आज २०८२ जेठ​ २९ ग​तेको राशिफ​ल​
News Desk
Jun-12 , 2025 तारिख 05:56 बिहान

मेष (ARIES)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज तपाईंले प्रशंसायोग्य कार्य गरेर सामाजिक प्रतिष्ठा कमाउने समय छ। नेतृत्वदायी भूमिकामा अवसर मिल्न सक्छ, जसले जिम्मेवारी थपिनेछ। अकल्पनीय अवसरहरू आउँदा आत्मविश्वास बढ्नेछ। समुदाय र सामाजिक हितका कार्यहरूमा संलग्न हुने मौका मिल्नेछ। टाढिएका साथीभाइ पुनः नजिकिँदा सम्बन्धहरू बलियो बन्नेछन्। भाग्यले विविध लाभका ढोका खोल्नेछ। नयाँ उपलब्धिका दिशा पहिचान गर्न सकिनेछ। अरूको काममा जुटिए पनि लाभ भने स्वयंलाई हुनेछ।

वृष (TAURUS)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सामान्य कार्यहरूमा अल्झिँदा महत्वपूर्ण जिम्मेवारी पूरा गर्न ढिलो हुन सक्छ। चुनौतीपूर्ण कार्यभारले तनाव दिइरहने सम्भावना छ। आकस्मिक समस्याका कारण दौडधुप गर्नुपर्ने स्थिति आउन सक्छ। कामको दबाब बढ्दा थकान र कमजोरी महसुस हुनेछ। स्वास्थ्यलाई ध्यानमा राखेर आहार–विहारमा सन्तुलन कायम गर्नु उपयुक्त हुनेछ। गोप्य जानकारी बाहिरिएर कठिनाइ हुनसक्छ। धैर्यता र मिहिनेतले नियमित कार्यहरू सम्पन्न गर्न सकिनेछ।

मिथुन (GEMINI)

का, कि, कु, घ, ङ, छ, के, को, ह

हिम्मतको अभावले अवसर चुक्न सक्छ। तुच्छ विवादले आत्मीयजनसँगको दूरी बढ्न सक्छ। आफ्नै व्यवहारप्रति पश्चाताप हुने समय आउन सक्छ। तर, पुराना त्रुटी सच्याउन प्रयत्न गरेमा सुधार सम्भव हुनेछ। खर्च लागे पनि रमणीय स्थलको यात्रा हुने संकेत छ। परिवारको साथले नयाँ दिशा प्राप्त हुनेछ। सन्तुलित विचार र सतर्कताले लाभ उठाउन सकिनेछ।

कर्कट (CANCER)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चुनौतीहरू सामना गर्नुपरे पनि आत्मबलले लक्ष्यमा पुग्न सकिनेछ। इर्ष्यालुहरूले आफ्नै कमजोरी देखाउनेछन्। कर्मको जग बलियो बनाउँदै उज्यालो भविष्य निर्माण गर्न सकिनेछ। परिश्रमले उल्लेख्य सफलता प्राप्त हुनेछ। अवसरहरूमा केन्द्रित भई दीर्घकालीन लाभ सुनिश्चित गर्न सकिनेछ। रोग र शत्रुमा विजय प्राप्त हुनेछ। प्रतिस्पर्धामा अग्रस्थान पाउने संकेत बलियो देखिन्छ।

सिंह (LEO)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पढाइप्रति झुकावले बौद्धिक उन्नति हुनेछ। अध्ययन, प्रतियोगिता वा अन्वेषणमा विशेष सफलता प्राप्त हुने समय छ। सहपाठीहरूमा अग्रता लिँदै पुरस्कार वा प्रशंसा पाउन सकिनेछ। व्यापार व्यवसायमा आम्दानी बढ्नेछ। कृषिमा लगानी गर्दा लाभ प्राप्त हुनेछ। सन्तानको साथ र प्रेरणाले कार्यक्षमता बढ्नेछ। निर्धारित लक्ष्यमा सटिक कार्यसम्पादन हुनेछ।

कन्या (VIRGO)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

साझेदारीमा सुधार आउँदा स्थायी योजनामा अगाडि बढ्न सजिलो हुनेछ। अनिश्चितताबीच गुरुजनको सुझाव अनुसरण गर्दा सफलता मिल्नेछ। रोकिएका कार्यमा दोहोर्याएर प्रयास गर्दा सफलता पाउने सम्भावना छ। कमाएको धन सजग भएर खर्च गर्नु श्रेयस्कर हुनेछ। दिइएको वस्तु वा सेवा फेरि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौताहरू पुनः क्रियाशील हुँदा दीर्घकालीन फाइदा हुने देखिन्छ।

