आज २०८२ जेठ​ १७ ग​तेको राशिफ​ल​
News Desk
May-31 , 2025 तारिख 06:07 बिहान

मेष – Aries

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अफवाह वा अपुष्ट सूचनामा भरोसा गर्दा महत्त्वपूर्ण काम विग्रन सक्छ। बिना सोच विचार दिइने वचनले पछुतो आउन सक्छ। पारिवारिक कुरामा असमझदारी बढ्न सक्छ भने घरायसी वातावरण पनि तनावग्रस्त बन्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ। पशुपालन र भूमिसम्बन्धी कामबाट केही फाइदा प्राप्त हुनेछ। तर व्यवहारमा अरूको भर पर्नु खतरनाक साबित हुन सक्छ, विशेष सतर्कता आवश्यक छ।


वृष – Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहकर्मी वा साथीभाइसँग मतभेद उत्पन्न हुने सम्भावना छ। वाचा गर्नेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। यद्यपि निरन्तर प्रयास गर्दा परिणाम उत्साहजनक नै देखिनेछन्। केही विवादास्पद वा चुनौतीपूर्ण कार्यमा संलग्न भए पनि आर्थिक लाभ उठाउन सकिनेछ। आशाप्रद नतिजा नदेखिए पनि थप जिम्मेवारीतर्फ ध्यान आकृष्ट हुनेछ। थोरै लगानीबाट पनि मुनाफा लिन सकिने समय छ, व्यापारबाट सामान्य लाभ प्राप्त हुनेछ।


मिथुन – Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगातार मिहिनेतले सामाजिक सम्मान र प्रतिष्ठा दिलाउनेछ। पढाइमा सुधार देखिनेछ भने बौद्धिक क्षमतामा समेत चमक आउनेछ। बोली र सोचाइको प्रभावले धेरैलाई आकर्षित गर्न सकिनेछ। विवेक र ज्ञानको सही प्रयोगले धन, विद्या र सम्मान तीनै क्षेत्रबाट लाभ मिल्नेछ। थोरै प्रयत्नले ठूलो काम सम्पन्न गर्न सकिनेछ। सहकर्मीहरूको सहयोगले थप ऊर्जा मिल्नेछ। नाम, दाम र पुरस्कार कमाउने अवसर छ।


कर्कट – Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इच्छा र आकांक्षाहरू पूरा हुने समय छ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ र जीवनशैलीमा सन्तुलन रहनेछ। समयमै कार्य सम्पन्न भई लक्ष्यमा पुग्न सकिनेछ। अध्ययन र ज्ञानको गहिराइले बौद्धिक उचाइ बढाउनेछ। नयाँ कामका लागि आकर्षक प्रस्तावहरू आउनेछन्। विगतको सफलता नै उर्जा स्रोत बन्नेछ। व्यापारमा लाभ मिल्नेछ। प्रेम सम्बन्ध र मित्रतामा नयाँ उचाइ प्राप्त हुनेछ। परम्परागत धारालाई नयाँ सोचसँग मिलाएर अघि बढ्न सकिनेछ।


सिंह – Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनपेक्षित खर्चले आर्थिक सन्तुलनमा असर गर्न सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्नेछ। व्यवसायमा पूँजी बढाउनु परे पनि ऋणबाट आवश्यक रकम जुटाउन सकिनेछ। खर्च बढे पनि यात्रा सुरु हुने सम्भावना छ। आफ्ना मानिसहरूबाट केही टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दीर्घकालीन योजना सुरुआत गर्न अनुकूल समय छ। परोपकारी काममा संलग्न भई सन्तोष प्राप्त हुनेछ।


कन्या – Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जिम्मेवारी बढ्नेछ तर अरूको सहयोगमा काम गर्न खोज्दा पछि परिन सकिन्छ। कार्यमा ढिलाइ हुँदा अपेक्षित नतिजा तुरुन्त नआउन सक्छ। बीचमै महत्त्वपूर्ण काम रोकिन सक्छन्। आकस्मिक खर्चले ऋण लिनुपर्ने अवस्था आउन सक्छ। प्राप्त आम्दानी अरूको हितमा पनि खर्चिनुपर्ने स्थिति देखिन्छ। नगद प्रवाहमा केही कठिनाइ हुन सक्छ। आर्थिक रूपले जोगिने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ।


