News Desk
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वाणीका कारण गलत अर्थ लाग्नसक्ने हुँदा विवादमा तानिनुपर्ने स्थिति आउन सक्छ। छिटो आत्तिने प्रवृत्तिले महत्त्वपूर्ण अवसर गुम्न सक्छ। अध्ययनमा समय दिन कठिन होला। स्थायी सम्पत्तिसम्बन्धी विषयमा पनि केही विवाद उत्पन्न हुने संकेत छ। असहज परिस्थितिसँग साक्षात्कार भए तापनि बुद्धिपूर्वक निर्णय गर्दा लक्ष्य नजिक पुग्न सकिनेछ। आफ्ना विचार व्यक्त गर्न अलिक समय पर्खनु उचित हुनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सहकर्मी तथा सहयोगीहरूले साथ दिनेछन् भने विगतका उपलब्धिले थप आत्मविश्वास बढाउनेछ। टाढा रहेका परिवारजनसँगको पुनर्मिलनले खुसी बढ्नेछ। रमाइला भेटघाट तथा स्वादिलो भोजनको आनन्द पाइनेछ। प्रतिष्ठा कमाउने खालको काममा हात हालिनेछ। नयाँ तथा सिर्जनात्मक कार्य आरम्भ गर्न अनुकूल समय हो। पुराना कमजोरीलाई सुधार गर्ने अवसर समेत प्राप्त हुनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
सावधानी नअपनाउँदा अनावश्यक खर्च बढ्न सक्छ। आकस्मिक समस्याले आर्थिक संकट निम्त्याउन सक्छ। समयको प्रतिकूलता र असावधानीले चुनौती व्यहोर्नुपर्नेछ। लगानी बढाउनुपर्ने परिस्थिति उत्पन्न हुन सक्छ। आलोचना गर्नेहरू सक्रिय देखिनेछन् भने सघाउनेहरू पाउन कठिन हुनेछ। आश गर्ने शुभेच्छुकहरूसमेत टाढा हुने सम्भावना छ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनेक प्रयास गर्दा पनि कम परिणाम प्राप्त हुनेछ। आवश्यक रकम प्राप्त गर्न कठिनाई आउन सक्छ। दैनिक काम र व्यवसायमा सामान्य फाइदा पाइनेछ। सतर्कता नअपनाउँदा आफ्नै श्रम अरूका लागि लाभदायक बन्नसक्छ। आवश्यकता पूर्ति गर्न ऋण लिनुपर्ने परिस्थिति आउन सक्छ। भविष्यका लागि लगानी गर्न सकिनेछ। नयाँ सम्भावनाको खोजी गर्ने समय हो।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रशंसा पाउने खालका कार्यहरू सम्पन्न गर्दै अरूलाई सहयोग गर्न सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग सम्बन्ध प्रगाढ बन्नेछ। व्यापार फस्टाउनेछ। कृषि तथा पशुपालनमा लाभ मिल्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् भने दीर्घकालीन योजनाका लागि जग बसाउने अवसर पनि मिल्नेछ। मिहिनेतबाट सम्मान, आय तथा पुरस्कारसमेत प्राप्त हुनसक्नेछ। भौतिक सुविधा बढेर दीगो योजनाको थालनी गरिनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्ना कमजोरीहरू बाहिरिनाले असहज स्थिति आउनसक्छ। सम्भावनाहरू देखिए तापनि उपलब्धिका लागि बढी प्रयास आवश्यक पर्छ। दैनिक कार्यलाई निरन्तरता दिन सकिनेछ। व्यस्त जीवनशैलीका कारण समय कम उपयोगी ठहरिन सक्छ। चुनौतीपूर्ण जिम्मेवारी लिनुपर्नेछ। नयाँ योजनामा लगानी गर्दा जोखिम बढ्नेछ। नजिकका मानिसहरूबाटै योजना बिग्रने सम्भावना रहन्छ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अपेक्षित परिणाम नआउँदा कार्यहरू दोहोर्याउनुपर्ने हुन सक्छ। आशाजनक संकेत देखिए तापनि लक्ष्य प्राप्तिमा ढिलाइ हुनेछ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। यद्यपि, चुनौतीभित्र अवसर खोज्ने समय हो। लक्ष्य पाउन केही समय पर्खनुपर्नेछ। समस्याहरू खुलासा गर्दा सघाउनेहरू पाइनेछन्। स्वास्थ्य कमजोर हुन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
ढिलो भए पनि कामहरू पुरा हुनेछन्। आकर्षक पहिरनले व्यक्तित्वमा चमक ल्याउनेछ। विशेष उपहार प्राप्त हुनसक्छ। प्रिय व्यक्तिसँग समय बित्दा मन प्रफुल्ल रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा संलग्न रहिने समय हुनेछ। मित्रता र प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। शुभेच्छुकहरूको साथ पाइनेछ। व्यापारबाट अपेक्षित आम्दानी प्राप्त हुनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्रोतसाधनको उपयुक्तता देखिनेछ। मिहिनेत गर्नेहरूका लागि समय निकै उपलब्धिमूलक बन्नेछ। प्रतिस्पर्धामा विजय हासिल गर्न सकिनेछ। ईर्ष्या गर्नेहरू पन्छिनेछन्। आत्मबल र पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। नयाँ व्यापारिक तथा आर्थिक योजनाहरूको थालनी हुनेछ। रोकिएका कामहरू पूरा हुँदै नयाँ अवसरहरू आउनसक्छन्। निरन्तर प्रयासले सफलताको नयाँ पाटो खोलिनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य समस्याले योजना अनुसार कार्यमा लाग्न सकिने छैन। जटिल परिस्थितिलाई मिलाउने प्रयासमा समय बित्नेछ। सहकर्मीहरूको साथ नपाइने हुँदा नयाँ काममा अड्चन आउनेछ। व्यवहारिक झमेला र मानसिक उल्झनले लक्ष्यमा बाधा पुर्याउनेछ। अप्रत्याशित समाचारले चिन्ता बढाउन सक्छ। गुरुप्रति असहमति उत्पन्न हुनाले अध्ययनमा असर पर्नसक्छ। समयलाई सदुपयोग गर्न गाह्रो पर्न सक्छ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर नचिन्ने प्रवृत्तिले पछुतो महसुस हुनसक्छ। बेलगाम बोलीले गोप्य कुरा बाहिरिन सक्छ। रणनीति लुकाएर राख्नु उपयुक्त हुनेछ। अनावश्यक डरले काममा प्रभाव पार्न सक्छ। साझेदारीमा समस्या आउने सम्भावना छ। पहिले गरिएका सम्झौतामा बाधा आउन सक्छ। सफलताको बाटोमा डाहा गर्नेहरूबाट अवरोध हुनसक्छ। नयाँ योजना प्रारम्भ गर्नु छ भने समय हेरेर अगाडि बढ्नु उपयुक्त हुनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आत्मबल बढाएर अघि बढ्दा काम बन्नेछ। निरन्तर प्रयासले जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। छोटो समयमै उल्लेखनीय उपलब्धि हात लाग्नेछ। स्रोत-साधनको व्यवस्थापनले कर्मफलमा सुधार ल्याउनेछ। मेहनतको उचित मूल्य प्राप्त हुनेछ। रोकिएका कामहरू सकिने र नयाँ योजना सुरु गर्ने शुभ समय छ। व्यापार र उद्योगबाट लाभ लिइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै जित्न सकिनेछ।