News Desk
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वजनबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। विश्वासका पात्र ठानिएकाहरूबाट अपेक्षा विपरीत व्यवहार हुनसक्छ। परिश्रमअनुसार फल नपाउने सम्भावना छ। आकस्मिक खर्च बढ्नेछ र विवादको सामना गर्नुपर्ला। महत्वाकांक्षी योजनामा हाललाई लगानी नगर्नु उचित हुनेछ। खुट्टातर्फ चोटपटक लाग्ने योग देखिन्छ, सचेत रहनुहोस। यद्यपि यात्रा प्रारम्भको संकेत देखिन्छ, नाम र सम्मानको प्रयास तत्काल सफल नहुन सक्छ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ अवसरहरूको ढोका खुल्नेछ र आम्दानीका थप विकल्पहरू पत्ता लाग्नेछन्। तपाईंको परिश्रमको मूल्यांकन हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ भने प्रतियोगितात्मक नतिजाले उत्साह बढाउनेछ। कम लगानीमै लाभदायक व्यावसायिक योजनाहरू सञ्चालन गर्न सकिनेछ। सानो प्रयासबाट पनि ठूलो काम सम्पन्न गर्न सकिनेछ। नियमित आम्दानी बढेपछि जीवनशैलीमा पनि उल्लेखनीय परिवर्तन देखिन सक्छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
पुरुषार्थ र लगनशीलताको समय रहेकोले लक्ष्यप्राप्ति सम्भव छ। रुचिका क्षेत्रमा लगानीको अवसर प्राप्त हुनेछ। तपाईंका प्रयासहरू प्रशंसायोग्य ठहरिनेछन्। प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ। व्यापार–व्यवसायमा उल्लेखनीय लाभ देखिन्छ। भविष्यमा उपयोगी हुने कामको आधार निर्माण हुनेछ। निरन्तर मेहनतले तपाईंलाई नाम, दाम र मान–सम्मान तीनै कुरामा सफल बनाउनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समर्पणपूर्वक श्रम गरे तापनि अपेक्षित मान्यता प्राप्त नहुन सक्छ। कार्यक्षेत्रमा अरूको हस्तक्षेप सम्भव छ। अरूका लागि योजना बनाउनुपर्ने स्थिति देखिन्छ। व्यस्त जीवनशैलीले आफ्नै कार्य पछि पारिन सक्छ। उपलब्धिविहीन प्रयासले थकान दिनेछ। यद्यपि, पूर्वारम्भ गरेका योजनालाई निरन्तरता दिइनेछ। कठिन परिश्रमले अन्ततः उपलब्धिको मार्ग खुलाउने संकेत छ। यथास्थितिमा दीर्घकालीन योजना तयार पारिनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साना–साना समस्या र अप्ठ्याराहरूले बाधा पुर्याउनेछन्। शारीरिक कमजोरीले ऊर्जा घट्न सक्छ। ढिलासुस्तीको प्रवृत्तिले अघिका कार्य दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। सामान्य काममा अड्किँदा महत्त्वपूर्ण कार्य स्थगित हुन सक्छ। आर्थिक कारोबारमा सतर्कता आवश्यक हुनेछ। हडबडले भूल गर्न सकिने हुँदा सजगता अपनाउनुहोला। अध्ययनमा मन केन्द्रित गर्न कठिन हुनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पोषाक तथा व्यक्तित्वमा आकर्षण वृद्धि हुने समय हो। विशेष उपहार प्राप्तिको सम्भावना छ। भ्रमण र मनोरञ्जनमा रमाउने अवसर मिल्नेछ। भौतिक साधनको प्रयोगबाट जीवनशैलीमा नयाँपन देखिनेछ। व्यवसायिक यात्राले फाइदा दिलाउनेछ। साथीसङ्गीको सहयोगले काममा हौसला मिल्नेछ। मित्रता र प्रेम सम्बन्धमा मजबुती