News Desk
फलितज्योतिषाचार्य
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कर्मको मार्गमा नयाँ मोड आउने देखिन्छ। व्यापार तथा उद्योगमा उल्लेखनीय लाभ प्राप्त हुनेछ। विगतका कर्मको सन्तोषजनक प्रतिफल मिल्नेछ। निरन्तर परिश्रमले कीर्तिमान स्थापित गर्दै प्रतिष्ठा, सम्पत्ति र पुरस्कार प्राप्त गर्ने अवसर दिनेछ। शत्रुपक्ष पराजित हुनेछ र प्रतिस्पर्धीहरू पछि हट्ने संकेत छन्। अग्रजहरूको मार्गदर्शन र सहकर्मीहरूको सहयोगले लक्ष्यमा सहजता ल्याउनेछ। पुरुषार्थले सफलता मिल्नेछ र जनमानसमा पहिचान बनाउने मौका जुट्नेछ।
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोलिको प्रभावशाली उपयोगले व्यक्तित्व निखारिनेछ। प्रस्तुतिमा निपुणता देखिने भएकाले प्रशंसा प्राप्त हुनेछ। पूर्व त्रुटि सच्याउने अवसर मिल्नेछ। निरन्तर प्रयासले समाजमा सम्मानित स्थान दिलाउनेछ। आदर प्राप्त हुनुका साथै सम्पन्न कार्यबाट आर्थिक लाभ पनि हुनेछ। आयका नयाँ स्रोत खुल्नेछन र स्थायी लाभ हुने विषयमा सम्झौता गर्न अनुकूल समय हुनेछ। प्रतिष्ठा, सम्पत्ति र मान्यता प्राप्त हुने संकेत छ।
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो माहोलमा सहभागी हुने मौका मिल्नेछ। तपाईंको लगनशीलताको परिणामले आत्मबल उच्च बनाउनेछ। विशेष अवसरहरूबाट हर्षविभोर हुने अवस्था छ। साथीसङ्गतले कार्यक्षमता बढाउनेछ। विशिष्ट व्यक्तिहरूसँग सान्निध्य हुनसक्नेछ र उपहार प्राप्त गर्ने सम्भावना छ। सामाजिक जमघटमा रमाइलो अनुभूति हुनेछ। नयाँ योजनाको अवसर प्राप्त हुने समय भएकाले उत्साहले भरिएको दिन हुनेछ।
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक जोहोका लागि आफन्त र पारिवारिक सहयोगबाट टाढिनुपर्ने परिस्थिति देखिन्छ। अत्यधिक खर्चको कारण कम लाभमा चित्त बुझाउनुपर्ने हुन सक्छ। पर्याप्त धनाभावले योजना पूरा गर्न गाह्रो पर्नेछ। कमजोरी सुधार्ने प्रयासमा समय लाग्न सक्छ। आलोचक सक्रिय हुने सम्भावना छ भने साथ दिनेहरू कम हुनेछन्। नजिकका साथीहरूको सहयोगमा यात्रा सम्भव देखिन्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने सम्भावना भएकाले सतर्कता अपनाउनु राम्रो हुनेछ।
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ आम्दानीका स्रोत पहिचान हुनेछन्। दीर्घकालीन लाभदायक कामको आधार तयार पार्ने मौका प्राप्त हुनेछ। यद्यपि आजको फाइदालाई सुरक्षित राख्न कठिन हुन सक्छ। केही अवसरका लागि केही वस्तु त्याग्नुपर्ने अवस्था आउन सक्छ। व्यवसायमा लगानी वृद्धि गर्नुपर्ने छ। संसाधन जुटाउन सरसापट र कर्जाको सहारा लिनुपर्ने परिस्थिति देखिन्छ। व्यावसायिक सन्दर्भमा खर्च बढ्ने भए पनि भविष्यको लागि बलियो आधार तयार पारिनेछ।
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पेशागत क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्यको अवसर प्राप्त हुनेछ। दीर्घकालीन सफलताका लागि उपयुक्त कार्य प्रारम्भ हुने संकेत छ। विशेष भेटघाटहरूले काममा प्रेरणा र गति दिनेछन्। कठिन परिश्रमले प्रतिष्ठा, सम्पत्ति र प्रशंसा दिलाउनेछ। लोककल्याणकारी काममा सहभागी भई अरूको सहयोग गर्न सकिनेछ। सामाजिक जिम्मेवारी पाउने सम्भावना रहेको छ भने वर्ग वा समुदायको नेतृत्व पनि सम्हाल्न सकिने सम्भावना छ।
