News Desk
फलितज्योतिषाचार्य
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आयस्रोत बलियो रहनेछ, जसले आवश्यक भौतिक सुविधा जुटाउन मद्दत पुर्याउनेछ। आम्दानीमा वृद्धिले कार्यक्षमता र उत्साह दुवै बढ्नेछ। श्रमको उचित मूल्य पाइने भएकाले मन प्रशन्न रहनेछ। व्यवसायमा प्रगति देखिन्छ, अघिदेखि रोकिएका कार्य सम्पन्न हुनेछन्। जिम्मेवारीमा वृद्धि हुने संकेत छ। नयाँ आयआर्जनका उपाय पत्ता लाग्नेछन्। निरन्तर मिहिनेतले लक्ष्यअनुरूप सफलता हात लाग्नेछ।
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसर प्राप्त भए पनि केही अप्ठ्यारो जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आउन सक्छ। पुराना आर्थिक मुद्दा सुल्झाउन समय लाग्नेछ। निजी फाइदाका लागि सम्बन्ध गाँस्नेहरूबाट होशियार रहनु राम्रो। यद्यपि तपाईँको निरन्तर प्रयासले जीवनशैलीमा सकारात्मक परिवर्तन सम्भव छ। व्यापार स्थिर तर फलदायी रहनेछ। नयाँ कार्यको थालनी केही ढिलो भए पनि आवश्यक पूर्वाधार तयार पार्न सकिनेछ।
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायिक क्षेत्रमा संलग्नहरूलाई फाइदाजनक समय छ। प्रशंसायोग्य कार्यमार्फत लोकप्रियता बढ्नेछ। उपलब्धिका ढोका खुल्नेछन्, प्रतीक्षित सफलताले आत्मबल बढाउनेछ। भाग्य बलियो रहनेछ र मिहिनेतले नयाँ उचाइ प्राप्त हुनेछ। थोरै प्रयासले पनि ठूलो उपलब्धि हात लाग्न सक्छ। भविष्यका लागि लाभदायक कार्यमा लगानी गर्न उपयुक्त समय हो।
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा सामान्य कमजोरीका बाबजुद पनि काममा जुट्नुपर्ने बाध्यता आउने सम्भावना छ। लगानीमा जोखिम देखिन्छ। गोप्य जानकारी चुहिने तथा धन खर्च बढ्ने खतरा छ। वातावरण केही दबाबपूर्ण हुन सक्छ। कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। खानपान र जीवनशैलीमा सतर्कता आवश्यक छ। योजना पुनःसमायोजन गर्नुपर्ने अवस्था आउन सक्छ।
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छिटो फाइदाको लोभमा परे स्थिति बिग्रन सक्छ। आंशिक फाइदा भए पनि जटिलता थपिन सक्छ। विवादित विषयमा संलग्न हुनुपरेमा सतर्क रहनु उपयुक्त हुनेछ। खर्च बढ्ने संकेत छ, विशेष गरी विलासितामा। यद्यपि तत्काल लाभ नदेखिए पनि दीर्घकालीन फाइदाका लागि प्रयास थालनी गर्न सकिने समय हो।
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको भरमा काम शुरु गर्दा समस्या आउन सक्छ। विगतका समस्याले पुनः सताउन सक्छन्। गोप्य कुरा बाहिरिएमा कठिनाइ उत्पन्न हुन सक्छ। ठूला उपलब्धिका लागि केही समय पर्खनुपर्ने स्थिति छ। तर धैर्यता र प्रयासले चुनौती पार गर्दै सफलता प्राप्त गर्न सकिनेछ। बुद्धिको प्रयोगद्वारा इज्जत र अधिकार जोगाउन सकिनेछ।
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगातारको मिहिनेतले समयमै लक्ष्य पूरा गर्न सकिनेछ। अध्ययनमा मन जानेछ र बौद्धिक उन्नति सम्भव हुनेछ। ज्ञान र सीपबाट विशेष अवसर प्राप्त हुनेछ। प्रतियोगितामा अग्रता लिँदै सम्मान वा पुरस्कार प्राप्त गर्न सकिने समय हो। व्यापार, कृषि र पशुपालनबाट लाभ मिल्नेछ। सन्तान वा अनुयायीबाट प्रेरणा प्राप्त हुनेछ।
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्कालको लाभको मोहले दीर्घकालीन समस्या निम्त्याउन सक्छ। पुराना सम्झौता तोडिन सक्ने देखिन्छ। अत्यधिक महत्वाकांक्षाले चुनौती उत्पन्न गर्न सक्छ। मित्रको सहयोगमा काम अघि बढाउनु उपयुक्त हुनेछ। यद्यपि फाइदाको मात्रा कम देखिए पनि समस्या समाधान हुँदै जानेछन्। जगेडा सम्पत्तिबाट लाभ पाउन सकिनेछ।
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कर्मशील प्रयासले सामाजिक प्रतिष्ठा बढ्नेछ। उपहार वा पुरस्कार प्राप्त हुनसक्ने समय हो। यद्यपि केही पुराना सहयोगी प्रतिस्पर्धामा उत्रन सक्छन्। लाभांश बाँडफाँडको अवस्था सिर्जना हुन सक्छ। विगतमा रोकिएको कार्य पुनः अगाडि बढाउने प्रयास गर्नु पर्नेछ। उद्योग, व्यापारमा फाइदा देखिन्छ। परिस्थिति चुनौतीपूर्ण भए पनि पार गर्न सकिनेछ।
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उपयुक्त कार्यद्वारा समाजमा ख्याती बढ्नेछ। शुभ समाचारले खुसी ल्याउनेछ। आम्दानीका विविध स्रोत खुल्ने छन्। दीर्घकालीन लाभदायक कार्य प्रारम्भ गर्न सकिने समय हो। नयाँ योजनाको शुभारम्भ हुनेछ। बोलीमा प्रभाव रहनेछ, जसले विभिन्न क्षेत्रमा सफलता दिलाउनेछ। सम्पत्तिमा वृद्धिको संकेत छ।
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन सफल र रमाइलो हुने सम्भावना छ। पारिवारिक जमघट र स्वादिष्ट भोजनले दिन रमणीय बनाउनेछ। योजना अनुसार कार्यसम्पादन हुँदै आत्मसन्तुष्टि प्राप्त हुनेछ। नयाँ प्रस्ताव आउन सक्छ, र सहयोगीहरूको साथ पाइनेछ। पुराना कमीहरू सुधार गर्दै फाइदा उठाउन सकिनेछ। राम्रो पहिरनले प्रभावशाली छवि दिनेछ।
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च बढ्ने भए पनि दीर्घकालीन लगानीमा फाइदा उठाउन सकिने समय हो। योजनाको खर्च धेरै देखिए पनि परिणाम सार्थक बन्नेछ। विलासिताको मोहले बढी खर्च गराउनेछ। ऋण तिर्दा घाटा हुनसक्छ। आफन्तबाट टाढा हुनुपरे पनि नयाँ सम्बन्ध विस्तार हुनेछ। यात्राको सम्भावना देखिन्छ। केहि कुराको त्यागले नयाँ अवसर प्राप्त हुन सक्छ।