आज २०८२ असार​ २ ग​तेको राशिफ​ल​
News Desk
Jun-16 , 2025 तारिख 04:53 बिहान

फलितज्योतिष

🔴 मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कुनै साहसी कार्य प्रारम्भ गर्ने सम्भावना छ। विशेष व्यक्तिहरूसँगको भेटघाटले उत्साह थप्नेछ। मिहिनेतको परिणामस्वरूप प्रतिष्ठा, धन र पुरस्कार हातपार्ने अवसर मिल्नेछ। दीर्घकालीन कार्यमा जग बसाउने शुभ समय रहेको छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता प्रगाढ बन्नेछ। दिउँसोदेखि आयका नयाँ स्रोत फेला पर्ने सम्भावना प्रबल छ। श्रमको समुचित मूल्यांकन हुने भएकाले सन्तोषजनक लाभ हुनेछ। नयाँ व्यवसायमा लगानीको अनुकूल वातावरण बन्नेछ।


🟠 वृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कडा मिहिनेतको बाबजुद लगनशीलताको भरमा महत्वपूर्ण उपलब्धिहरू प्राप्त हुनेछ। भविष्यका लागि नयाँ सम्भावनाहरूको खोजी गर्न अनुकूल समय हो। अवरुद्ध कार्यहरू सम्पन्न हुनेछन् भने जिम्मेवारीको दायरा पनि बढ्न सक्छ। आवश्यक भौतिक साधनहरू प्राप्त हुने भएकाले साहसिक कदम उठाउन सजिलो हुनेछ। यद्यपि मध्याह्नपछि अरूको दबाबमा परिने संकेत देखिन्छ। आफ्ना कमजोरीहरू गोप्य राख्नु उपयुक्त हुनेछ। विवादमा उत्रनु हुँदैन, सजग रहनु उपयुक्त हुनेछ।


🟡 मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह
आज बाहिरी प्रभावमा परिनाले गोप्य कुरा बाहिरिने सम्भावना छ। कमजोरीहरू प्रकट नगर्नु बुद्धिमानी हुनेछ। लाभका लागि पुनः प्रयास गर्नुपर्ने अवस्था आउन सक्छ। परिश्रम भए पनि दिउँसोबाट विशेष उपलब्धि हासिल हुने समय हो। भविष्यदृष्टिकोण तयार पार्न सकिने दिन हो। व्यवसाय वा पेशामा दीर्घकालीन योजनाले लाभ दिनेछ। अध्यात्मप्रतिको झुकाव बढ्ने भएकाले सेवामूलक कार्यमा पनि सहभागी हुन सकिनेछ।


🟢 कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अवसरहरू प्राप्त भए तापनि अत्यधिक महत्त्वाकांक्षाले समस्याको निम्तो दिन सक्छ। किनमेल गर्दा अनावश्यक खर्च हुने सम्भावना छ। यात्रा थकानको कारण बन्न सक्छ। दिउँसोदेखि स्वास्थ्यमा कमजोरी देखिन सक्छ। सहयात्रीहरूको साथ कम हुँदा कार्य सम्पादनमा कठिनाइ हुन सक्छ। सामान्य काममा पनि खर्च र समय बढी लाग्न सक्छ। अन्यहरूले तपाईंका कमजोरीको फाइदा उठाउने सम्भावना छ, त्यसैले खानपान र दिनचर्यामा सजग रहनुहोस्।


🔵 सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
जटिल कार्यहरूमा लाग्नुपर्ने भए पनि दिन सकारात्मक रहनेछ। केही खर्च हुन सक्ला तर कार्य सम्पादन हुनेछ। रोग र शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। धनसञ्चयका साथै भौतिक वस्तुहरू प्राप्त हुनेछन्। व्यवसायमा वृद्धिको संकेत देखिन्छ भने यात्रा गर्न उपयुक्त समय छ। दिउँसो प्रियजनसँगको भेटले मन प्रसन्न हुनेछ। साँझतिर कुनै सम्मानजनक व्यवहार प्राप्त हुन सक्छ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ, तर विवादबाट टाढा रहनु उत्तम हुनेछ।


🟣 कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहानको समय फलदायी रहनेछ। व्यवसायिक उन्नति देखिनेछ र आम्दानी बढ्नेछ। आवश्यक साधनहरू जुट्नाले काम सहज हुनेछ। श्रमको राम्रो मूल्य पाइनेछ। व्यापारमा नयाँ उचाइ प्राप्त गर्न सकिनेछ। दिउँसोबाट खर्चको बढोत्तरी हुनाले आर्थिक दबाब देखापर्न सक्छ। आवश्यकताहरू पूरा गर्न ऋणको सहारा लिनुपर्ने अवस्था आउन सक्छ। फजुल खर्चले असन्तुलन ल्याउन सक्छ। सुरु गरिएको कार्य स्थगनमा पर्न सक्ने सम्भावना पनि देखिन्छ।


