News Desk
मेष (ARIES)
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामहरूलाई प्राथमिकताअनुसार अघि नबढाउँदा पछि पर्न सकिने सम्भावना देखिन्छ। बोली र व्यवहारमा सावधानी अपनाउनुपर्नेछ। खर्च तथा कर्जासँग सम्बन्धित कुरामा विशेष ध्यान दिनु आवश्यक हुनेछ। दैनिक कार्यहरूबाट यथावत् लाभ हुने देखिन्छ। अरूको कुरामा अत्यधिक रुचि देखाउँदा विवादमा फसिने जोखिम रहन्छ। जिम्मेवारीपूर्ण तर विवादास्पद कार्यले तनाव बढाउन सक्छ।
वृष (TAURUS)
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ अवसरहरू प्राप्त हुनेछन् र साथ दिनेहरू पनि बढ्नेछन्। सिर्जनात्मक कार्यहरू सफल भई पर्याप्त आर्थिक लाभ हुनेछ। अघिल्लो सफलताले उत्साह थपिनेछ। टाढा रहेका आफन्त वा परिवारसँग पुनः भेटघाटको सम्भावना छ। रमाइला कार्यक्रमहरूमा सहभागी भई स्वादिलो भोजनको आनन्द लिने अवसर पाइनेछ। अतीतका कमजोरी सच्याउने मौका मिल्नेछ। प्रेम र मित्रता प्रगाढ हुनेछन्।
मिथुन (GEMINI)
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा अचानक अवरोध आउन सक्छ। खर्चको भार बढ्नाले आर्थिक तनाव भोग्नुपर्ला। लाभका लागि दोहोरो प्रयास गर्नुपर्ने समय छ। व्यवसाय विस्तारका लागि थप लगानी आवश्यक पर्न सक्छ। अपरिचितमाथि भरोसा गर्दा धोका हुने सम्भावना छ। खर्च भए पनि प्रतिफल अपेक्षाअनुसार नहुन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा हानि व्यहोर्नु पर्ने स्थिति आउन सक्छ।
कर्कट (CANCER)
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगातार मिहिनेत गर्दा काम बन्नेछ र आम्दानीले मन प्रफुल्ल पार्नेछ। श्रमको उचित मूल्याङ्कन भई राम्रो प्रतिफल मिल्नेछ। आवश्यक स्रोत-साधनहरू जुट्नेछन्। अघिल्तिर थन्किएका सामग्रीको उपयोग हुनेछ। तर, समयमै सतर्क नहुनाले अरूले तपाईंको मेहनतको लाभ उठाउने चेष्टा गर्न सक्छन्। पुराना समस्याहरूले खर्च बढाउने सम्भावना छ। व्यापारमा आंशिक लाभ हुनेछ।
सिंह (LEO)
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सकारात्मक कर्मफल प्राप्त भई हर्षको अनुभव हुनेछ। नयाँ अवसरहरू हात लाग्नेछन् र दीर्घकालीन योजनाका लागि जग बस्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध प्रगाढ हुनेछ। सामाजिक कार्यहरूमा सहभागिता बढ्नेछ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। मनलाग्दो परिणाम पाउने समय आएको छ। प्रभाव जमाएर धन, इनाम र प्रतिष्ठा प्राप्त गर्न सकिनेछ।
कन्या (VIRGO)
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिका कारण चाहेको काममा ढिलासुस्ती हुन सक्छ। अरूका लागि समय, पैसा र सोच खर्च गर्नुपर्ने देखिन्छ। आंशिक फाइदा भए पनि लक्षित कार्य सम्पन्न गर्न थप समय लाग्नेछ। अवसरको फाइदा उठाउँदै अरूले तपाईंका कमजोरीमा खेल्ने सम्भावना छ। समय सँगै तालमेल नमिल्दा निराशा आउनेछ। यद्यपि, भविष्यका लागि सम्भावनाको खोजी गर्ने समय हो।