तुला (LIBRA)

र, रि, रु, रे, रो, ता, ति, तु, ते

लगातार प्रयास गर्दा उत्कृष्ट अवसर प्राप्त हुनेछ। मित्रहरूले साथ दिनेछन्। दीर्घकालीन फाइदा हुने कामको सुरुवात आजै गर्न सकिनेछ। आवश्यक भौतिक साधन जुटेर नयाँ योजना कार्यान्वयनको दिशामा बढ्न सकिनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। परिश्रमले फल दिनेछ। व्यापारमा आर्थिक लाभ हुनेछ। सामाजिक र सेवामूलक क्रियाकलापमार्फत प्रतिष्ठा बढ्नेछ।

वृश्चिक (SCORPIO)

तो, ना, नि, नु, ने, नो, या, यि, यु

बुद्धिको प्रयोगले शिक्षा र आम्दानीमा उल्लेख्य फाइदा हुनेछ। थोरै मेहनतले पनि ठूलो उपलब्धि हासिल गर्न सकिने समय हो। विचार र वाक्शक्तिले धेरैको मन जित्न सकिनेछ। सम्माननीय पद प्राप्त गर्ने सम्भावना छ। प्रतिष्ठित काममा संलग्न भइनेछ। संवाद र सम्पर्कमा प्रभाव देखिनेछ। सहयोगीहरू सक्रिय भएर सघाउनेछन्। अघिल्ला अवरुद्ध कामहरू पूरा हुने संकेत छ।

धनु (SAGITTARIUS)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ जिम्मेवारी वा योजना थालनीको प्रस्ताव आउन सक्छ। सम्मान र पुरस्कार सँगसँगै आर्थिक लाभ हुने संकेत छ। रचनात्मक कार्यमा रुचि बढ्नेछ। अघिल्ला सफलताले अझै प्रेरणा दिनेछन्। टाढिएका आफन्त वा साथीभाइसँग पुनर्मिलन हुनेछ। रमाइलो भेटघाट र स्वादिलो भोजनको अवसर मिल्नेछ। पारिवारिक साथले मनमा उमंग बढाउनेछ।

मकर (CAPRICORN)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खर्च नियन्त्रण गर्नुपरेको स्थिति आउन सक्छ, जसका लागि आफन्त वा परिवारसँगको दूरी बढ्न सक्छ। चटारो र दौडधुपले थकान दिन सक्छ, तर उपलब्धि दिलाउनेछ। आर्थिक प्रलोभनप्रति सचेत रहनु पर्नेछ। परिश्रमले टाढैबाट सहयोग प्राप्त हुनेछ। सन्देश वा निम्तोका माध्यमबाट नयाँ अवसर आउनेछन्। निरन्तर प्रयास गर्दा रोकिएका कार्यहरू सम्पन्न हुनेछन्।

कुम्भ (AQUARIUS)

गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ अवसरहरू देखा पर्नेछन्, साथै आम्दानीका माध्यमहरू बढ्ने संकेत छ। जागिर वा व्यवसायमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुटेर नयाँ कार्य थालनी गर्न सहज हुने समय हो। रुचिका विषयमा लगानी गर्न सकिनेछ। तर, गोप्य योजना तत्काल सार्वजनिक नगर्नु नै हितकर हुनेछ। भविष्यका लागि आर्थिक योजना बनाउने अनुकूल समय हो। व्यवसायमा भने केही मन्दीको सामना गर्नुपर्ने देखिन्छ।

मीन (PISCES)

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ योजनाको जग बसाउने उपयुक्त समय हो। पदीय व्यक्तित्वहरूसँगको सम्पर्कले सहकार्य बढाउनेछ। गुमेको सम्मान वा स्थान पुनः प्राप्त हुने सम्भावना छ। रोकिएका काम दोहोर्याएर प्रयास गर्दा सफलता सम्भव छ। परिश्रमको प्रतिफल उल्लेख्य हुनेछ। दैनिक कामकाजमा पनि लाभ प्राप्त हुनेछ। कम लगानीबाट नै मनग्य फाइदा लिन सकिनेछ।

 

धेरै पढिएको