News Desk
फलितज्योतिषाचार्य
मेष - Aries
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन रमाइलो र मनोरञ्जनले भरिएको रहनेछ। तर, अत्यधिक बोल्ने बानीले केही झमेला निम्त्याउन सक्छ। प्राप्त धन अरूको लागि खर्च गर्नु पर्ने परिस्थिति आउन सक्छ। आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नु श्रेयस्कर हुनेछ। परिवारजनको साथले समस्या समाधान गर्न सहज हुनेछ। व्यवसायमा उधारोको सम्भावना देखिन्छ। भोजन, मनोरञ्जन र लुगा–फाटाको मोहले खर्च बढाउने देखिन्छ। निमन्त्रणा स्वीकृत गर्दा आतिथ्य खर्च अपेक्षाकृत बढी हुन सक्छ।
वृष - Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्चिलो प्रवृत्तिले असहजता ल्याए पनि परिश्रमीहरूका लागि समय प्रेरणादायक रहनेछ। सम्झौता गर्नुपरे पनि आफ्नो इज्जत र अधिकार जोगाउन सकिनेछ। भौतिक साधनहरू जुट्ने र दीर्घकालीन फाइदायुक्त कामहरू सुरु हुने संकेत छ। लामो दूरीको यात्राको तयारी अगाडि बढ्नेछ। निरन्तर प्रयासले लक्ष्य प्राप्ति सम्भव हुनेछ। मिहिनेतसँगै गोपनीयतामा पनि विशेष ध्यान दिनु आवश्यक देखिन्छ।
मिथुन - Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमको प्रतिफलस्वरूप विशेष अवसर प्राप्त हुने दिन हो। समयको व्यवस्थापनले लक्ष्यअनुसार काम सम्पादन सहजै हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र बौद्धिक क्षमतामा सुधार आउनेछ। शिक्षामा वृद्धि, छुट वा अवसरहरू प्राप्त हुने सम्भावना छ। सहपाठीलाई पछि पार्दै पुरस्कार वा प्रशंसा पाइनेछ। व्यापारमा लाभ हुने संकेत छन्। पशुपालन र कृषि क्षेत्रमा राम्रो आम्दानी हुनेछ। सन्तानको साथले मनमा ऊर्जा थपिनेछ।
कर्कट - Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निर्णय लिए पनि दोधारको मनोवृत्तिले अन्योल बढाउन सक्छ। पारिवारिक सल्लाहमा योजना बनाएर अघि बढ्दा लाभ हुनेछ। दैनिकीका कामहरू नियमित रूपमा सम्पन्न हुनेछन्। नयाँ काममा नजिकका मानिसको सहयोग प्राप्त हुनेछ। नसोचेको कामसमेत प्रयत्न गर्दा सफल बन्न सक्छ। बुद्धिको सही प्रयोगले सन्तोषजनक उपलब्धि प्राप्त हुनेछ। शुभेच्छुकहरूको समर्थनले कर्ममा सकारात्मक प्रभाव पर्नेछ।
सिंह - Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशील प्रयासबाट ठूलो कार्य सम्पादन गर्न सकिनेछ। छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल हुनेछ। स्रोत र साधनको उपलब्धताले प्रयास सफल बन्नेछ। लाभमा वृद्धिले जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। पछिल्लो समयमा रोकिएका कामहरू बन्नेछन् भने नयाँ योजनाको सुरुवात पनि गरिनेछ। उद्योग र व्यवसायमा विशेष लाभको सम्भावना छ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
कन्या - Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर प्राप्त हुने भए पनि समयप्रति बेवास्ता गर्दा पछि पर्न सकिनेछ। अध्ययनमा समय दिन गाह्रो पर्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरै रहन सक्छ। कमजोरीका कारण आलोचना भोग्नु पर्ने समय रहेकोले व्यवहारमा सचेत रहनु जरुरी छ। शुभेच्छुकहरूको मनोभाव बुझ्न सक्ने प्रयास गर्नु लाभदायक हुनेछ। व्यक्तिगत चाहनाले खर्च बढ्न सक्छ, जसले गर्दा पैसाको अभाव महसुस हुन सक्छ।
