आज २०८२ जेठ​ २७ ग​तेको राशिफ​ल​
News Desk
Jun-10 , 2025 तारिख 05:45 बिहान

मेष (ARIES)

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज व्यस्तता अत्यधिक बढ्नेछ र शारीरिक कमजोरीको अनुभूति हुन सक्छ। केही गोप्य सूचना बाहिरिनाले दोहोर्याएर काम गर्नु पर्ने अवस्था आउनसक्छ। खानपान र जीवनशैलीमा ध्यान पुर्याउनु आवश्यक हुनेछ, स्वास्थ्यमा असर पर्न सक्छ। यद्यपि, समस्याको बेला शुभचिन्तकहरूले तपाईंको साथ दिनेछन्। अहिले नै सफलता नआए पनि भविष्यका लागि सकारात्मक संकेतहरू देखापर्नेछन्। जटिल परिस्थिति भए पनि केही कामहरु अघि बढ्नेछन्।


वृष (TAURUS)

(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साथीभाइसँग रमाइलो समय बित्नेछ। प्रेम सम्बन्ध र मित्रता प्रगाढ बन्नेछन्। नयाँ योजना बनाउने प्रेरणा मिल्नेछ। स्वादिलो खानपानको मजा लिन पाइनेछ। भौतिक साधन र सुविधाले काम गर्न सजिलो हुनेछ। व्यवसायमा उन्नति भई मनग्य लाभ हुनेछ। यात्राको सम्भावना देखिन्छ, जसले व्यवसायमा फाइदा पुर्याउनेछ। प्रियजनहरूसँग आत्मीय भेटघाट र सम्मानको अवसर प्राप्त हुनेछ। दिन रमाइलो र उल्लासमय रहनेछ।


मिथुन (GEMINI)

(का, कि, कु, घ, ङ, छ, के, को, ह)

सहयोगीहरू नै प्रतिस्पर्धामा आउनसक्छन्, र ईर्ष्याले काममा बाधा पुर्याउन सक्छ। आफ्नो सरलताको फाइदा अरूले उठाउने सम्भावना छ। आकस्मिक खर्चले अर्थ व्यवस्था कमजोर बनाउन सक्छ। व्यक्तिगत वस्तुमा अरूले अधिकार जमाउने प्रयास गर्न सक्छन्, त्यसैले यात्रा गर्दा धन र वस्तुको सुरक्षामा विशेष ध्यान दिनुहोस्। मिहिनेतले चुनौती पार गर्न सकिनेछ। शारीरिक श्रमभन्दा बौद्धिक चातुर्यले फाइदा दिलाउने दिन हो।


कर्कट (CANCER)

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशील प्रयासले राम्रा उपलब्धिहरू दिलाउनेछ। अध्ययन र ज्ञानमा प्रगति हुनेछ। सेवामूलक कार्यबाट आर्थिक लाभ हुने सम्भावना छ। बौद्धिक क्षमताले प्रतिस्पर्धामा सफलता मिल्नेछ। योजना र लक्ष्यप्रति समर्पित प्रयासले दीर्घकालीन लाभ हुने कामको थालनी हुनेछ। लाभदायक अवसरहरू पहिचान गर्न सकिनेछ। गुरु तथा सन्तानको सहयोगले फाइदाजनक मोड ल्याउनेछ।


सिंह (LEO)

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अविश्वास लाग्ने काम समेत आज सफलतापूर्वक सम्पन्न हुन सक्छ। पारिवारिक तथा आफन्तजनसँग समय बिताउने आवश्यकता पर्न सक्छ। कृषि, पशुपालन र घरेलु कार्यमा संलग्न हुनुपर्ने समय हो। बगैंचा र घर सजावटमा रुचि बढ्नेछ। टाढिएका आफन्त तथा साथीभाइ पुनः नजिकिनेछन्। लगनशीलता र निरन्तर प्रयासले सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। प्रयत्न दोहोर्याएमा अपेक्षित लक्ष्यमा पुग्न सकिनेछ।


कन्या (VIRGO)

(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

चिताएको काम परिस्थिति विशेषले रोकिन सक्छ। तपाईंको मेहनतबाट अरूले लाभ उठाउन सक्छन्। व्यवसायमा अपेक्षित फाइदा नहुन सक्छ। अरूका लागि बुद्धिको उपयोग गर्नुपर्ने स्थिति आउन सक्छ। बल प्रयोगको प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। साना कार्यहरूमा अल्झिनु परे पनि दैनिक काम भने सम्पन्न हुनेछन्। मिहिनेत गर्दा केही हदसम्म नियमितता र निरन्तरता कायम हुनेछ।


