News Desk
मेष - Aries
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सहयोगीहरूको साथसाथी उल्लेखनीय रहन सक्छ। अघिल्लो सफलताले नयाँ लक्ष्यतर्फ उर्जा दिनेछ। पारिवारिक वातावरण रमाइलो र समेटिने खालको बन्नेछ। तपाईंप्रति आकर्षित शुभचिन्तकहरूको संख्या बढ्न सक्छ। तर, दिउँसोपछि केही जटिल जिम्मेवारीको बोझ आउनसक्छ। तपाईँको मेहनतबाट अरूले लाभ उठाउने चेष्टा गर्ने समय हो, त्यसैले बोली–व्यवहारमा विशेष सतर्कता आवश्यक हुनेछ।
वृष - Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायिक योजनामा थप पूँजी लगानी गर्नुपर्ने संकेत छ। अनियन्त्रित खर्चले मानसिक तनाव बढाउन सक्छ। केही वस्तु र सुविधा त्यागेर अघि बढ्नुपर्ने समय आउन सक्छ। यद्यपि, दिउँसोपछि परिस्थितिमा उल्लेखनीय सुधार आउँछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रतिक्षारत नतिजा सकारात्मक आउनेछ, जसले तपाईंलाई आत्मबल र पारिवारिक सन्तुष्टि प्रदान गर्नेछ।
मिथुन - Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ अवसर प्राप्त भइ आर्थिक स्रोतहरू खुल्ने सम्भावना छ। तपाईंको लगनको उचित मूल्यांकन हुनेछ। प्रारम्भिक प्रयत्नले तुरुन्तै सफलता दिलाउनेछ। दिउँसोपछि भने आम्दानीमा अवरोध आउन सक्छ र फजुल खर्च बढ्न सक्छ। नजिकका आफन्तसँगको सम्पर्क टुट्न सक्छ। गलत निर्णयले जरिवाना भोग्नुपर्ने सम्भावना देखिएकाले सजक रहनु आवश्यक छ।
कर्कट - Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुरुषार्थका साथ नयाँ कामको थालनी हुनेछ। दीर्घकालीन उद्देश्यमा सफलताको जग बसाउने मौका मिल्नेछ। विशिष्ट व्यक्तिहरूसँगको सम्बन्ध प्रगाढ बन्नेछ। मिहिनेतले समाजमा प्रतिष्ठा दिलाउनेछ। तर, दिउँसोपछि अरूका लागि खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। अरूको अपेक्षाले आफ्नो काम अवरुद्ध हुनसक्छ। प्रतिफल ढिलो भए पनि श्रमको मूल्यांकन हुनेछ।
सिंह - Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अन्यको काममा समय र श्रम खर्चनुपर्ने स्थिति आउनेछ। जिम्मेवारी बढ्नेछ तर आफ्नै कमजोरीको आलोचना झेल्नुपर्नेछ। मध्याह्नपछि भाग्यले साथ दिनेछ। आकर्षक प्रस्तुतीले अरूलाई प्रभावित पार्न सकिनेछ। प्रतिष्ठा र आर्थिक लाभको समय छ। पदीय सम्मान वा जिम्मेवारी प्राप्त गर्ने अवसर देखिन्छ। सामुदायिक काममा सफलता मिल्नेछ।
कन्या - Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम बिग्रिने चिन्ताले मन अशान्त हुनसक्छ। न्यून उपलब्धिमा सन्तोष गर्नुपर्ने अवस्था देखिन्छ। स्वास्थ्यप्रति सचेत रहनुपर्ला। अरूका लागि समय खर्चनु पर्नेछ। दिउँसोपछि अवस्था केही सामान्य हुने संकेत छ। तर, आशाअनुसार परिणाम नआउन सक्छ। निर्णयमा चुक्दा जरिवाना वा समस्या झेल्नुपर्ने समय भएकाले होशियार रहनुहोला।
