News Desk
मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शारीरिक अस्वस्थताका बाबजुद कार्यक्षेत्रमा संलग्न रहनुपर्ने अवस्था सिर्जना हुन सक्छ। कार्यभार बढ्दै जाँदा थकान र कमजोरीको अनुभूति हुनेछ। इच्छित अवसर प्राप्त गर्नका लागि केही कुराको बलिदान दिनुपर्नेछ। यद्यपि समयले साथ दिएर परिश्रमको प्रतिफल प्राप्त हुनेछ। अघिका कर्मको राम्रो प्रतिफल मिल्नेछ। स्वास्थ्यमा सुधार ल्याउन आहारविहारमा सचेत हुनु अत्यावश्यक देखिन्छ।
वृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अत्यधिक हतारले काम विफल पार्न सक्छ, त्यसैले संयमता र निरन्तर प्रयासले मात्र मनग्य आम्दानी सम्भव हुनेछ। सम्माननीय व्यक्तिको स्वागत गर्न पाउने सम्भावना छ। नयाँ मित्रताको सुरुवातसँगै प्रेम सम्बन्ध अझ बलियो बन्नेछ। विभिन्न सहयोग तथा उपहारहरू प्राप्त हुने समय हो। संकटमा साथ दिने व्यक्तिहरू नजिकिनेछन्। परिवारजनको समर्थनले मनमा नयाँ आशाको संचार हुनेछ। विवादबाट बच्ने उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ।
मिथुन – Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य मजबुत रहनुका साथै कामप्रति उत्साह बढ्नेछ। मेहनत र बुद्धिको प्रयोगले समाजमा आफ्नो छवि बलियो बनाउने अवसर प्राप्त हुनेछ। चुनौतीहरूलाई पार गरेर लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ भने विरोधीहरू निष्क्रिय बन्नेछन्। भौतिक आवश्यकताहरू पुरा भएर दीर्घकालीन योजनामा लाग्न सकिनेछ। विगतको सफलता कायम राख्न बुद्धिको उपयोगले सहयोग गर्नेछ।
कर्कट – Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक तथा सामाजिक क्षेत्रमा लाभ हुने समय छ। सकारात्मक समाचारले उत्साहित बनाउनेछ। सामाजिक सेवा तथा बुद्धिमत्ताको प्रयोगले प्रतिष्ठा बढ्नेछ। नयाँ आम्दानीका बाटाहरू खुल्नेछन्। अध्ययन तथा ज्ञान–विकासको अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानजनक स्थान दिलाउने सम्भावना बलियो छ। बौद्धिक क्षमता र अभिव्यक्ति प्रभावशाली बन्नेछ।
सिंह – Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थिति सहज नभए तापनि सजगतापूर्वक अघि बढ्दा लाभ मिल्नेछ। साथीसँगको सहयोग मिल्नेछ। पशुपालन वा जमिनसम्बन्धी कामबाट आर्थिक फाइदा हुनेछ। बुद्धिको प्रयोग गर्दा लक्ष्य प्रष्ट देख्न सकिनेछ। साझेदारीबाट लाभ प्राप्त हुनेछ। मानसिक द्विविधा रहेकाले निर्णय गर्न हतार नगर्नु राम्रो हुनेछ। वचनवाणीमा संयमता आवश्यक हुनेछ, अन्यथा विवाद सिर्जना हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्दा नै फाइदाजनक हुनेछ।
कन्या – Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कतिपय विवादास्पद कामको जिम्मेवारी लिनुपर्ने हुन सक्छ। केही सहयोगीहरू अविश्वसनीय हुनसक्छन, तर आफ्नै प्रयासले सफलता प्राप्त गर्न सकिनेछ। अल्प समयमै राम्रो उपलब्धि सम्भव हुनेछ। अवरुद्ध कामहरू अगाडि बढ्नेछन् र नयाँ कामको थालनी हुनेछ। व्यवसायमा उल्लेखनीय फाइदा मिल्नेछ। थोरै मेहनतले पनि ठूलो उपलब्धि हात पार्न सकिनेछ। विगतका कमजोरीलाई सुधार्ने समय हो।