तुला (LIBRA)
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बाहिरी सीमाहरूले केही समस्या ल्याउन सक्छन्। स्वास्थ्यमा सचेत रहनु आवश्यक हुनेछ। यद्यपि, मिहिनेतको प्रतिफल अपेक्षाअनुसार नआए पनि चुनौतीमा अवसर खोजिनेछ। कठिन कार्यहरूमा प्रयत्न गरेमा आशाजनक संकेतहरू देखिन थाल्नेछन्। केही गोप्य कुरा पत्ता लाग्नेछ। आकस्मिक धनलाभको संकेत छ। अप्ठ्यारो समय हुँदाहुँदै पनि केही कार्य सम्पन्न हुनेछन्।
वृश्चिक (SCORPIO)
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनवरत प्रयास गर्दा छोटो समयमा नै फाइदा प्राप्त हुनेछ। आकर्षक लुगा तथा प्रस्तुतीले व्यक्तित्व झल्किनेछ। प्रेम र मित्रताको सम्बन्ध अझ बलियो हुनेछ। विशेष उपहारले कार्यमा ऊर्जा थप्नेछ। परिवारको साथ पाएर नयाँ योजनातर्फ आकर्षण बढ्नेछ। प्रयत्न गर्दा यात्रा सफल बन्ने सम्भावना छ। भाैतिक वस्तुहरू संकलन गर्ने समय उपयुक्त छ।
धनु (SAGITTARIUS)
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धामा होमिनुपर्ने भए तापनि बुद्धिको प्रयोगले प्रतिष्ठा कायम राख्न सकिनेछ। रोकिएका काम अघि बढ्नेछन् र नयाँ कामको सुरुवात गरिनेछ। कर्मठताले प्रतिस्पर्धीहरूलाई पछार्न सकिनेछ। पूर्वविरोधीहरू समेत मित्रताका लागि तयार हुनेछन्। स्रोत-साधनहरू प्राप्त भई दीर्घकालीन फाइदाको योजना सुरु गरिनेछ। आँट गर्दा जटिल कार्यहरू पनि सिद्ध हुनेछन्।
मकर (CAPRICORN)
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थिति प्रतिकूल रहँदा योजनाबद्ध कार्यहरू रोकिन सक्छन्। योजना कार्यान्वयनमा समस्या आउन सक्छ। स्वास्थ्यप्रति सजग रहनु उपयुक्त हुन्छ। समयलाई पछ्याउने कोसिस गर्नुपर्ला। धैर्यता र निरन्तर प्रयासले सफलता दिनेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ। सन्तानको साथले मनमा नयाँ उत्साह पैदा हुनेछ।
कुम्भ (AQUARIUS)
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्णय लिए पनि परिस्थितिसँग मेल नखाँदा पछाडि पर्न सकिनेछ। मनोरञ्जनमा समय र खर्च लाग्न सक्छ। साझेदारीमा अविश्वास बढ्नाले सम्झौता तोडिन सक्छ। बिनासोच आश्वासन दिनाले समस्या निम्तन सक्छ। योजना तुरुन्त सार्वजनिक नगर्नु हितकर हुनेछ। आफन्तसँग मनमुटाव बढ्न सक्छ। दीर्घकालीन योजना बनाउँदा हतार नगर्नु उपयुक्त हुनेछ।
मीन (PISCES)
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको आरम्भ गर्ने अनुकूल समय छ। चाहेको कार्यमा सफलता प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध प्रगाढ हुनेछ। प्रेम तथा मित्रताको सम्वन्ध अझ बलियो हुनेछ। लगानी गर्दा व्यवसायमा राम्रो लाभ मिल्नेछ। अल्छीपन त्यागेर काम गर्दा आशातीत फाइदा हुनेछ। विगतका सफलताले आत्मविश्वास बढाउनेछ। प्रतिस्पर्धीहरू पनि साथ दिन तयार हुनेछन्।