आज २०८२ असार​ १ ग​तेको राशिफ​ल​
News Desk
Jun-15 , 2025 तारिख 06:06 बिहान

मेष (ARIES) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज तपाईंको लगनशीलताले भविष्यमा प्रतिष्ठा र पहिचान दिलाउनेछ। प्रयासहरू सफल बन्नेछन् र राम्रो अवसरहरू भेटिनेछन्। तपाईंको मिहिनेतले फल दिनेछ, र साथीसङ्गीको राम्रो साथले तपाईंका योजना सार्थक बन्नेछन्। सिर्जनात्मक क्षेत्रमा सक्रिय हुने अनुकूल समय हो। भौतिक सम्पत्तिहरू प्राप्त हुने सम्भावना छ। रोजगारी वा व्यवसायमा विशेष लाभ मिल्नेछ। विभिन्न अवसरहरूले तपाईंको ढोका ढकढकाउने छन्, जुन भविष्यको लागि दृढ आधार बन्न सक्छ।


वृष (TAURUS) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनत गर्दा लक्ष्यसम्म पुग्न सकिनेछ। रोकिएका कार्यहरू पूरा हुनेछन् र विशेष जिम्मेवारीहरू प्राप्त हुन सक्छन्। सानो प्रयासले धेरैलाई फाइदा पुर्‍याउन सकिनेछ। मान्यजनसँगको भेटघाटले नयाँ कार्यहरू गर्ने प्रेरणा दिनेछ। सामाजिक रूपमा प्रशंसायोग्य कामहरू गरेर उपलब्धि हासिल गर्न सकिनेछ। आध्यात्मिक भावनाको वृद्धि भई धार्मिक कार्यहरूमा अभिरुचि देखिनेछ। यद्यपि, अल्छीपनले केही ढिलाइ गराउन सक्छ, त्यसैले सतर्क रहनु उचित हुनेछ।


मिथुन (GEMINI) – का, कि, कु, घ, ङ, छ, के, को, ह
अपेक्षित परिणाम कमजोर देखिएपछि दोहोर्याएर प्रयास गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा कमजोरीले यात्रामा असहजता ल्याउन सक्छ। तपाईंका काममा अरूको दाबी पर्न सक्ने स्थिति बनन सक्छ। तथापि, समस्या देखाउँदा शुभचिन्तकहरूबाट सहयोग पाइनेछ। कार्य सम्पन्न गर्न ढिलो भए पनि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। पुराना वस्तुहरूको प्रयोगले नयाँ काम सजिलो बनाउनेछ। समाजसेवा वा सत्कार्यमा केही खर्च गर्नुपर्ने अवस्था देखिन्छ।


कर्कट (CANCER) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बढी बोलेर विवाद सिर्जना हुन सक्ने सम्भावना छ। प्राप्त रकम अरूका लागि खर्च गर्नु पर्नेछ। आफ्नो योजना गोप्य राखेर अघि बढ्नु नै उपयुक्त हुनेछ। परिवारको साथले केही समस्या समाधान गर्न सकिनेछ। व्यापारमा उधारो गर्नुपर्ने अवस्था आउन सक्छ। खानपान, मनोरञ्जन र पहिरनमा खर्च बढ्नेछ। निमन्त्रणा स्वीकार गर्दा आतिथ्य खर्चिलो हुन सक्छ। अनावश्यक भेटघाटले कार्यमा अलमल ल्याउन सक्छ, सजग हुनुहोस्।


सिंह (LEO) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अघिल्लो सफलताले हौसला बढाउनेछ भने नयाँ कार्यको आधार तयार पार्न सकिनेछ। प्रयासले विभिन्न अवसरहरू सिर्जना गर्नेछ र भरपूर लाभ उठाउन सकिनेछ। परिश्रमका साथ लक्ष्य प्राप्त गर्न सकिनेछ। शत्रुहरू परास्त हुनेछन् भने रोगहरूबाट राहत मिल्नेछ। कानुनी वा विवादास्पद विषयमा तपाईंको पक्ष बलियो रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुने सम्भावना उच्च छ।


