आज २०८२ जेठ​ २२ ग​तेको राशिफ​ल​
News Desk
Jun-05 , 2025 तारिख 06:07 बिहान

मेष - Aries

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन हिम्मत र प्रयासले जटिल कार्यहरू पनि सम्पन्न गर्न सकिने देखिन्छ। यद्यपि परिस्थिति अनुरूप नचलेको खण्डमा दुःख भोग्नुपर्न सक्छ। विश्वास पात्रले नै धोका दिने सम्भावना रहेकाले सतर्क रहनु आवश्यक छ। निर्णय लिएर पनि दोधारमा परिरहने बानीले पछि पार्न सक्छ। बनाइसकेको योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले अवरोध पुर्‍याउन सक्छन्। आवश्यक वित्तीय स्रोत समयमा जुट्न नसक्दा कार्यहरू अवरुद्ध हुनसक्छन्। आफ्ना प्रयास अरूको फाइदाका लागि खर्चिनुपर्ने परिस्थिति देखिन्छ।

वृष - Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शुभचिन्तकहरूको साथ सहयोग प्राप्त हुने भएकाले कार्यमा उत्साह र उमंग बढ्नेछ। सुखद समाचारहरू प्राप्त भई आजको दिन उत्साहजनक बन्नेछ। अध्ययनमा गहिरो रुचि देखिँदा बौद्धिक क्षमतामा निखारता आउनेछ। लेखन तथा सिर्जनात्मक कार्यमा प्रगति हुनेछ। प्रतिष्ठा बढाउने किसिमका अवसरहरू आउनसक्छन्। व्यापार, कृषी तथा पशुपालन क्षेत्रबाट लाभ मिल्नेछ। पहिलेदेखि रोकिएका कार्यहरू सम्पन्न भई नयाँ सुरुवात गर्न सकिनेछ।

मिथुन - Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)

घरपरिवारसँग सम्बन्धित रोकिएका कार्यहरू क्रमशः अगाडि बढ्नेछन्। यद्यपि हतारमा गरिएका निर्णयले उल्टै हानी पुर्‍याउन सक्छ। दीर्घकालीन योजना गोप्य राख्दै अघि बढ्नु उपयुक्त हुनेछ। आमाको सहयोग वा प्रेरणाबाट काम अघि बढ्न सक्छ। बुद्धिको प्रयोगले प्रतिष्ठा जोगाउन सकिनेछ। मिहिनेतले जटिल कार्यहरू पनि सजिलै बन्नसक्छन्। यद्यपि सम्पूर्ण लक्ष्य पूरा नहुन सक्छ, आंशिक सफलता भने अवश्य प्राप्त हुनेछ।

कर्कट - Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

ईर्ष्यालु वा नकारात्मक मनोवृत्तिका व्यक्तिहरूबाट विघ्न आउन सक्छ। अपेक्षित नतिजा नआउँदा मनमा निराशा उत्पन्न हुनसक्छ। प्रक्रिया ठीक नभएका कारण कार्यहरू दोहोर्याउनुपर्ने हुन सक्छ। सहयोगीहरूको साथ अभावले कार्यमा अवरोध आउनसक्छ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति बन्ने देखिन्छ, सतर्कता आवश्यक छ। कृषिक्षेत्रमा अधिक श्रम तथा लगानीको आवश्यकता पर्न सक्छ। व्यवसायमा थोरै फाइदा भए पनि जरुरी आवश्यकता भने पूरा हुनेछ।

सिंह - Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन उत्साह र रमाइलोपूर्ण रहनेछ। विभिन्न भौतिक आवश्यकता पूर्ति गर्ने अवसर प्राप्त हुनेछ। आकस्मिक लाभ वा लाभदायक संयोगहरू मिल्नसक्छन्। इच्छाअनुसारका उपलब्धिहरू प्राप्त हुनेछन्। अध्ययनमा रुचि बढ्ने भएकाले बौद्धिक उन्नति सम्भव छ। रमाइलो यात्राको अवसर मिल्नसक्छ। प्रेम सम्बन्ध र मित्रता अझ गहिरो बन्नेछ। सम्मानित कार्यहरूबाट यश र प्रतिष्ठा प्राप्त हुनेछ।

कन्या - Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मनको चाहनाअनुसार कार्यहरू सहज रूपमा बन्नेछन्। नयाँ र आकर्षक पहिरनप्रति रुचि बढ्नेछ। मिहिनेतको मूल्यांकन स्वरूप नाम, दाम र सम्मान प्राप्त हुनेछ। कीर्तिमानी कार्यको अवसर पाइनेछ। टुटेका सम्बन्धहरू पुनःजोडिने सम्भावना छ। व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। साथीभाइसँगको जमघटले दिन रमाइलो र मनोरञ्जनपूर्ण बन्नेछ। स्वादिष्ट भोजन तथा सामूहिक सहभागिताको आनन्द प्राप्त हुनेछ।