तुला (LIBRA)

(र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यको सुरुवात राम्रो हुने संकेत छ, तर अन्त्यमा सोचेजस्तो परिणाम नआउन सक्छ। धेरै बोलेर गोपनीयता चुहिनसक्छ। विभिन्न अवसरहरू प्राप्त भए पनि काम सम्पन्न गर्न समय लाग्न सक्छ। आलोचकहरूसँग व्यवहारिक रूपमा सहकार्य गर्नु उपयुक्त हुनेछ। शुभचिन्तकहरूको सहयोग पाइनेछ। केवल लगनशील प्रयासले मात्र मनोकांक्षा पुरा गर्न सकिनेछ। प्रतीक्षित कार्यहरू प्रयत्नले सफल हुनेछन्।


वृश्चिक (SCORPIO)

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज वातावरण रमाइलो भए पनि दिनचर्या व्यस्त हुनेछ। प्रतिष्ठा प्राप्त गर्ने तथा आर्थिक लाभ हुने काममा संलग्न हुने मौका मिल्नेछ। टाढिएका आफन्तहरूसँग पुनः भेटघाट हुनेछ। तर सामाजिक गतिविधिका कारण खर्च पनि बढ्न सक्छ। सम्बन्धहरूमा सन्तुलन आवश्यक छ। खानपानमा विशेष ध्यान दिनुहोला। नयाँ अवसरहरू पाइए पनि अद्यावधिक ज्ञानको कमीले पछि परिने सम्भावना छ।


धनु (SAGITTARIUS)

(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन खर्चिलो हुनसक्छ तर लगानीको अवसर पनि प्राप्त हुनेछ। दीर्घकालीन योजनाका लागि ऋण लिन उपयुक्त समय हो। अवसरको खोजीमा दौडधुप गर्नुपर्नेछ। यात्राबाट लाभ हुने संभावना छ। छरछिमेकमा केही असमझदारी देखिए पनि टाढा रहेका साथीहरूसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको साथले मनोबल बढाउनेछ। कर्जा बढे पनि आयको मार्ग खुल्नेछ।


मकर (CAPRICORN)

(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दैनिक आवश्यकताहरू सहजै पूरा हुनेछन्। मिहिनेतको सकारात्मक फल प्राप्त हुनेछ। आम्दानीमा वृद्धिले उत्साह बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा महत्वपूर्ण सुधार आउने समय हो। छोटो समयमा पनि राम्रो उपलब्धि प्राप्त हुनेछ। रोकेको काम अघि बढ्नेछ, जिम्मेवारी पनि बढ्न सक्छ। दीर्घकालीन लाभ दिने कार्यको थालनी हुनेछ। साझेदारीबाट आर्थिक लाभ हुने संकेत देखिन्छ।


कुम्भ (AQUARIUS)

(गु, गे, गो, सा, सि, सु, से, सो, द)

अवसरहरू प्रसस्त भए पनि बेसुरमा काम गर्दा कठिनाइ आउनेछ। मिहिनेतले काम अघि बढ्नेछ, यद्यपि तुरुन्तै ठूलो आम्दानी अपेक्षित छैन। चुनौतीहरूसँग जुध्न परे पनि दीर्घकालीन योजना बनाउने समय हो। स्वार्थका लागि नजिकिने व्यक्तिबाट सतर्क रहनुहोस्। केही उपलब्धि प्राप्त गर्न त्याग गर्नुपर्ने हुन सक्छ। लगनशीलताले भने भविष्य सुनिश्चित गर्नेछ।


मीन (PISCES)

(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कठिन परिश्रम भए पनि भाग्यले सहयोग गर्नेछ। चुनौतीहरू स्वतः हट्नेछन् र अवसरहरू आफैँ पछ्याउनेछन्। टाढिएका मित्रहरूसँग पुनः सम्बन्ध नजिकिनेछ। सामाजिक कार्यमा सहभागिता बढ्नेछ। आवश्यकता परेमा सहकार्य पाइनेछ। अभाव हट्नेछ, साथमा दाम, नाम र इनाम पनि प्राप्त हुनेछ। धार्मिक तथा सेवामूलक कार्यले सम्मान प्राप्त हुनेछ।

 

धेरै पढिएको