⚪ तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिहानका कार्यहरू सन्तोषजनक नहुन सक्छन् तर दिन ढल्दै जाँदा मनको शंका हट्दै जानेछ। मेहनतले प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। दिउँसोबाट दीर्घकालीन कार्य थालनी गर्न सकिने समय हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र बौद्धिक क्षमतामा सुधार आउनेछ। गुरुजनको निर्देशन उपयोगी हुनेछ भने सहपाठीहरू पछि पर्न सक्छन्। तपाईंले आफ्नै क्षेत्रमा प्रभावशाली स्थान बनाउने अवसर प्राप्त गर्नुहुनेछ।


⚫ वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज विशेष कार्यका लागि बिहान उपयुक्त समय हुनेछ। अग्रजको सहयोगमा लाभ प्राप्त हुनेछ। तर, व्यक्तिगत योजना सार्वजनिक नगर्नु हितकर हुनेछ। दिउँसोबाट समय केही असहज बन्नेछ। बेसमझदारीमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। साझेदारीका कार्यहरूमा गलतफहमी बढ्न सक्छ। रोकिएका कार्यहरूमा पुनः प्रयास आवश्यक हुनेछ। प्रयास निष्फल भए पनि समयक्रममा लाभ दिलाउने सम्भावना बलियो छ।


🔶 धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजको दिन बौद्धिक र रचनात्मक कार्यमा सफलता दिलाउनेछ। प्रयत्न गर्दा अड्किएका कार्यहरू पुरा हुनेछन्। आयस्रोतमा बृद्धि हुने सम्भावना छ। सहयोगीहरूको साथ पाइनेछ। दिउँसोपछि आत्मविश्वासको कमीका कारण अवसर चुक्न सक्नेछ। वादविवादमा फसिने सम्भावनाले मनमा डर उत्पन्न हुन सक्छ। तत्कालीन आर्थिक अभाव देखिए तापनि हालको मेहनतले भविष्यमा लाभदायक परिणाम ल्याउनेछ। बलजफ्ती निर्णय नगर्नु उपयुक्त हुनेछ।


🟥 मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
लगनशीलताले नयाँ सफलताको ढोका खोल्नेछ। अघिका कामहरू पूरा भएसँगै थप जिम्मेवारी प्राप्त हुनेछ। आयको स्रोत बिस्तार हुनेछ। दीर्घकालीन योजनाहरू थालनी गर्न उपयुक्त समय छ। दिउँसोबाट बौद्धिक तथा सिर्जनात्मक पक्ष बलियो हुनेछ। बुद्धिको सही प्रयोगले लक्ष्यमा सफलता मिल्नेछ। विगतको अनिश्चितता हट्दै लक्ष्यप्राप्तिको मार्ग खुल्नेछ। शुभचिन्तकहरूको साथले कार्य सम्पन्न हुनेछ, यद्यपि हतारो निर्णयले काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ।


🟧 कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्चिलो कार्यहरूमा हात हाल्दा पूँजी जुटाउन ऋण लिनुपर्ने हुन सक्छ। यद्यपि टाढाका साथीभाइहरूसँगको सम्पर्क सुदृढ हुनेछ। दिउँसोबाट परिस्थिति अनुकूल बन्नाले ठूलो काम प्रारम्भ गर्न सकिनेछ। गरिएका कामले प्रशंसा प्राप्त हुनेछ। ज्ञान, सीप र व्यक्तित्वमा निखार आउने समय हो। स्वादिष्ट भोजन र रमाइलो वातावरणको आनन्द लिन सकिनेछ। व्यवसायमा अपेक्षित लाभ कम भए पनि प्रतिष्ठा र स्वाभिमान कायम रहनेछ।


🟨 मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कडा प्रयासले व्यापार, साझेदारी र सट्टापट्टामा लाभ हुने समय छ। केही आम्दानी प्राप्त हुनेछ। श्रमको उचित मूल्य पाइनेछ भने रोकिएका कार्यहरू सम्पन्न हुनेछन्। जिम्मेवारीको दायरा पनि बढ्नेछ। यद्यपि आकस्मिक खर्च बढ्ने सम्भावना छ। दिउँसोपछि नयाँ अवसरका लागि दौडधुप गर्नुपर्नेछ। व्यवसायमा थप लगानी आवश्यक हुन सक्छ। खर्चिलो कार्यहरू आरम्भ हुन सक्छन्। यात्रा र बाह्य सम्पर्कको क्रम अघि बढ्नेछ।

धेरै पढिएको