News Desk
🔴 मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्न सक्छ र आर्थिक अभावका कारण केही काम पुनः गर्नुपर्ने स्थिति आउन सक्छ। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा थप लगानीको आवश्यकता देखिन सक्छ। तत्काल लाभको लोभमा परे भविष्यको ठूलो लाभ छुट्न सक्छ। यद्यपि, अघिका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। टाढा रहेका साथीभाइसँग सम्पर्क बढ्नेछ र यात्रा सम्भावना पनि देखिन्छ।
🟤 वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ जिम्मेवारी पाउने सम्भावना छ र त्यसबाट काममा ठूलो प्रगति हुनेछ। मनमोहक धनलाभले पारिवारिक आवश्यकताहरू पुरा हुनेछ। रोकिएका कामहरू बन्नेछन् भने आम्दानीका स्रोत पनि बढ्नेछ। साझेदारी तथा सट्टापट्टामा विशेष लाभ मिल्नेछ। सञ्चित धनको सदुपयोग गर्दा पनि फाइदा हुनेछ। आशाअनुसारभन्दा बढी लाभ प्राप्त हुने योग छ।
🟡 मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसरहरू प्राप्त हुनेछन्, तर अघिका हिसाब नमिल्दा अलमल हुन सक्छ। लोभले समस्या निम्त्याउन सक्छ। यद्यपि, एउटै सकारात्मक प्रयासले जीवनशैलीमा सुधार ल्याउनेछ। सामाजिक नेतृत्वको अवसर प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध प्रगाढ हुनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुने शुभ समय हो।
🔵 कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौतीपूर्ण कामको जिम्मेवारीले बढी मिहिनेत गराउनु पर्नेछ। सोचेजस्तो सफलता नआउन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने सम्भावना छ। स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। सहयोगीहरूको साथ पाइए पनि काममा आफैं सक्रिय रहनुपर्ने समय हो। तत्काल फाइदा नहुन सक्छ, तर भविष्यका लागि महत्वपूर्ण कामहरू अगाडि बढाउने अवसर प्राप्त हुनेछ।
🔴 सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अघिका समस्याहरू दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा नोक्सानी हुन सक्छ। समस्या देखाउँदा शुभचिन्तकको साथ पाइनेछ। मिहिनेतले पछिका लागि फाइदा हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु पर्ने समय हो। गोपनीयताको रक्षा गर्नु उपयुक्त हुनेछ। केही प्रयत्नले आंशिक सफलता मिल्नेछ।
🟢 कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
वातावरण उल्लासमय देखिए पनि जीवनशैली व्यस्त हुनेछ। सामाजिक सम्बन्ध र लोकाचारमा खर्च बढ्न सक्छ। सुमधुर सम्बन्ध कायम राख्न ध्यान दिनुहोस्। समस्या पर्दा आफन्तबाट सहयोग प्राप्त हुनेछ। व्यवसाय र जिम्मेवारीमा चुनौती आए पनि समाधान सम्भव छ। यात्रा तथा सम्मान प्राप्तिको योग छ।
⚖️ तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका कामहरू पुनः सुरुआत हुनेछन्। द्वेष गर्नेहरूले हार खानेछन्। योजना गोप्य राखी अघि बढ्दा सफल भइनेछ। स्वास्थ्य सबल रहनेछ। पराक्रमले अधिकार स्थापित गराउनेछ। प्रतिस्पर्धामा केही घाटा भए पनि अन्ततः विजय प्राप्त हुनेछ। लामो यात्रामा खर्च बढ्ने संकेत छ।
🦂 वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा अलमल आउनेछ, योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। आफ्नै मिहिनेतको लाभ अरूले उठाउने सम्भावना छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। अध्ययनमा ध्यान केन्द्रित गर्न गाह्रो भए पनि बुद्धिको प्रयोगले लाभ हुनेछ। व्यवसायमा सामान्य लाभ हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नु उपयुक्त हुनेछ।
🏹 धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिअनुसार चल्न नसक्ता चुनौती आउनेछ। निर्णय लिन ढिलाइ गर्दा अवसर छुट्न सक्छ। महत्वाकांक्षी योजना आफ्नै कारण अवरुद्ध हुन सक्छ। नसोची दिएको वचनले अप्ठ्यारो निम्त्याउन सक्छ। अरूको लागि काम गरिए पनि फाइदा अरूलाई हुन सक्छ। आमाको साथ र प्रेरणाले सकारात्मक उर्जा प्राप्त हुनेछ।
🐐 मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ जिम्मेवारी प्राप्त हुनेछ, तर त्यसबाट फाइदा लिन संघर्ष गर्नु पर्नेछ। समयमै होश नपुग्दा समस्या आउन सक्छ। दाजुभाइबीच गलतफहमी बढ्न सक्छ। यद्यपि, नयाँ कार्य प्रारम्भका लागि शुभ समय हो। व्यवसायमा लाभ मिल्नेछ। मिहिनेतको प्रतिफल उत्साहजनक हुनेछ।
🏺 कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
धेरै आवेशमा लिइएको निर्णयले हानि पुर्याउन सक्छ। आत्मसम्मानको रक्षा गर्न मौन रहनु उपयुक्त हुनेछ। बुद्धिको प्रयोगले काम अघि बढाउन सकिनेछ। भावना नबुझ्दा शुभचिन्तकहरू टाढिन सक्छन्। बोली र व्यवहारमा संयमता राखेर अघि बढ्दा लाभ हुनेछ।
🐟 मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चिताएको फाइदा लिन धेरै मिहिनेत गर्नुपर्नेछ। अघिका कमजोरी सुधार्दै जीवनशैलीमा सुधार ल्याउने समय हो। रमाइलो जमघट र स्वादिष्ट खानाको आनन्द लिने अवसर छ। अघिका सफलताले नयाँ प्रेरणा दिनेछ। नयाँ प्रस्ताव आउनेछ र सहयोगीहरूको साथ पाइनेछ। टाढिएका परिवारजनसँग भेटघाटको अवसर मिल्नेछ।