तुला - Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरसँगै चुनौती पनि देखिने दिन हुनेछ। पाहुनाको आगमनले दिनचर्या अस्तव्यस्त हुन सक्छ। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्नेछ। परिस्थिति अनुकूल देखिए पनि कार्य असफल हुने डर सताउन सक्छ। भविष्यका लागि केही कुराहरू त्याग्नुपर्ने अवस्था आउन सक्छ। निरन्तर लगनशील प्रयासले फाइदा दिलाउनेछ। रोकिएको काम दोहोर्याएर प्रयास गर्नु पर्ने अवस्था रहनेछ।
वृश्चिक - Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अचानक लाग्ने खर्चले आर्थिक दबाब पर्न सक्छ। परिस्थितिवश आफन्तहरूबाट केही दूरी बन्नेछ। व्यापारमा थप लगानी गर्नुपर्ने अवस्था देखिन्छ। आकर्षक प्रस्ताव भए पनि फजुल खर्चको सम्भावना रहन्छ। उपलब्धिको लागि कडा मेहनत आवश्यक हुनेछ। स्वदेश तथा विदेश भ्रमणको प्रक्रिया प्रारम्भ हुन सक्छ। छिमेकमा असमझदारी बढ्न सक्छ भने अनावश्यक कामले अलमल ल्याउन सक्छ।
धनु - Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीको वृद्धिले मनमा उमंग जाग्नेछ। श्रमको उचित मूल्य पाउनेछ। व्यापार व्यवसायमा उल्लेखनीय प्रगति हुनेछ। थोरै समयमा नै राम्रो उपलब्धि हात पर्नेछ। पहिल्यै रोकिएको कार्य सम्पन्न हुनेछ भने जिम्मेवारीमा वृद्धि हुने संकेत छ। स्थायी लाभ दिने कार्यको सुरुवात हुने समय हो। साझेदारीमा पनि लाभ प्राप्त हुनेछ। सञ्चित रकमको सही उपयोगबाट विशेष लाभ लिन सकिनेछ।
मकर - Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगातारको परिश्रमले पदीय दायित्व प्राप्त हुने समय छ। विशेष अवसर पाउने भएकाले आत्मविश्वास बढ्नेछ। प्रतिष्ठित कार्य गरेर धेरैलाई प्रभावित पार्न सकिनेछ। सामाजिक कामले उत्साह थप्नेछ। मिहिनेतबाट उपलब्धिको बाटो खुल्नेछ। हिम्मत गरेमा दीर्घकालीन फाइदा पाइनेछ। सम्मान, पुरस्कार र आर्थिक लाभ हात पर्नेछ। भविष्य निर्माणका लागि सशक्त जग बसाल्ने मौका मिल्नेछ।
कुम्भ - Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको सहकार्य आवश्यक पर्न सक्छ, तर त्यसले आफैंलाई लाभ पुर्याउनेछ। सामाजिक क्षेत्रमा प्रशंसनीय कार्य सम्पन्न हुनेछन्। परिश्रमको फलस्वरूप उल्लेखनीय उपलब्धि हात पर्न सक्छ। रोकिएका कामहरू समेत सम्पन्न हुनेछन्। कर्मका कारण विशेष दायित्व पाइने सम्भावना छ। थोरै प्रयासबाट धेरैलाई लाभ पुग्ने कार्य आरम्भ हुन सक्छ। यद्यपि, परिश्रमको फल अरूले लिने सम्भावना रहेकाले सचेत रहनुहोला।
मीन - Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम विफल हुने डरले मानसिक चिन्ता बढ्न सक्छ। दिनभर व्यस्तता रहे पनि काम अधुरो नै रहन सक्छ। विगतका समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ। शारीरिक कमजोरी देखिन सक्छ भने औषधोपचारमा खर्च बढ्ने सम्भावना छ। महत्वका कार्यहरू पारिवारिक उल्झनमा रोकिएला। भिडभाडमा धनमाल हराउन सक्छ, त्यसैले विशेष सतर्कता अपनाउनु पर्नेछ।