तुला – Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवादास्पद काम वा जिम्मेवारीमा संलग्न हुनुपर्ने परिस्थिति आउन सक्छ। आफ्नो काममा भन्दा अरूको काममा बढी समय र ऊर्जा खर्चिनुपर्नेछ। समय अभावले व्यक्तिगत लक्ष्यमा प्रभाव पर्न सक्छ। तर निरन्तर प्रयत्नबाट लाभ प्राप्त हुनेछ। विभिन्न नयाँ अवसरहरू देखा पर्नेछन्, जसले भविष्यको आधार तयार पार्नेछ। धैर्य राखी अगाडि बढ्दा आंशिक सफलता सुनिश्चित हुनेछ।


वृश्चिक – Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनतको प्रतिफल स्वरूप पद वा नयाँ जिम्मेवारी हात लाग्नेछ। आकस्मिक अवसरहरूले हर्ष बढाउनेछ। टाढिएका पुराना मित्रहरू फेरि नजिकिनेछन्। भाग्यले सकारात्मक संकेत दिनेछ। धार्मिक वा सामाजिक सेवामा रुचि बढ्नेछ। कामको तारिफ गरिनेछ र प्रेरणादायी भूमिका निर्वाह गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोगले अघिका समस्या समाधान हुनेछन्। प्रतिष्ठा, सम्मान र इनाम प्राप्त हुने शुभ समय हो।


धनु – Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नियम, प्रतिबन्ध वा सामाजिक सीमाले काममा अवरोध पुर्याउन सक्छ। गोपनीय जानकारी बाहिरिनाले असहज अवस्था आउन सक्छ। खानपान र जीवनशैलीमा सावधानी अपनाउनु पर्छ। समस्याभित्र अवसर खोज्नुपर्ने समय छ। चुनौतीपूर्ण काममा पनि प्रयास गरे सकारात्मक संकेत देखिनेछ। कठिनाइबीच केही काम बन्न सक्छन्। तर आयको गति अलि कमजोर बन्न सक्छ भने अनावश्यक खर्च नियन्त्रण गर्नु आवश्यक छ।


मकर – Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनुकूल साथीभाइसँग भेटघाट हुने समय छ, प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ। विभिन्न सन्दर्भमा सहयोग र उपहार पाइनेछ। पारिवारिक साथले नयाँ ऊर्जा प्रदान गर्नेछ। व्यवसाय सम्बन्धी यात्राले पनि मन रमाउनेछ। सहकर्मीहरूको सहयोगले लक्ष्यप्रति आकर्षण बढ्नेछ। टाढिएका मानिसहरूसँगको पुनर्मिलन हुनेछ। भौतिक सुखसुविधा प्राप्त भई जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।


कुम्भ – Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
अन्यको भरपर्दा सुरुमा योजना अल्झिन सक्छ। पहिलेका समस्या पुनः देखा परे मन खिन्न बन्न सक्छ। गोपनीय विषयमा बेवास्ता गर्दा असहज स्थिति सिर्जना हुन सक्छ। प्रमुख उपलब्धिका लागि केही समय कुर्नुपर्नेछ। तर, निरन्तर प्रयासबाट जटिलता चिर्दै काममा सफलता मिल्नेछ। विरोधीहरू निरुत्साहित हुनेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। कडा मेहनतबाट लाभ लिन सकिने अवस्था छ।


मीन – Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभचिन्तकहरूको साथले प्रेरणा प्राप्त हुनेछ। सुखद समाचारले उत्साह बढाउनेछ। पढाइमा मन जानेछ र ज्ञानको क्षेत्र फैलिनेछ। अभिव्यक्ति, लेखन तथा सिर्जनात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ। प्रतिष्ठा कमाउने अवसरहरू मिल्नेछन्। व्यवसाय, पशुपालन वा कृषिमा लगानी लाभदायक रहनेछ। रोकिएका योजनाहरू अगाडि बढ्नाले नयाँ दिशातर्फ उन्मुख भइनेछ।

धेरै पढिएको