तुला - Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अचानक देखिने खर्चले आर्थिक अभावको अनुभूति गराउनेछ। नजिकका आफन्तसँग टाढा रहनुपर्न सक्छ। व्यवसायमा नयाँ लगानीको आवश्यकता देखिन सक्छ। तथापि कार्यमा अपेक्षाअनुसारको सफलता हासिल हुनेछ। लगानीले राम्रो प्रतिफल दिनेछ। आलस्य त्यागी मेहनत गर्नुपर्ने समय आएको छ। प्रतिस्पर्धीहरूबाट पनि सहयोग प्राप्त हुनसक्नेछ। यात्राको अनुकूल समय आउन सक्छ।

वृश्चिक - Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नियमित कार्यहरू गर्दै दीर्घकालीन योजनाको सुरुवात गर्न सकिनेछ। रोकिएका कार्यहरू पुनः सुरू भएर सकारात्मक परिणाम दिनेछन्। आम्दानीका नयाँ उपायहरू पत्ता लाग्नेछन्। पाउने रकम हातलागी हुने संकेत छ। कृषी, पशुपालन र व्यवसायिक क्षेत्रमा उल्लेख्य लाभ हुनेछ। सट्टापट्टा, चल-अचल सम्पत्तिको प्रयोगबाट फाइदा लिन सकिनेछ। लगनशीलता र परिश्रमले सफलता दिलाउनेछ।

धनु - Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अतीतका त्रुटिहरू बाहिर आउनाले समस्या देखिन सक्छ। अवसर प्राप्त भए तापनि आफन्तकै कारण कार्यमा विघ्न आउन सक्छ। नजिक देखिने व्यक्तिहरू स्वार्थका लागि मात्र सम्बन्ध जोड्न सक्छन्, होशियार रहनुहोस्। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्यको अवसर मिल्नेछ, तर त्यसको परिणामका लागि केही समय कुर्नुपर्नेछ। आफ्ना स्रोतहरू अरूको काममा खर्चिनुपर्ने अवस्था आउन सक्छ। यद्यपि सानो-तिनो आम्दानी भने भइरहनेछ।

मकर - Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

इमानदारीपूर्वक गरिएको मेहनतले प्रशंसायोग्य कार्य सम्पन्न हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यवसायिक क्षेत्रमा लाभदायक समय रहनेछ। कुनै विशेष अवसरले हर्षित तुल्याउनेछ। टाढिएका साथीहरू पुनः सम्पर्कमा आउँदा उत्साह बढ्नेछ। भाग्यले विशेष अवसर प्रदान गर्नेछ। अध्यात्मप्रति झुकाव बढ्नाले परोपकारी कार्यमा मन लाग्नेछ। कार्यसम्बन्धी चुनौतीहरू अन्त्य भई नाम र आर्थिक लाभ प्राप्त हुनेछ।

कुम्भ - Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)

कार्यभार बढ्नेछ, तर सुरू भइसकेका कामहरूमा विघ्न आउन सक्छ। मेहनतका बाबजुद अपेक्षित फाइदा लिन कठिनाइ हुनसक्छ। आलोचकहरूले मन दुखाउने किसिमका आरोप लगाउन सक्छन्। विवादास्पद कुराले मानसिक तनाव सिर्जना गर्ने सम्भावना छ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ—व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोस्। गोप्य कुराहरू बाहिरिनसक्ने भएकाले व्यवहारमा सावधानी अपनाउनु राम्रो हुन्छ। समस्यालाई हल्कापर्दी रुपमा लिंदा दुःख पाइने खतरा रहन्छ।

मीन - Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिवारका सदस्यको समर्थनले नयाँ आशाको सञ्चार हुनेछ। आफ्नै विचार मिल्ने साथीहरूको साथ पाउने सम्भावना छ। प्रेम र मित्रता बलियो बन्धनमा परिणत हुनसक्छ। कार्यको चापबाट थोरै विश्राम पाइनेछ। सहयोगीहरूको साथले काम अघि बढ्नेछ। यद्यपि हरेक काममा अरूको मुख ताक्दा पछाडि पर्न सकिन्छ। अनावश्यक रूपमा अरूको विषयमा चासो लिँदा व्यर्थको दुःख भोग्नुपर्नेछ। आलोचकहरूप्रति सकारात्मक व्यवहार राखेर परिस्थितिलाई सहज बनाउन सकिनेछ।

धेरै पढिएको