आउन सक्छ। पाहुनाको रूपमा सम्मान प्राप्त हुनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शत्रुहरू पाखा लाग्नेछन्, प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ। शरीर सबल रहनेछ, कामप्रति उत्साह बढ्नेछ। परिश्रमद्वारा सामाजिक छवि सुदृढ पार्न सकिनेछ। मेहनतले प्रतिफल दिनेछ र लाभदायक अवसरहरू प्राप्त हुनेछन्। ईर्ष्या गर्नेहरूले आत्मसमर्पण गर्नेछन्। चुनौतीहरूको सामना गर्दै सफलता हात पार्न सकिनेछ। दीर्घकालीन फाइदा दिने व्यवसाय र योजनामा लगानी गर्नु लाभदायक हुनेछ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयको व्यवस्थापनमा कठिनाइ हुने सम्भावना छ। आफ्ना योजनाहरू अरूले दुरुपयोग गर्ने प्रयास गर्न सक्छन्। स्वास्थ्य तथा अध्ययनमा कमजोरी महसुस हुनेछ। अरूको लागि खर्चिएको समयले आफ्नै लक्ष्यमा बाधा पु-याउनेछ। सुरु गरेका कामहरू स्थगित हुन सक्छन्। विश्वास गर्नेहरूबाट साथ छुट्न सक्छ। प्रगतिको बाटोमा बाधा पुर्याउनेहरूबाट सावधान रहनुहोस। नयाँ योजना प्रारम्भ गर्न केही पर्खनु श्रेयस्कर हुनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नियमित कार्यमा गति देखिए पनि पारिवारिक मतभेदले चिन्ता बढाउनेछ। चिनजानका नाममा केही व्यक्ति झन्झटको कारण बन्न सक्छन्। निर्णयको क्षणमा मानसिक अन्योलको स्थिति आउनेछ। बोल्दा सोचेर मात्र बोल्नुहोस्, नत्र कठिनाइमा पर्न सकिन्छ। आफ्नो योजना गोप्य राख्नु उपयुक्त हुनेछ। साझेदारसँग असमझदारी बढ्नाले पुराना सहमतिमा असर पर्नेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमा विशेष उपलब्धि प्राप्त हुने संकेत छ। नयाँ स्रोत र साधनको उपयोग सम्भव हुनेछ। विगतको परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ। नगदको व्यवस्थाले दैनिकी सहज बन्ला। रोकिएका काम अघि बढ्नेछन् र नयाँ योजना सुरु गर्न सकिनेछ। व्यापार तथा उद्यममा सफलता मिल्नेछ। प्रतिस्पर्धीलाई सहजै पार गर्न सकिनेछ। नयाँ प्रकारको कार्य प्रारम्भ गर्ने अनुकूल समय हो।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
आत्मबल कमजोर हुँदा अवसर चुक्न सकिन्छ। शुभेच्छुकको सल्लाह वेवास्ता गर्दा समस्यामा पर्न सकिन्छ। खर्चको डरले मानसिक तनाव बढ्नेछ। विवादबाट टाढा रहनु उत्तम हुनेछ। आर्थिक अभावले पनि काममा असर पुग्नेछ। गोप्य योजनाहरू सार्वजनिक नगर्नुहोला। ईर्ष्याले ग्रसितहरूबाट टाढा रहनु उचित हुनेछ। यद्यपि मिहिनेतको प्रतिफल भविष्यमा सम्मानको रूपमा देखिनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समय फुर्सदिलो रहनेछ, सामाजिक घुलमिल बढ्नेछ। प्रतिष्ठा, यश तथा सम्मान पाउने समय हो। सहकार्य गर्नेहरूको संख्या बढ्नेछ। नयाँ रचनात्मक योजनाहरू सुरु गर्न सकिनेछ। इच्छाशक्ति दृढ हुने भएकाले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। कीर्तिमान कायम गर्ने अवसर प्राप्त हुनेछ। परिवार र साथीहरूसँग रमाइलो जमघट हुनेछ। स्वादिलो भोजनको आनन्द लिन पाइनेछ।