कन्या (VIRGO) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
योजना कार्यान्वयनमा केही ढिलाइ भए पनि उत्साह जगाउने सन्देश प्राप्त हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र बौद्धिक क्षमताको विकास हुनेछ। मेहनतले प्रतिष्ठित काममा सफलता मिल्नेछ। व्यापार, कृषि वा पशुपालनमा लाभ प्राप्त हुनेछ। सन्तान वा अनुयायीहरूको साथले आत्मबल बढ्नेछ। विगतमा गरेका कर्मको प्रतिफल पाइने समय आएको छ।


तुला (LIBRA) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
छिटो फाइदाको खोजी गर्दा परिस्थिति गम्भीर बन्न सक्छ। तत्काल धेरै लाभ नउठे पनि समस्या समाधानतर्फ उन्मुख हुनेछ। पहिलेका गल्ती सुधार्ने अवसर मिल्नेछ। जमीन वा पशुधनबाट लाभ लिन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। शुभचिन्तकहरूको सहयोगमा काम पूरा गर्न सकिनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयास गर्नुपर्नेछ।


वृश्चिक (SCORPIO) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कार्य दोहोर्याउन परे पनि मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ। आश गरेका कामहरू सफल हुनेछन्। दाजुभाइबीच आत्मीयता बढ्नेछ भने मित्रताका सम्बन्ध सुदृढ हुनेछन्। व्यवसायबाट मनग्य लाभ हुने समय हो। अघिल्लो लगानीबाट पनि स्थायी लाभ पाइनेछ। नियमित परिश्रमले दिनचर्या सकारात्मक बनाउनेछ। प्रतिस्पर्धामा अग्रता हासिल गरी शत्रुहरूलाई पछाडि पार्न सकिनेछ।


धनु (SAGITTARIUS) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पढाइमा प्रगति हुनेछ र ज्ञान वृद्धि हुने अनुकूल समय हो। रमाइलो खबरले उत्साह थप्नेछ। आयआर्जनका मार्गहरू फराकिलो बन्नेछन्। लाभदायक सम्झौताका अवसर आउनेछन्। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय हो। मिहिनेतबाट सम्मान प्राप्त गर्न सकिनेछ। बोलीको प्रभावले आर्थिक फाइदा समेत दिलाउनेछ। बौद्धिक गतिविधिमा प्रशंसा पाइने सम्भावना छ।


मकर (CAPRICORN) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोरञ्जनात्मक जमघटका साथ स्वादिलो भोजनको आनन्द लिन पाइनेछ। अघिल्लो सफलताले नयाँ अवसरहरूको ढोका खोल्नेछ। नयाँ योजनाका प्रस्तावहरू आउनेछन्। सहयोगीहरू प्रशस्त पाइनेछन्। टाढिएका आफन्तहरूसँग पुनः भेट हुने समय हो। विगतका कमजोरी सुधार्दै जीवनशैली सुदृढ बनाउन सकिनेछ। आकर्षक लुगा तथा सजिएर व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।


कुम्भ (AQUARIUS) – गु, गे, गो, सा, सि, सु, से, सो, द
धन अभाव भए पनि आवश्यक पर्दा ऋण वा सापटीबाट व्यवस्था मिल्नेछ। विदेश जाने चाहना भएकाहरूका लागि अनुकूल समय हो। नयाँ अवसर पक्रन दौडधुप गर्नुपर्ने हुन सक्छ। निरन्तर प्रयास गर्दा रोकेको काम सम्पन्न हुनेछ। टाढाका साथीहरूबाट सहयोग प्राप्त हुनेछ। खर्च बढ्ने सम्भावना भएकाले अनावश्यक खर्चमा कटौती गर्नु श्रेयस्कर हुनेछ। पछिल्लो समयका लागि केही इच्छा वा वस्तु त्याग गर्नुपर्ने हुन सक्छ।


मीन (PISCES) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित परिणामले उत्साह दिनेछ। आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछ। अघिसकेको कामबाट राम्रो लाभ पाइनेछ। आय बढ्नेछ र पर्खिएको पैसा हात लाग्नेछ। कृषि, व्यापार वा पशुपालनमा समृद्धिको संकेत छ। चलअचल सम्पत्तिको सदुपयोगबाट लाभ लिन सकिनेछ। दीर्घकालीन फाइदाका लागि जग बसाउने मौका प्राप्त हुनेछ।

धेरै पढिएको