News Desk
फलितज्योतिष विश्लेषण (दैनिक)
(फलितज्योतिषाचार्य)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नजिकका आफन्तको साथले आत्मबल बढ्नेछ। नयाँ योजना सुरु गर्ने सोच पलाउनेछ। आरामको समय मिल्नेछ, साथै स्वादिलो भोजनले मन प्रसन्न हुनेछ। पारिवारिक सम्बन्धमा झनै आत्मीयता बढ्नेछ। संस्कारमा नयाँपन थप्न सकिने दिन हो। प्रतिष्ठा बढ्न सक्छ, प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसर पहिल्याउन समय र श्रम लगानी गर्नुपर्नेछ। साथीहरूसँग सानो मतभेद देखिन सक्छ। अनावश्यक खर्चले तनाव दिन सक्छ। गुनासो गर्नेहरू बढी देखिने सम्भावना छ। कम प्रतिफलका लागि बढी प्रयास गर्नु पर्ने देखिन्छ। समयको माग अनुसार संयमित भएर अघि बढ्नु बुद्धिमानी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पेशा वा व्यवसायमा प्रगतिको संकेत मिल्नेछ। नयाँ दायित्व पाइने सम्भावना छ। रोकिएको काम अगाडि बढ्नेछ र आर्थिक लाभ पनि मिल्नेछ। कृषिप्रधान क्षेत्रमा लगानी बढाउन लाभदायक हुनेछ। लेनदेन र साझेदारीमा फाइदाको योग छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यावसायिक क्षेत्र वा समाजमा आफ्नो छवि बलियो बनाउने अवसर छ। पारिवारिक सम्पत्तिबाट लाभ हुने संकेत देखिन्छ। वरिष्ठ वा संरक्षकको साथ मिल्नेछ। प्रतिष्ठित कार्यमा संलग्न हुन सकिनेछ, जसले पहिचान अझ उजागर बनाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा कमजोरीले योजना प्रभावित गर्न सक्छ। अत्यधिक जिम्मेवारीले थकान दिनेछ। केही कार्य बाध्यतावश गर्नुपर्ला। अपेक्षित व्यक्तिबाट अपेक्षित सहयोग नपाउन सकिन्छ। सामाजिक सेवा वा सहायता कार्यले सन्तोष दिलाउने सम्भावना छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिल्लो भविष्यको लागि प्रयास सुरु गर्ने उपयुक्त दिन हो। तत्काल नतिजा नआए पनि मिहिनेत निरर्थक हुनेछैन। स्वास्थ्य र अर्थमा सावधानी अपनाउनु उत्तम हुन्छ। कठिनाइहरूसँग सामना गर्दै अघि बढ्दा सफलता हात लाग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन रमाइलो र उपलब्धिपूर्ण बन्नेछ। प्रियजनसँग समय बिताउन पाइनेछ। आर्थिक दृष्टिकोणले पनि सकारात्मक संकेत देखिन्छ। आत्मीय सहयोगले योजनामा गति ल्याउनेछ। प्रेम र मित्रताको सम्बन्ध गहिरो हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयासलाई सही दिशा दिन सकिनेछ। यात्रा लाभदायक बन्नेछ। स्वास्थ्य र कानुनी मामिलामा सकारात्मक परिणाम पाउन सकिनेछ। प्रतिस्पर्धीहरूबाट चुनौती आउन सक्छ, तर चातुर्यले समाधान सम्भव छ। सतर्कताले धनको क्षति हुनबाट बचाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गति र योजनाबीच तालमेल नमिल्नाले असहजता हुने देखिन्छ। भौतिक समस्या वा मानसिक तनाव देखिन सक्छ। गुरुजन वा सल्लाहकारको निर्देशनमा अघि बढ्दा लक्ष्य भेटिनेछ। खानपान र संगतमा विशेष ध्यान दिनुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अघिल्ला निर्णयले पछुतो हुने सम्भावना छ। वचन दिने बेलामा सतर्कता आवश्यक छ। घरायसी वातावरणमा केही असमझदारी आउन सक्छ। योजना गोप्य राख्दै अघि बढ्नुपर्छ। जमिन तथा पशुधनबाट मध्यम लाभ हुने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सकारात्मक सोच र सहयोगीहरूको साथले रोकिएको काम अगाडि बढ्नेछ। व्यवसाय र उद्यममा लाभदायक दिन हुनेछ। अरूको हेराइमा पनि सम्मान बढ्ने संकेत छ। विगतको कर्मबाट नयाँ अवसर प्राप्त हुन सक्छ। मेहनतको उचित प्रतिफल पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
योजनाहरू कार्यान्वयनमा ढिलाइ हुन सक्छ। साथी वा हितैसीको टिप्पणीले मन दुख्न सक्छ। बोल्दा विचार पुर्याउनुहोस, नत्र गलत अर्थ लाग्नसक्छ। विवाद वा अपमानबाट बच्न विवेकपूर्ण व्यवहार गर्नु उपयुक्त हुनेछ।