News Desk
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठा बढाउने कार्य सम्पन्न गर्ने अवसर मिल्नेछ। बौद्धिक क्षमताले प्रतिस्पर्धा जितिनेछ। लाभदायक स्रोतहरूको पहिचान हुनेछ। प्रयासअनुसार कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन्। सेवामूलक कर्मले आर्थिक फाइदा दिलाउनेछ। स्वास्थ्य सबल रहँदा उत्साह बढ्नेछ। अध्ययनमा सुधार हुने र ज्ञान बढाउने अवसर मिल्नेछ। समय लागे पनि प्रशंसायोग्य कार्यले अरूको हित गर्न सकिनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
गाह्रो परिस्थिति स्विकार्नुपरे पनि बुद्धिको प्रयोगले लक्ष्यमा पुग्न सकिनेछ। साझेदारीका समस्याहरू समाधान गरिनेछन्। साथीसंगी र सहयोगीहरूको साथ पाइनेछ। अघिका अन्योलले अन्ततः निर्णायक रुप लिनेछ। भौतिक सुख सुविधामा वृद्धि हुनेछ। घरायसी प्रयोजनका लागि आवश्यक वस्तुहरू जुटाइनेछन्। कृषि र पशुपालनबाट सन्तोषजनक लाभ प्राप्त हुनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
कुनै कारणले चाहेको काममा अवरोध आउन सक्छ। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने प्रयास गर्नेछन्। अवसर प्राप्त भए पनि सोचविचार गरी काम थाल्नु उपयुक्त हुनेछ। व्यवसायमा केही अड्चन आउन सक्छ। अरूको लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कार्यबाट अपेक्षा अनुसार उपलब्धि पाइनेछ। तत्काल फाइदा नभए पनि भविष्यका लागि सोच विचार गर्नुपर्ने समय हो।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो खबरले दिन उत्साहजनक बन्नेछ। बोलीको प्रभावले चाहेको काम सफल हुनेछ। आफ्नो क्षेत्रमा सशक्त प्रभाव जमाउन सकिनेछ। सम्मानजनक स्थान प्राप्त हुने सम्भावना छ। प्रशंसायोग्य कर्मले उपलब्धि दिनेछ। सानो प्रयासबाट नै ठूलो लाभ पाइनेछ। व्यापारिक क्षेत्र लाभदायक बन्नेछ। अध्ययनको लगावले बौद्धिक उचाइ बढ्नेछ। दाम र प्रतिष्ठा कमाउने शुभ समय हो।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकर्षक पोशाक र योग्य कार्यले चर्चा बटुल्न सकिनेछ। छुटिएका आफन्तसँग पुनः भेटघाट हुनेछ। रमाइलो माहोलको अनुभव पाइनेछ। विशेष उपहार प्राप्त हुने सम्भावना छ। भौतिक स्रोत–साधन जुट्नाले जीवनशैलीमा सुधार आउनेछ। प्रेम सम्बन्धमा मजबुती आउनेछ। आफन्तबाट माया र आदर प्राप्त हुनेछ। प्रयत्नले दीर्घकालीन लाभ हुने काम थालनी गर्न सकिनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
फाइदाका लागि केही कुराहरू त्याग्नुपर्ने परिस्थिति आउन सक्छ। आवश्यक धन संकलनका लागि कर्जा वा सरसापटको सहारा लिनुपर्नेछ। लामो दूरीको यात्रा सम्भव देखिन्छ। आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्छ। खर्च बढे पनि यात्रा आवश्यक हुने देखिन्छ। लगानी बढे पनि फलदायी नतिजाले उत्साहित बनाउनेछ। छिमेकीसँग असमझदारी बढ्न सक्ने हुँदा सजग रहनु उपयुक्त हुनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले राम्रै फल दिइरहेको समय हो। आयका स्रोतहरू बढ्ने सम्भावना छ। अपेक्षित परिणामले उत्साह दिन्छ। सानो लगानीबाट पनि व्यवसायिक फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा नतिजा सकारात्मक आउनेछ। नयाँ क्षेत्रतर्फ पाइला अघि बढ्ने समय हो। व्यवसायमा पूँजी वृद्धि गर्न उपयुक्त समय छ। यद्यपि, केही खर्च अरूको हितमा हुने देखिन्छ। बचतको सम्भावना कम देखिन्छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अघिका कामको चर्चा चल्नेछ। मिहिनेत गरेपछि उपलब्धिको बाटो खुल्नेछ। तर, अरूका कार्यमा समय खर्चनुपर्दा आफ्ना कार्यमा ढिलाइ हुनेछ। सामाजिक जिम्मेवारी प्राप्त भए पनि कार्यान्वयनमा बाधा आउन सक्छ। परिस्थिति अनुसार आफन्तसँग टाढिएको महसुस हुन सक्छ। केहि व्यक्तिले कमजोरीको फाइदा उठाउने प्रयास गर्नेछन्, सतर्कता आवश्यक हुनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धार्मिक कार्यमा रुचि बढ्नेछ। समाजसेवामै मन लाग्ने समय हो। नयाँ दायित्व प्राप्त हुने सम्भावना छ। व्यवसायमा राम्रो लाभ प्राप्त हुनेछ। विशेष अवसरले हर्ष दिनेछ। टाढिएका साथीसंगीहरू नजिकिनेछन्। भाग्यले पनि सहयोग पुर्याउनेछ। केही समस्याहरू देखा पर्न सक्छन्। योजना अपूर्ण भए पनि आर्थिक पक्षमा फाइदा हुनेछ। दीर्घकालीन सफलता सुनिश्चित गर्ने समय हो।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अघिका समस्याहरू दोहोरिएर झन्झट बढ्न सक्छ। हल्लाको पछि लाग्दा हानि हुनेछ। गोप्य कुरा बाहिरिएर असहज स्थिति बन्न सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्न सक्छ। परिस्थितिले महत्वाकांक्षी योजना रोकिन सक्छ। आफ्ना प्रयासको फल अरूले लिने प्रयास गर्नेछन्। अरूका लागि श्रम र बुद्धि खर्चनुपर्ने अवस्था आउन सक्छ। योजनाहरू अधुरै रहने संकेत छन्।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
भेटघाट, खानपान र सामाजिक कार्यमा व्यस्त रहने समय हो। बुद्धिको प्रयोगले योजना कार्यान्वयन सम्भव हुनेछ। यद्यपि, अरूको भर पर्नाले काममा ढिलाइ हुन सक्छ। शुभेच्छुकहरूको सहयोग लिएर अगाडि बढ्नु उत्तम हुनेछ। खर्च भए पनि दीर्घकालीन सम्पत्ति निर्माणमा सहयोग पुग्नेछ। अघिको सफलता सम्झिएर नयाँ प्रेरणा मिल्नेछ। नयाँ प्रस्ताव आउने र साथ दिनेहरू बढ्नेछन्।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यप्रति सजग रहनु पर्ने दिन हो। आफ्ना काममा अरूमाथि निर्भर हुनाले समस्या पर्न सक्छ। शारीरिक बलभन्दा बौद्धिक क्षमता प्रयोग गरेर फाइदा लिन सकिनेछ। अवसरको खोजीमा आफन्तसँग टाढिनुपर्ने अवस्था आउन सक्छ। सद्भावयुक्त कार्यमा सहयोगीहरूको साथ मिल्नेछ। आगामी खर्चका लागि योजना बनाउने उपयुक्त समय हो। प्रतिस्पर्धामा विजयी भइनेछ। द्वेष गर्नेहरू पराजित हुनेछन्।