News Desk
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
लगातारको परिश्रमले आत्मबल अभिवृद्धि हुनेछ। विशेष उपलब्धिले हर्षविभोर बनाउनेछ भने सहयोगीहरूको सकारात्मक साथले कार्यप्रति ऊर्जा थपिनेछ। अरूको पहल वा सहायताले भए पनि आफैं लाभान्वित हुनेछ। समाजमा चर्चा बटुल्ने खालका कार्य सम्पन्न हुनेछन्। कडा परिश्रमले लक्षित गन्तव्यसम्म पुर्याउनेछ। छोटो अवधिमा उल्लेखनीय लाभ मिल्नेछ। साथीसाथी र हितैषीहरूबाट राम्रो साथ पाइनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शरीरिक कमजोरी र सुस्तता अनुभव गरिने समय छ। अध्ययनतर्फ चाहेको ध्यान केन्द्रित नहुन सक्छ। आर्थिक लाभ नआउने जिम्मेवारी व्यहोर्नुपर्ने देखिन्छ। समूहगत कार्यमा सामेल हुनुअघि गम्भीर समीक्षा आवश्यक हुनेछ। समस्याको प्रस्तुति गर्दा शुभेच्छुकहरूले साथ दिनेछन्। प्रारम्भमा निराशा भए पनि अन्त्यमा आशाजनक परिणाम आउने संकेत छन्। तत्काल फाइदा नदेखिए पनि दीर्घकालीन लाभदायक दिशाहरू पहिचान गर्न सकिनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
मनोरञ्जनमा डुब्नु कार्यबाट टाढिने कारण बन्न सक्छ। वातावरण अनुकूल भए पनि चाँजोपाँजो नमिल्नाले खर्चको बोझ बढ्नेछ। रमाइलो क्षणमा पनि मन विषादग्रस्त रहने संकेत छन्। आफन्तसँगको द्वन्द्वले असहज स्थिति ल्याउन सक्छ। निमन्त्रणा आउनेछ तर आतिथ्य खर्चिलो सावित हुनसक्छ। पेशागत कारणले यात्रा हुनसक्छ। अध्ययनमा सन्तोषजनक प्रगति हुनेछ। सिर्जनशील काममा लाग्दा लाभदायक परिणाम देखिनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
केही खर्च भए पनि रोकिएका कार्यहरू बन्ने क्रमले उत्साह सिर्जना हुनेछ। आफ्नै प्रयासबाट अधिकार स्थापना सम्भव छ। व्यवसाय वा आयआर्जनमा व्यस्तता रहनेछ। लगनशीलता कायम राख्न सकिएमा लक्ष्य सजिलै प्राप्त हुनेछ। परिश्रमले प्रतिस्पर्धात्मक क्षेत्रको अग्रस्थानमा पुर्याउनेछ। साधन स्रोत जुट्नाले नयाँ योजनाहरू कार्यान्वयनमा आउनेछन्। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र कानुनी वा वैचारिक द्वन्द्वमा विजय सम्भव छ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सकारात्मक खबरहरूले मन हर्षित बनाउनेछ। अध्ययनप्रतिको आकर्षणले ज्ञानको क्षेत्रमा बिस्तार हुनेछ। परिश्रमबाट प्रतिष्ठित कार्यको अवसर प्राप्त हुनेछ। व्यवसायमा लाभ सुनिश्चित रहनेछ भने कृषि वा पशुपालन क्षेत्रबाट विशेष लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले आत्मबल वृद्धि हुनेछ। विगतमा गरिएको कर्मको प्रतिफल अब हात पर्नेछ। सहपाठीहरूसँगको मेलमिलापले मन हलुका बनाउनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
घरायसी कामहरू विस्तारै पूर्ण हुनेछन्। हतारमा लिइएको निर्णयले हानि पुर्याउन सक्छ, त्यसैले सोचविचार गरी अघि बढ्नु उत्तम हुनेछ। लामो योजनाहरू गोप्य राखेर अघि बढ्दा सफलतामा मद्दत हुनेछ। परिवारको आमा पक्षको साथले काम बन्ने सम्भावना छ। विवेकपूर्ण निर्णयले सम्मान जोगाउन सकिनेछ। प्रयत्नबाट लक्ष्यमा पुग्न सकिने समय हो। पढाइमा पनि मेहनत गरे प्रगति देखिनेछ। सिर्जनात्मक काममा संलग्न हुन सके लाभदायक हुनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
