News Desk
राशिफल
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ अवसरहरूको प्रस्ताव आउने संकेत देखिन्छ, जसले तपाईंको साथ दिनेहरूको संख्या वृद्धि गराउनेछ। अघिल्लो सफलताले थप ऊर्जा र आत्मविश्वास दिनेछ। टाढिएका परिवारका सदस्यहरूसँग पुनः भेटघाटको योग छ। रमाइलो जमघटमा स्वादिलो खानाको स्वाद लिन पाइनेछ। प्रेम सम्बन्ध र मित्रताको डोरी बलियो बन्नेछ। यद्यपि पेसागत क्षेत्रमा केही अलमल आउन सक्छ, जसले योजनाबद्ध कामहरू केही समयलाई रोक्न सक्छ। तर, प्रयास दोहोर्याएर गर्नु लाभदायक हुनेछ।
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यक्रमहरूमा अनपेक्षित बाधा उत्पन्न हुने सम्भावना छ। आकस्मिक खर्चको भारसँगै आर्थिक अभावको अनुभूति हुन सक्छ। लाभको लागि बारम्बार प्रयास गर्नुपर्ने परिस्थिति देखिन्छ। व्यापार–व्यवसायमा लगानी बढाउनु पर्ने आवश्यकता पर्न सक्छ। अपरिचित व्यक्तिप्रति अत्यधिक विश्वासले धोका दिन सक्छ। खर्च गर्दा पनि अपेक्षित लाभ नहुन सक्छ। शुभेच्छुकहरूको सल्लाहलाई बेवास्ता गर्दा दुःख पाइने स्थिति देखिन्छ।
का, कि, कु, घ, ङ, छ, के, को, ह
लगनशीलताको उत्कृष्ट प्रतिफल प्राप्त हुनेछ। प्रशंसायोग्य कार्यहरू गर्दै मनग्य धन आर्जन सम्भव छ। नियमित कामबाट समेत उल्लेखनीय फाइदा हात लाग्नेछ। थोरै लगानीबाट पनि राम्रो नाफा कमाउने सम्भावना देखिन्छ। भौतिक सुविधा जुट्नेछ भने दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गरिनेछ। आयको स्रोत बढ्नेछ र प्रतीक्षित नतिजाहरूले हर्षित बनाउनेछ। कृषिजन्य तथा पशुपालन कार्यबाट लाभ उठाउने अवसर छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुर्वकर्मको सकारात्मक फलस्वरूप मन हर्षित रहनेछ। विभिन्न अवसरहरूले पछ्याउनेछन् र स्थायी कामका लागि आधार बनाउने मौका पाइनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता प्रगाढ बन्नेछ। सामाजिक सेवामा संलग्न हुने अवसर मिल्नेछ। मेहनतको फलस्वरूप जीवनशैलीमा सुधार आउनेछ। प्रतीक्षित निर्णय वा परिणामले उत्साह थप्नेछ। प्रभावशाली व्यक्तित्वका कारण धन, सम्मान र प्रतिष्ठा आर्जन गरिनेछ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
वातावरणको कारणले योजनाहरूमा अवरोध आउन सक्छ। अरूको कामका लागि समय, बुद्धि र धन खर्चनुपर्नेछ। सानो लाभ भए पनि अपेक्षित कार्य पूरा गर्न समय लाग्न सक्छ। अवसरवादीहरू तपाईंको कमजोरीको फाइदा उठाउने प्रयास गर्न सक्छन्। समयानुकूल व्यवहार नगर्दा समस्या भोग्नुपर्नेछ। केही बाध्यात्मक परिस्थितिका कारण अलमल भए पनि भविष्यका लागि नयाँ संभावना खोज्न सकिनेछ।
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कानुनी वा सामाजिक परिबन्धले समस्या उत्पन्न गर्न सक्छ। स्वास्थ्यको पक्षमा सचेत रहँदा राम्रो हुनेछ। परिश्रमको तत्काल परिणाम सन्तोषजनक नहुन सक्छ, तर चुनौतीको भित्र अवसर देखिनेछ। जटिल कार्यमा समेत निरन्तर प्रयास गर्दा सकारात्मक संकेत मिल्नेछ। लुकेका रहस्य उजागर हुनेछन् र अनपेक्षित रूपमा धन प्राप्ति हुनसक्छ। कठिन परिस्थिति भए पनि केही कार्यहरू सफलतापूर्वक सम्पन्न गरिनेछन्।