तुला – Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामलाई प्राथमिकता अनुसार नपु¥याउँदा पछि परिने सम्भावना रहन्छ। बोली–व्यवहारमा सावधानी अपनाउनु आवश्यक छ। यद्यपि बुद्धिले काम लिँदा कार्य योजना अघि बढ्नेछ। आजको प्रयासले भविष्यमा राम्रो नतिजा ल्याउनेछ। बौद्धिक क्षेत्रमा तारिफ पाउने सम्भावना छ। अध्ययन र ज्ञानप्रति रुचि बढ्नेछ। नीति र नियमप्रति सचेत भएर अगाडि बढ्दा सफलता हात लाग्नेछ। परिश्रमले समाजमा सम्मानजनक स्थान प्राप्त गर्न सकिनेछ।
वृश्चिक – Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तजनसँगको भेटघाटले मानसिक सन्तुलन कायम रहनेछ। विशेष उपहार प्राप्त हुने सम्भावना छ। नयाँ अवसर र प्रस्तावहरू आउनेछन्। आफ्नो मिहिनेतले प्रतिष्ठा र सम्मान दिलाउनेछ। तथापि केही अवसर परिस्थितिका कारण छुट्न सक्छन्। मानसिक अस्पष्टता बढ्दा निर्णय गर्न कठिनाइ हुनसक्छ। असत्य आश्वासन दिनेहरूबाट जोगिनु उपयुक्त हुनेछ। खानपानमा विशेष ध्यान दिनु जरुरी छ।
धनु – Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यद्यपि खर्च बढ्नेछ, कार्यसिद्धि अवश्य हुनेछ। भविष्यको लक्ष्य पूरा गर्न केही त्याग आवश्यक हुनेछ। निरन्तर प्रयत्न गर्दा अघिका रोकिएका कामहरू पूर्ण हुनेछन्। आवश्यक पर्दा ऋण वा सहायता लिँदा सहज हुनेछ। भेटघाट र सम्पर्कका लागि समय उपयुक्त नहुन सक्छ, तर टाढाका मित्रहरू सहयोगी बन्नेछन्। आर्थिक सञ्चयमा कठिनाइ भए पनि लगानीको राम्रो अवसर प्राप्त हुनेछ।
मकर – Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कडा परिश्रमको प्रतिफल स्वरूप आर्थिक तथा सामाजिक लाभ मिल्नेछ। विशेष प्रशंसा प्राप्त हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। भौतिक आवश्यकताहरू पूरा भएर दिगो लाभ हुने योजना सुरु गर्ने समय हो। नयाँ आम्दानीको स्रोत फेला पर्नेछन्। अघिको सफलताको आधारमा नयाँ अवसरहरू सिर्जना हुनेछन्।
कुम्भ – Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानातिना काममा अल्झिएर ठूलो अवसर छुट्न सक्छ। सामाजिक चलनचल्तीमा अत्यधिक रमाउँदा अरूले फाइदा उठाउन सक्छन्। पुराना विषयमा चर्चा भए तापनि नयाँ सम्भावनाका लागि गम्भीर परिश्रम आवश्यक देखिन्छ। साथीसँगको सहयोगले सामाजिक कार्य अघि बढ्नेछ। लगनशीलता र प्रयासले योजना सफल पार्न सकिनेछ। व्यापारिक लाभ सामान्य हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी पाउन केही समय लाग्न सक्छ।
मीन – Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अझ बढी मेहनत गर्दा भाग्यको साथ मिल्नेछ। समाज हितमा समर्पित कार्यहरूबाट प्रशंसा प्राप्त हुनेछ। धार्मिक र सेवामूलक गतिविधिले प्रतिष्ठा बढाउनेछ। सामाजिक उत्तरदायित्वको अवसर प्राप्त हुनेछ। अघिका थलिएका कामहरू पनि गति लिनेछन्। जरुरत पर्दा सहयोगीहरू साथ दिनेछन्। आफूमाथि प्रभाव जमाउन खोज्नेहरू पछि हट्नेछन्। प्रशंसनीय कार्यमार्फत पदीय जिम्मेवारीको सम्भावना बढ्नेछ।