आज २०८२ जेठ​ २३ ग​तेको राशिफ​ल​
News Desk
Jun-06 , 2025 तारिख 06:19 बिहान

🔴 मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा केही कठिनाइहरू देखा पर्नेछन् र सोचेअनुसार लाभ लिन कठिनाइ हुन सक्छ। कानुनी पक्ष तथा औपचारिक प्रक्रिया पनि लक्ष्यसम्म पुग्न अवरोध बन्न सक्छ। प्रतिस्पर्धा बढ्ने भएकाले आफ्ना अधिकार सुरक्षित गर्न तयार रहनुपर्ने हुन्छ। तपाईंको योजनामा अड्चन ल्याउनेहरू सक्रिय हुन सक्छन्। केही जटिल परिस्थिति पनि सामना गर्नु पर्ने सम्भावना छ। फजुल खर्च र ठगीको सम्भावना देखिएकाले सतर्क रहनु राम्रो हुनेछ।

🟠 वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरको सदुपयोगबाट आत्मबल उच्च बन्नेछ र कर्ममा सफलताको ढोका खुल्नेछ। छोटो प्रयासमै लाभ हुने परिस्थिति बन्न सक्छ। अध्ययनमा रुचि बढ्नेछ र बौद्धिक क्षमतामा वृद्धि हुनेछ। नयाँ योजना सुरु गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा लाभ हुने संकेत छ। अहिले ठूला उपलब्धि नपाए पनि भविष्यका लागि बलियो आधार तयार हुने समय हो। व्यवसायिक गतिविधिले गति लिनेछ र मिहिनेतको राम्रो परिणाम आउनेछ।

🟡 मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिवार र आफन्तहरूलाई विशेष समय दिनुपर्ने आवश्यकता पर्नेछ। आश्वासन दिनेहरूले आफ्ना भनाइ पुरा नगर्न सक्छन्। हल्लाको आधारमा अरूप्रति विश्वास गर्दा धोका हुन सक्छ। कृषिप्रधान काम, पशुपालन वा घरेलु काममा व्यस्त रहनु पर्नेछ। समय जति दिए पनि ठूला फाइदा नआउला। नजिकका व्यक्तिहरू टाढिन सक्छन्। प्रयास दोहोर्याएर गर्दा रोकिएका काम बनाउन सकिनेछ।

🔵 कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफ्नो मिहिनेतको प्रतिफल अरूले उपयोग गर्ने सम्भावना छ। लक्ष्य निर्धारण गरे पनि परिस्थितिले ढिलो गराउनेछ। साथ दिनेहरूले अन्त्यमा हात झिक्न सक्छन्। मौका पाए पनि तत्काल निर्णय लिन नसकेपछि पछि पर्ने खतरा छ। प्रयास दोहोर्याउनु पर्नेछ। यद्यपि सम्पूर्ण सफलता नआए पनि आंशिक लाभ पक्कै हुनेछ। आर्थिक व्यवहारमा विशेष सतर्कता अपनाउनु राम्रो हुन्छ।

🟣 सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पढाइमा प्रगति हुनेछ भने ज्ञान तथा सीपलाई निखार्ने अवसर प्राप्त हुनेछ। मनमा लागेको योजना कार्यान्वयनमा आउनेछ। विगतका त्रुटिहरू सुधार्ने मौका प्राप्त हुनेछ। मिहिनेतको मूल्य पाउनेछ र प्रतिष्ठित स्थान प्राप्त हुने सम्भावना छ। सामाजिक तथा व्यक्तिगत सम्मान बढ्नेछ। सफल योजनाबाट आर्थिक लाभ पनि प्राप्त हुनेछ। स्थायी लाभ दिने योजना कार्यान्वयनको सही समय हो।

🟢 कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटमा सहभागी भइने सम्भावना छ। परिश्रमको उत्कृष्ट परिणामले आत्मबल बढाउनेछ। कुनै विशेष अवसरले हर्ष उत्पन्न हुनेछ भने सहकार्यबाट काममा उत्साह थपिनेछ। विशिष्ट व्यक्तिसँग कुराकानी वा सल्लाहको मौका मिल्नेछ। उपहार तथा प्रशंसा प्राप्त हुन सक्छ। समाजिक जमघटले सन्तोष दिनेछ। नयाँ कामको सुरुवात गर्ने अवसरले मनमा हौसला थपिनेछ।

तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कसैको साथ पाउनका लागि केही कुरा त्याग्नु पर्ने हुन सक्छ। भ्रमण वा यात्राको योजना बनाउन अनुकूल समय हो। टाढा रहेका साथी तथा आफन्तले साथ दिनेछन। दोहोर्याएर प्रयास गर्दा अड्किएको काम बन्नेछ। तत्काल आर्थिक अभाव देखिए पनि उधारो वा ऋणको सहायताले आवश्यक रकम जुटाउन सकिनेछ। खर्च बढ्नेछ भने काममा ढिलाइ हुने सम्भावना पनि छ। लगानीको सम्भावना बढ्ने समय हो।

🔴 वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आम्दानीका स्रोत फेला परे पनि लाभ तत्काल लिन कठिनाइ हुन सक्छ। केही रकम हातलागी भए पनि तत्काल खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। तपाईँको मिहिनेतको मूल्यांकन हुनेछ, तर प्रतिफल प्राप्त गर्न समय लाग्न सक्छ। संचय गरिएको रकम समेत खर्च गर्नुपर्ने परिस्थिति आउनेछ। आवश्यक परेमा ऋण लिएर खर्च बेहोर्नुपर्ने देखिन्छ। यद्यपि, दीर्घकालीन लाभ दिने जिम्मेवारीको सुरुवात हुनेछ।

🟠 धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सबैलाई समेटेर अगाडि बढ्न कठिनाइ हुने देखिन्छ। समय र योजना मिलाउन नसक्दा योजना अपुरो रहनेछ। प्रतिष्पर्धी वा ईर्ष्यालुहरू सक्रिय हुने सम्भावना छ। साना काममै अल्झनुपर्ने अवस्था देखिन्छ। तपाईँको कार्यक्षमता प्रसंशनीय भए पनि प्रतिफल पाउन ढिलो हुन सक्छ। दीर्घकालीन लाभका लागि दीर्घ सोचका साथ योजना बनाउने सही समय हो।

🟡 मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कामको थालनीका लागि अनुकूल समय छ। हालको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउने सम्भावना छ। मित्रजन तथा सहयोगीहरूको साथले आत्मबल बढ्नेछ। दीर्घ लाभ दिने योजना आजै कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्वहरूमा सक्रियता देखापर्नेछ। सानो प्रयासले पनि समाजमा ठूलो प्रभाव पार्न सकिनेछ। प्रशंसायोग्य कार्यले लोकप्रियता बढाउनेछ।

🔵 कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर हुने सम्भावना भएकाले काममा ढिलाइ हुन सक्छ। रोकिएको कार्य दोहोर्याएर प्रयास गर्नुपर्ने हुन्छ। चाहेको समयमा सफलता नआउला। व्यक्तिगत जानकारी चुहिने समय भएकाले गोपनीयता राख्न ध्यान पुर्याउनुहोस। अपेक्षित उपलब्धि हासिल गर्न केही समय पर्खनु पर्ने देखिन्छ। समस्याहरू समाधान गर्न सकिनेछ भने विगतमा गुमेको रकम सुरक्षित राख्न सकिने समय हो।

🟣 मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको कारण यात्रा आवश्यक हुन सक्छ। योजना अनुसार भेटघाट नहुनाले अलमल हुने संकेत छ। अरूका विषयमा अनावश्यक चासो लिँदा विवाद सिर्जना हुन सक्छ। लेनदेनको विषयमा सहमति नमिल्दा झगडा हुने सम्भावना छ। व्यापारमा अपेक्षित फाइदा नआउला। नयाँ योजना सुरु गर्न केही समय कुर्नु उचित हुन्छ। कर्जा तथा उधारो व्यवहारमा विशेष सतर्कता आवश्यक छ। नियमित कार्यबाट पूर्ववत् लाभ भने रहिरहनेछ।

धेरै पढिएको