनेछ। समस्या देखाउँदा सहृदयी व्यक्तिहरूबाट सहयोग पाइनेछ। बुद्धिको प्रयोगले समाधानतर्फ मार्ग खुल्नेछ। दिउँसोपछि स्थिति सुधारिदै जानेछ। परिश्रम गरेपछि केही उपलब्धि हात पर्नेछ। समयमै काम नसके पनि दीर्घकालीन योजना बनाउन सकिनेछ।

कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यात्रा रमाइलो हुनेछ। उपहार प्राप्तिले हर्ष बढ्नेछ। विशेष कामका लागि बिहानको समय लाभदायक रहनेछ। तारिफयोग्य कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। दिउँसोपछि केही कार्यमा विघ्न उत्पन्न हुने डर रहन्छ। सन्तोषजनक परिणाम नआउन सक्छ। आहार–व्यवहारमा सचेत नभएमा स्वास्थ्य प्रभावित हुन सक्छ। तपाईंको कर्मको फल अरूले लिने चेष्टा गर्न सक्छन्।

तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कडा मेहनतले लक्ष्य प्राप्त हुने सम्भावना देखिन्छ। प्रतिस्पर्धामा विजयी हुने संकेत छ। केही परिस्थितिमा सम्झौता गर्नु परे पनि प्रतिष्ठा जोगाउन सकिनेछ। लाभदायी कामको सुरुआत हुनेछ। दिउँसोपछि नयाँ अवसरहरू देखा पर्नेछन्। व्यापारिक यात्राले नयाँ सम्बन्ध निर्माण गर्न सकिनेछ। उपहार र प्रशंसाले मनोबल बढ्नेछ। ज्ञान र प्रतिभामा निखारता आउने समय हो।

वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिहानको समय सानातिना समस्यामा फसिने देखिन्छ। विगतका कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ने हुन सक्छ। मिहिनेत गर्नेका लागि समय फलदायी रहनेछ। समस्याहरू बुद्धिपूर्वक समाधान गर्न सकिनेछ। दिउँसोपछि अनुकूलता बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। ईर्ष्यालुहरूले पराजय भोग्नेछन्। कार्यक्षेत्रमा आफ्नो दाबी स्थापित गर्न सकिनेछ। यात्रा गर्दा स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला।

धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आज अरूका फाइदाका लागि तपाईंलाई प्रयोग गरिन सक्छ। आफ्नै मानिसबाट विश्वासघात हुने सम्भावना छ। साझेदारसँगको समझदारी भंग हुन सक्छ। हचुवाका भरमा बोलेको वचनले समस्या निम्त्याउनेछ। दिउँसोपछि मित्रजनसँग सन्तुलन कायम गर्नुपर्ला। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। खानपानमा ध्यान नदिँदा समस्या बढ्न सक्छ। योजनाहरू ढिलाइ हुन सक्नेछन्।

मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहानको समय कामका लागि अनुकूल देखिन्छ। आवश्यक साधन-स्रोत जुटाउने मौका मिल्नेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ। सेवामूलक कार्यबाट प्रतिष्ठा मिल्नेछ। दिउँसोपछि व्यक्तिगत समस्याका कारण काम अवरुद्ध हुन सक्छ। नजिकका साथीहरू टाढिन सक्छन्। व्यवसायमा केही चुनौती देखिए पनि धैर्यपूर्वक सामना गर्नुपर्ला।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
विश्वासको अभावले केही पछि परिनेछ। जथाभावी बोलेको कुरा उल्टो पर्न सक्छ। शुभचिन्तकहरूको सल्लाह अवज्ञा गर्दा हानी हुन सक्छ। दिउँसोपछि नयाँ योजना तर्फ अघि बढ्न सकिनेछ। व्यवसाय वा उद्योगमा विशेष लाभको योग छ। अड्किएको काम बन्नेछ। नयाँ कार्यको सुरुवातको समय अनुकूल छ। राम्रो परिणाम प्राप्त हुँदा आत्मसन्तोष मिल्नेछ। सहयोग र उपहार पाइने दिन हो।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सम्भावना देखिए पनि काम समयमै नगर्दा अवसर गुम्न सक्छ। आफ्नै अधिकारमा अरूले हस्तक्षेप गर्ने सम्भावना छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। साथी वा आफन्तहरूको सहयोग जुटाउन मुस्किल पर्नेछ। स्वास्थ्य पक्ष कमजोर हुन सक्छ। परिश्रमको परिणाम ढिलो पाइनेछ। तपाईको मिहिनेतबाट अरूले फाइदा उठाउने प्रयास गर्नेछन्।

 

धेरै पढिएको