उपहार र सम्मान प्राप्त हुने राम्रो समय हो। सहयोगीहरूबाट अपेक्षाकृत साथ पाइनेछ। पहिले थातथलोमा रहेका कामहरू बन्नेछन् र नयाँ सुरुवातका अवसरहरू आउनेछन्। व्यापार र उद्योग क्षेत्रमा विशेष फाइदा हुने सम्भावना छ। प्रतिस्पर्धामा सजिलै अग्रता लिन सकिनेछ। मेहनत र लगनको उचित फल प्राप्त हुनेछ। पुरुषार्थी प्रयासले सामाजिक रूपमा स्थापित गराउनेछ। चुनौतीहरूलाई पार गर्दै नयाँ काम प्रारम्भ गर्ने समय हो।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक प्रतिष्ठा र मान्यता बढ्नेछ। आम्दानीका नयाँ स्रोतको पहिचान हुनेछ र दिगो लाभ दिने सम्झौता गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा निरन्तर प्रगति देखिनेछ। बोलीको प्रभाव बढ्नाले विभिन्न क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। अभिव्यक्तिको कलामा निखारता आउँछ। लामो समयदेखि चाहेको काम पनि सफलतापूर्वक सम्पन्न हुनेछ। विगतका त्रुटिहरूलाई सच्याउने अवसर पाइनेछ। कडा परिश्रमले सम्मान दिलाउनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सकारात्मक सहयोगीहरू भेटिनेछन, जसले रचनात्मक काममा जोड्नेछन। नयाँ सिर्जनशील कार्य प्रारम्भ गर्ने सही समय हो। रमाइलो जमघटमा स्वादिलो खानाको मजा लिन सकिनेछ। विगतको सफलताले थप उर्जा प्रदान गर्नेछ। नयाँ अवसरहरू प्रस्तुत हुनेछन्। अपेक्षित धन लाभ मिल्नेछ। विगतका कमजोरीहरूमाथि काम गर्ने मौका मिल्नेछ। टाढिएका परिवारजनसँग आत्मीय भेटघाटले खुशी ल्याउनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आगामी फाइदाका लागि केही त्याग गर्नुपर्नेछ। खर्च बढे पनि थातथलोमा रहेका कामहरू सम्पन्न हुनेछन्। लामो यात्राको सम्भावना छ, जसले विदेशबाट फाइदा ल्याउनेछ। दिगो लाभ दिने परियोजनाहरू प्रारम्भ गरिनेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने आवश्यकता पर्न सक्छ। तत्काल लाभप्राप्तिको लोभमा दीर्घकालीन क्षतिको जोखिम रहन सक्छ। कठिनाइबीच पनि आत्मसम्मान कायम राख्न सकिनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
आयका नयाँ स्रोत पहिचान हुनेछन्। निरन्तरको प्रयासको राम्रो परिणाम हात लाग्नेछ। साहस र आँटले कार्य सफल पार्नेछ। प्रतिक्षामा रहेको नतिजा पाउँदा मन उत्साहित हुनेछ। थोरै लगानीबाट पनि मनग्य फाइदा उठाउने अवसर मिल्नेछ। विभिन्न सुविधासम्पन्न साधन प्राप्त हुनेछन्। जटिल अवस्थाहरूलाई सजिलै व्यवस्थापन गर्न सकिनेछ। केही खर्चिएर पनि सम्मानयोग्य कार्य सम्पन्न हुनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यता प्राप्त गराउने काममा संलग्न भइनेछ। समाजले विशेष जिम्मेवारी दिने समय हो। आकस्मिक रूपमा आएको अवसरले हर्षित बनाउनेछ। सामुदायिक हितमा योगदान पुर्याउन सकिनेछ। टाढिएका साथी वा आफन्तहरू नजिकिँदा आत्मसन्तुष्टि मिल्नेछ। भाग्यले अवसर प्रदान गर्नेछ। उपलब्धिको सम्भावना भएको क्षेत्र पहिचान हुनेछ। अरूको पक्षमा काम गर्दा पनि आत्मसन्तोष र लाभ प्राप्त हुनेछ।