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हालका उपलब्धि न्यून देखिए पनि सम्भावनाहरू खोज्न सकिने समय हो। साहसिक प्रयासले कठिन कामहरू समेत सजिलै सम्पन्न हुनसक्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने अवस्था आउन सक्छ। विगतका समस्याहरू समाधानको दिशातर्फ अग्रसर हुनेछन्। अरूका लागि अनुकरणीय कार्य गर्दै सार्वजनिक प्रशंसा प्राप्त गर्न सकिनेछ। व्यापारमा अपेक्षित फाइदा मिल्नेछ। आगामी योजनाहरूको प्रारम्भ हुनेछ। निरन्तर मिहिनेतले प्रतिष्ठा, सम्पत्ति र पुरस्कार आर्जन सम्भव छ।
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अपेक्षित नतिजा नआउँदा दोहोरो प्रयास गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा कमजोरी देखिने हुँदा उपचारमा खर्च बढ्नेछ। यात्राका क्रममा अप्ठ्याराहरू आउनसक्छन्। अरूप्रति अत्यधिक भरोसा गर्नु ठीक नहोला, किनभने आफ्नै कार्य रोकिँने सम्भावना छ। व्यक्तिगत विवरण बाहिरिन सक्ने समय भएकाले गोपनीयता राख्न आवश्यक छ। परिश्रमी रहनाले केही लाभ उठाउन सकिनेछ। धैर्य र लगनले जटिल परिस्थितिमा पनि सफलता मिल्नेछ।
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आदरणीय व्यक्तिसँगको भेटघाटले मन प्रसन्न तुल्याउनेछ। साथीहरूको समर्थनले कार्यक्षमता बढाउनेछ। जीवनशैलीमा परिवर्तन ल्याउने साधनहरू प्राप्त हुनेछन्। पाहुनाको रूपमा सम्मान प्राप्त हुनेछ। खर्च बढे पनि मनोरञ्जन र भ्रमणको समय हुनेछ। आयका नयाँ अवसरहरू खुल्नेछन्। प्रेम सम्बन्ध र मित्रता प्रगाढ बन्नेछन्। व्यवसायिक सन्दर्भमा उत्साहवर्धक यात्रा सम्भव देखिन्छ।
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौतिहरू सामना गर्नुपरे पनि आँट र संकल्पले लक्ष्य प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरू आफैँ पछि पर्नेछन। कर्मको बाटोमा निरन्तर अघि बढ्दा भविष्य सुनिश्चित हुनेछ। समस्या समाधान गर्दै अधिकार प्राप्त गर्न सकिनेछ। दीर्घकालीन लाभ हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गरिनेछ। व्यवसाय तथा पेसामा मनग्य फाइदा मिल्नेछ।
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछाडि परेको काम सम्पन्न हुने संकेत छ। नयाँ योजनाको अवसर प्राप्त हुनेछ। अध्ययनमा सुधार देखिनेछ। सेवामूलक क्षेत्रमा संलग्न रहँदा आर्थिक लाभ मिल्नेछ। शुभेच्छुहरूबाट प्रेरणा प्राप्त हुनेछ। प्रतिभा प्रदर्शन गर्दै सम्मान प्राप्त गर्न सकिनेछ। बौद्धिक क्षेत्रमा प्रतिस्पर्धामा विजय सम्भव छ। थोरै प्रयासले पनि लक्ष्यमा पुग्न सकिनेछ। स्थायी लाभ दिने कार्य प्रारम्भ हुने संकेत छ।
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रक्रियागत जटिलताका कारण केही काम पुनः गर्नुपर्ने देखिन्छ। साझेदारहरूसँग मतभेदको सम्भावना छ। अघिका निर्णयहरूमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्न आवश्यक देखिन्छ। कृषि तथा पशुपालनबाट फाइदा हुने सम्भावना छ। विगतका कर्मअनुसार उचित प्रतिफल प्राप्त हुनेछ। पेशागत क्षेत्रमा राम्रो आम्दानी प्राप्त हुने समय हो। नयाँ काम प्रारम्भ गर्ने मौका पनि प्राप्त हुनेछ।