आज २०८२ जेठ​ ३१ ग​तेको राशिफ​ल​
News Desk
Jun-14 , 2025 तारिख 05:53 बिहान

मेष – ARIES

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यस दिन पुरुषार्थी कार्यहरू सम्पन्न गर्न उपयुक्त समय हो। प्रतीक्षारत परिणामले नयाँ उमंग भर्नेछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्यको अवसर पाइनुका साथै कार्यले नाम, दाम र इनाम तीनै दिलाउन सक्छ। सामाजिक क्षेत्रको नेतृत्वमा स्थान मिल्न सक्छ। परिश्रमले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। व्यापार र पेशागत क्षेत्रमा लाभदायक प्रगति हुनेछ। समर्पित प्रयासले कीर्तिमान स्थापना हुने सम्भावना छ।

वृष – TAURUS
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठासम्पन्न कार्यबाट धेरैको आकर्षण केन्द्र बन्न सकिनेछ। सामाजिक जिम्मेवारी वहन गर्न प्रेरणा मिल्नेछ। चुनौतीहरू आइपरे पनि सहयोगीहरूको साथ पाइनेछ। परिश्रमी कार्यहरू कीर्तिमान बन्ने संभावना छ। धर्म र सेवामूलक कार्यमा मन जानेछ। लाभांश अपेक्षा गरेअनुसार नआए पनि दीर्घकालीन लाभ दिलाउने कामको सुरुआत गर्न सकिनेछ। सामुदायिक क्षेत्रमा सक्रियरूपमा योगदान दिने समय हो।

मिथुन – GEMINI
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ, सावधानी अपनाउनुहोला। प्रतिक्षा गरेपछि मात्र उपलब्धि हासिल हुने देखिन्छ। व्यक्तिगत सूचना चुहिन सक्ने सम्भावना रहेकाले गोपनीयता कायम राख्नु उपयुक्त हुनेछ। कठिनाइ आउँदा पनि सहयोगीहरूबाट अपेक्षित साथ पाइनेछ। थाँती रहेका कामहरू पुरा हुन सक्छन्। हराएको रकम फिर्ता गर्न प्रयास गर्दा सफल भइनेछ। परिणाम ढिला भए पनि दीर्घकालीन फाइदा हुने कार्य प्रारम्भ गर्न सकिने समय हो।

कर्कट – CANCER
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जन र आनन्ददायक समय बित्नेछ। प्रियजनसँगको सहकार्य र भेटघाटले विशेष उमंग थप्नेछ। आफन्तको सत्कार तथा आदर पाइने समय हो। आयआर्जन बढाउने काम आरम्भ गर्न सकिनेछ। प्रेमसम्बन्ध र मित्रता थप प्रगाढ बन्नेछ। भौतिक सुख-सुविधा प्राप्त हुने सम्भावना छ। व्यवसायका क्रममा यात्राको अवसर मिल्नेछ। साथिहरूको सहयोगले कार्यमा थप उर्जा मिल्नेछ। भविष्यमा लाभदायक हुने काम सुरु गर्ने समय हो।

सिंह – LEO
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्मशीलहरूको लागि आजको दिन प्रेरणादायक रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रहरूमा सफलताको सम्भावना छ। द्वेष र इर्ष्याबाट ग्रसित व्यक्तिहरू पछि पर्नेछन्। साहस र पराक्रमको प्रयोगबाट अधिकार र सफलता प्राप्त गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आर्थिक र व्यवसायिक क्षेत्रबाट लाभ लिने समय हो। महत्वाकांक्षी योजनाहरूलाई कार्यान्वयनमा ल्याउने उचित घडी हो।

कन्या – VIRGO
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूको सहयोगले कार्यमा सफलता मिल्नेछ। लगनशील प्रयासले लक्ष्यसम्म पुर्‍याउनेछ। शिक्षा र अध्ययनमा प्रगति हुने सम्भावना छ। गुरुजनको मार्गदर्शन र सहयोगबाट विशेष लाभ मिल्नेछ। प्रतिभा प्रदर्शन गर्ने अवसर आउनेछ। प्रयास गर्दा दिगो लाभ प्राप्त हुने कार्य आरम्भ गर्न सकिनेछ। पेसा वा व्यवसायबाट आम्दानी बढ्नेछ। फाइदाजनक क्षेत्र पहिचान गरेर अघि बढ्न सकिने समय हो।