तुला - Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भेटघाट, उपहार र आत्मीयता बढ्ने समय छ। रमाइलो यात्रा वा भ्रमणको अवसर जुट्न सक्छ। मित्रता र प्रेम प्रगाढ बन्नेछ। अतिथिसत्कारमा संलग्न भइनेछ। दिउँसोपछि भने स्वास्थ्यमा कमी, र सानातिना समस्याले रोकावट आउन सक्छ। काममा अड्चन आउने भएकाले शुभचिन्तकको सुझाव अनुसरण गर्दा फाइदा हुनेछ। सीमित सफलतामा सन्तोष गर्नु पर्ने देखिन्छ।
वृश्चिक - Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अघिल्लो सफलताको आत्मबलले ठूलो कार्य आरम्भ गर्न मद्दत पुर्याउनेछ। मिहिनेतले प्रतिस्पर्धात्मक परिस्थितिमा सफलता दिलाउनेछ। प्रतिद्वन्द्वीहरू पन्छिनेछन्। दिउँसोपछि मनोरञ्जनात्मक यात्रा वा रमाइलो कार्यक्रमको सम्भावना छ। मन मिल्नेहरूबाट सहयोग मिल्नेछ। प्रेम र मित्रता बलियो बन्नेछ। व्यापारले राम्रो आम्दानी दिलाउनेछ।
धनु - Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यावहारिक जटिलताले योजनामा रोकावट आउन सक्छ। कामको चाप बढ्नेछ तर स्वास्थ्यले कमजोर बनाउने सम्भावना छ। मिहिनेत अनुसारको परिणाम त्यति उत्साहजनक नहुन सक्छ। तापनि नियमित प्रयासले लक्ष्य प्राप्त गर्न सकिनेछ। दिउँसोपछि चुनौती पार गर्दै कार्यसिद्धि सम्भव हुनेछ। पराक्रमद्वारा सम्मान र अधिकार हासिल गर्न सकिनेछ।
मकर - Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठूला आश्वासन दिनेहरूले भ्रममा पार्न सक्छन्। राम्रो अवसर प्राप्त भए तापनि तत्काल परिणाम हात पार्न कठिन हुनेछ। पुराना सम्झौता तोड्नुपर्ने अवस्था आउन सक्छ। आफ्नै प्रयासमा जोड दिनु पर्नेछ, अरूको भरमा काम सम्पन्न नहुन सक्छ। अन्योल हटाउन मान्यजनको सल्लाह उपयोगी हुनेछ। रोकिएको काम दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ।
कुम्भ - Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
अल्पसमयमै अपेक्षित उपलब्धि प्राप्त गर्न सकिनेछ। स्रोत-साधन जुट्नाले कर्मको मूल्यांकन हुनेछ। नयाँ प्रयोग वा कार्य आरम्भ गर्न अनुकूल समय हो। दिउँसोदेखि पुराना सम्झौता भंग हुनसक्छ। सहयोगीहरू प्रतिस्पर्धी बन्ने सम्भावना छ। ईर्ष्या गर्नेहरूसँग व्यवहारमा सन्तुलन कायम गर्नुपर्ला। नातागोता र साथीहरूको समर्थन पाइनेछ।
मीन - Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलेको कुरामा ख्याल नगर्दा आलोचना भोग्नुपर्न सक्छ। आत्तिने बानीले गलत अर्थ लाग्ने स्थिति बन्न सक्छ। धनव्यय अरूको लागि गर्नुपर्ने समय हो। तथापि, मेहनतको मूल्याङ्कन हुनेछ र प्रतिष्ठा प्राप्त हुनेछ। दिउँसोपछि काममा आएका चुनौती पार गर्दै सफलता मिल्नेछ। द्वेषभाव राख्नेहरू पराजित हुनेछन्। स्वास्थ्य सबल हुनेछ भने अधिकारप्राप्तिका लागि संघर्ष सफल बन्न सक्छ।