आज २०८२ जेठ​ २८ ग​तेको राशिफ​ल​
News Desk
Jun-11 , 2025 तारिख 05:22 बिहान

मेष (ARIES)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शरीरिक कमजोरीको अनुभव हुन सक्छ, त्यसैले खानपान र आराममा विशेष ध्यान दिनुहोस्। पुराना समस्याहरू दोहोरिन सक्छन्, जसले काममा ढिलाइ गराउनेछ। यद्यपि, लगनशीलताले नयाँ सकारात्मक संकेत देखिनेछ। चुनौतीपूर्ण जिम्मेवारी आए पनि समयसँगै परिस्थितिमा सुधार आउनेछ। दीर्घकालीन फाइदा हुने काम सुरु गर्ने समय हो।

वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
ब्यापार–व्यवसायमा लगानी फाइदाजनक बन्नेछ। भौतिक स्रोत जुट्नाले आम्दानीमा वृद्धि हुनेछ। आत्मीय सम्बन्ध बलियो बन्नेछ, प्रेम र मित्रताको सुदृढीकरण हुनेछ। परिवारको साथले आत्मबल बढाउनेछ। नयाँ तथा दीर्घकालीन योजना सुरु गर्न सकिने राम्रो समय हो।

मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसरहरू त मिल्नेछन्, तर तिनबाट फाइदा उठाउन संघर्ष गर्नु पर्नेछ। काममा इर्ष्या गर्नेहरूको अवरोध हुनसक्छ। आलोचनालाई ध्यान दिएर सन्तुलनमा काम गर्नुहोस्। चुनौतिपूर्ण भए पनि मिहिनेतले सफलता सम्भव हुनेछ। फजुल खर्चमा नियन्त्रण आवश्यक छ।

कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बौद्धिक क्षमताको उपयोगबाट लक्ष्य प्राप्त हुनेछ। अध्ययन र प्रतिस्पर्धामा सफलता सम्भव छ। प्रतिष्ठित कार्यमा सहभागी भइनेछ। गुरुजन तथा सन्तानको सहयोगले उत्साह बढाउनेछ। भविष्यमा फाइदा दिने काममा हात हाल्ने समय हो।

सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हठ र आवेशले समस्या निम्त्याउन सक्छ, त्यसैले व्यवहारमा संयम रहनुहोस्। अरूका कारण शंका र भ्रम बढ्न सक्छ। तर, आफन्त र नजिकका साथीहरूको साथले मनोबल बढ्नेछ। मिहिनेतले जटिल कामसमेत सम्पन्न गराउनेछ। टाढिएका व्यक्तिहरूसँग पुनः सम्पर्क हुन सक्छ।

कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तपाईंको मिहिनेतबाट अरूले लाभ उठाउने प्रयास गर्न सक्छन्, त्यसैले निर्णय गर्नुअघि सोचविचार गर्नुहोस्। सामाजिक सेवामा संलग्न हुन सकिनेछ। अपेक्षित परिणामले उत्साह दिनेछ। नाम, दाम, इनाम सबै प्राप्त गर्न सकिने समय हो। विवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ।

तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरूबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अरूको समस्यामा चासो राख्दा आफैं फस्ने सम्भावना छ। योजनाहरू कार्यान्वयनमा ल्याउन मिहिनेत गर्नुपर्नेछ। यद्यपि, निराश नहुनुहोस्, समयक्रममा सुधार देखिनेछ। कमजोरीमा ध्यान दिँदै अगाडि बढ्नुहोस्।

वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरहरू प्रशस्तै आए पनि निर्णयमा ढिलाइले पछि पर्न सकिन्छ। विशेष गरी सरकारी काममा सावधानी अपनाउनुहोस्। पुराना सफलताहरूले आत्मबल बढाउनेछन्। टाढिएका आफन्तसँग पुनः भेटघाट हुनेछ। नाम कमाउने अवसर मिल्नेछ। खानपानमा सतर्क रहनुहोस्।

धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
लगानी गर्नुपरे पनि भविष्यमा फाइदा हुने संकेत छ। काम खर्चिलो हुनसक्छ, कर्जा बढ्ने सम्भावना पनि छ। केही दौडधुपपछि उपलब्धि हात लाग्नेछ। विदेश भ्रमण वा बाह्य क्षेत्रसँग सम्बन्धित योजनामा सफलता मिल्ने समय हो। सावधानी नअपनाउँदा धनसम्पत्तिमा घाटा हुन सक्छ।

मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धेरै समयदेखि पर्खिएको नतिजा हात लाग्नेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्। पहिलेको मेहनतबाट लाभ प्राप्त हुनेछ। कृषि, व्यापार वा पशुपालनतर्फ लगानी गर्नु लाभदायक हुनेछ। चल–अचल सम्पत्तिको उपयोगबाट लाभ लिन सकिनेछ। दीर्घकालीन योजनाको आधार तयार पार्ने अनुकूल समय हो।

कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
अघिल्लो गल्ती वा कमजोरी बाहिर आउन सक्छ, जसले प्रतिष्ठामा असर पुर्याउन सक्छ। बाध्यताले केही असहज बनाउनेछ। अरूका लागि खर्चिनुपर्ने स्थिति आउन सक्छ। तर निरन्तर प्रयासले सफलता मिल्नेछ। विवादास्पद कामको जिम्मेवारी पनि निभाउनु पर्नेछ। मूल्य नपाए पनि दीर्घकालीन फाइदा मिल्ने संकेत छ।

मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य फाइदा भए पनि प्रशंसनीय कार्य आरम्भ हुनेछ। धर्मकर्म र परोपकारमा मन जानेछ। सहयोगीहरूको साथले आत्मबल बढ्नेछ। व्यापार र व्यवसायमा स्रोत जुटाउने अवसर मिल्नेछ। मिहिनेतबाट आफ्नो प्रभाव जमाउन सकिनेछ। सामाजिक कार्य र दिगो योजनामा लाग्न सकिने राम्रो समय हो।

धेरै पढिएको