तुला – LIBRA
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर प्राप्त भए तापनि केही अवरोधहरू देखिन सक्छन्। आफ्ना कमजोरीहरू उजागर हुनसक्ने भएकाले सचेत रहनुहोला। समर्पणपूर्वक प्रयास गरेमा परिस्थिति अनुकूल बन्न सक्छ। शुभचिन्तकहरूको सल्लाहलाई मूल्यांकन गर्दै अघि बढ्नु उपयुक्त हुनेछ। दोहोरिएको प्रयासले थाँती रहेका काम सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। व्यक्तिगत सूचनाको गोपनीयता आवश्यक छ। ढिलासुस्तीले समस्याहरू निम्त्याउने हुँदा तत्पर रहनु आवश्यक छ।

वृश्चिक – SCORPIO
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हिम्मत र साहसले लक्ष्य प्राप्ति सम्भव हुनेछ। व्यवसाय र पेसागत क्षेत्रमा सहकर्मीहरूको उल्लेखनीय साथ प्राप्त हुनेछ। कृषिक्षेत्र वा उद्यममा मुनाफा कमाउने राम्रो समय हो। अड्किएका कामहरू अघि बढ्नेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता हासिल गर्न सकिनेछ। आम्दानी बढ्नेछ र पुराना प्रयासको प्रतिफल स्वरूप धनसञ्चय सम्भव हुनेछ। आज विशेष अवसर प्राप्त हुन सक्नेछ।

धनु – SAGITTARIUS
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
छिटो निर्णय गर्दा वा आत्तिँदा बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको सहायताको पर्खाइमा बस्दा काम अलपत्र पर्नेछ। खर्च अत्यधिक हुन सक्ने समय भएकाले सोचविचार आवश्यक छ। वचन पुरा गर्न नसक्दा आलोचना हुन सक्छ। यद्यपि निरन्तर प्रयासले सकारात्मक संकेत देखिन थाल्नेछ। विवेक प्रयोग गरेर केहि कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। मनोबल उच्च राख्दै शुभचिन्तकहरूको भावना बुझ्नु उचित हुनेछ।

मकर – CAPRICORN
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइको जमघटले रमाइलो माहोल सिर्जना हुनेछ। भोजभतेर र मेलमिलापको अवसर आउन सक्छ। तर, अनावश्यक कुरामा अलमलिन सक्ने सम्भावना रहेकाले होशियार रहनु आवश्यक छ। सावधानी नअपनाउँदा लाभदायक अवसर छुट्न सक्छ। खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा असर पर्न सक्छ। यद्यपि अध्ययन र चिन्तनमा सक्रियताले बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। निरन्तर प्रयासले कार्यसिद्धि हुनेछ।

कुम्भ – AQUARIUS
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च व्यहोर्न बाध्यताले आफन्त वा परिवारबाट टाढिनुपर्ने अवस्था आउन सक्छ। आर्थिक अवसर देखाउनेहरूबाट सचेत रहनुहोला। लगानी पूर्व पर्याप्त मूल्यांकन नगर्दा समस्या देखिन सक्छ। समय लागे पनि यात्रा सफल हुने सम्भावना छ। टाढाका साथीहरूको निम्तो आउन सक्छ। अवसर खोज्न केही प्रयास आवश्यक छ। आफ्नै श्रमबाट अरूलाई लाभ उठाउने परिस्थिति आउन सक्छ, सजगता आवश्यक छ।

मीन – PISCES
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिक आवश्यकता पूर्ति हुनेछ र श्रमको प्रतिफल पाउने समय हो। प्रयास गर्दै जानुपर्छ, किनकि ढिला भए पनि कार्य पूरा हुनेछ। अघिका कर्मको उचित फल प्राप्त हुनेछ। व्यापार, साझेदारी र लेनदेनमा लाभ पाइनेछ। श्रमको कदर हुनेछ। संचय गरिएको धन उपयोग गर्दा फाइदा हुने सम्भावना छ। मिहिनेत गर्दा लक्ष्यमा पुग्न सजिलो हुनेछ। प्रतीक्षित कार्यहरू सम्पन्न हुने संकेत देखिन्छ।

धेरै पढिएको