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनतले छोटो समयमा राम्रो परिणाम दिनेछ। आकर्षक पहिरन तथा व्यवहारले व्यक्तित्व झनै प्रभावशाली बन्नेछ। प्रेम सम्बन्ध र मित्रताको सुदृढीकरण हुनेछ भने विशेष उपहार वा समाचारले खुशी ल्याउनेछ। आदर सत्कार पाइने सम्भावना छ। पारिवारिक सहयोगले नयाँ काम प्रारम्भ गर्न प्रेरणा दिनेछ। रमाइलो यात्राको योजना बन्नेछ। विवाद वा कलहबाट टाढा रहनु नै लाभदायक हुनेछ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिकूल प्रतिस्पर्धा भए पनि बुद्धिमत्तापूर्वक व्यवहार गर्दा सम्मान जोगाइनेछ। रोकिएका काम पुनः अगाडि बढ्नेछन् र नयाँ कार्यमा पनि उर्जा लाग्नेछ। आफ्नो कर्तव्यपरायणता तथा आत्मविश्वासका कारण प्रतिस्पर्धीहरू कमजोर हुनेछन्। पहिल्यै टाढिएका व्यक्तिहरू पनि मित्रताको प्रस्ताव लिएर आउनेछन्। उपलब्ध स्रोत र साधनको प्रयोगले दीर्घकालीन लाभ दिने कार्य प्रारम्भ गर्न सकिनेछ।
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कुनै कारणवश मन लागेको कार्य बीचमै रोकिन सक्छ। योजनाहरू बने पनि कार्यान्वयनमा समस्या आउन सक्छ। अवसर र चुनौतीहरूको बीचबाट कर्मपथ अगाडि बढाउने समय हो। स्वास्थ्यको कमजोरीले अध्ययनमा बाधा पुग्न सक्छ। समयअनुसार परिवर्तनको प्रयास गर्नुपर्छ। धैर्यता र कर्तव्यनिष्ठाले सफलता दिलाउनेछ। व्यापारिक क्षेत्रमा लाभ मिल्नेछ र सन्तानको साथले आत्मबल बढ्नेछ।
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
निर्णय त लिइए पनि परिस्थितिको प्रभावले अघि बढ्न समस्या आउनेछ। मनोरञ्जनका लागि समय र खर्च बढ्न सक्छ। साझेदारीमा मतभेद आउन सक्छ, जसले समझौता भंग गराउने खतरा देखिन्छ। मनपरि आश्वासन दिने बानीले कठिनाइ निम्त्याउन सक्छ। तत्काल योजना सार्वजनिक नगर्नु बुद्धिमानी हुनेछ। आफन्तको रिस वा अप्ठ्याराे परिस्थितिका कारण काममा अवरोध आउन सक्छ। दीर्घकालीन योजना बनाउँदा सोच विचार गरी मात्र कदम चाल्नु उचित हुनेछ।
गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ काम सुरु गर्नका लागि अनुकूल समय आएको छ। अपेक्षित कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। दाजुभाइसँगको सम्बन्ध सुदृढ हुनेछ र मित्रता गहिरिनेछ। लगानी गर्दा व्यवसायबाट राम्रो आम्दानी हुने सम्भावना छ। आलस्य त्यागेर परिश्रम गर्नेहरूले लाभ उठाउने मौका पाउनेछन्। अघिल्लो उपलब्धिले पनि अझ हौसला दिनेछ। प्रतिस्पर्धीहरूले समेत तपाईंको योग्यता स्वीकार्दै साथ दिनेछन्।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको प्राथमिकता तोक्न नसक्दा पछि परिने स्थिति आउन सक्छ। बोली र व्यवहारमा ध्यान नदिँदा समस्या निम्तिन सक्छ। खर्चको नियमन नगर्दा धन बाहिरिने सम्भावना रहन्छ, त्यसैले उधारो वा कर्जामा सतर्क रहनुहोला। सामान्य काममा पुरानैजस्तै लाभ रहिरहनेछ। अरूका विषयमा अत्यधिक चासो राख्दा झमेला आउन सक्छ। विवादास्पद कामको जिम्मा लिँदा अनावश्यक तनाव भोग्नुपर्नेछ।