News Desk
मेष – Aries
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मबलमा केही कमी देखिन सक्छ, जसले गर्दा कामको गति सुस्त हुन सक्छ। शुभेच्छुकहरूको सल्लाह बेवास्ता गर्दा मन दुख्ने स्थिति आउन सक्छ। खर्चको आशंकाले मानसिक तनाव सिर्जना गर्न सक्छ। विवादास्पद परिस्थितिबाट टाढै रहनु राम्रो हुनेछ। आर्थिक संकटले काममा अवरोध खडा गर्न सक्छ। व्यक्तिगत सूचना सुरक्षित राख्नुपर्ने दिन हो। ईर्ष्यालु व्यक्तिहरूबाट सचेत रहँदै मिहिनेत गर्दा भविष्यमा लाभदायक परिणाम पाइनेछ।
वृष – Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अघिल्लो सफलताले आत्मविश्वास बढाउनेछ। आफन्तको साथ र अभिभावकको माया पाउने दिन हो। स्वादिलो खानपानले मन प्रफुल्ल रहनेछ। प्रयासपूर्वक गरेका काम सम्पन्न हुने सम्भावना छ। अध्ययनमा रुचि बढेर ज्ञानको क्षितिज फराकिलो हुनेछ। नयाँ अवसर प्राप्त हुने संकेत छन्। व्यापार–व्यवसायमा लाभ पाउने दिन हो। यद्यपि, तत्काल सबै नपाए पनि भविष्यको लागि बलियो आधार तयार हुनेछ।
मिथुन – Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको मिहिनेतको प्रतिफल अरूले लिन खोज्न सक्छन्। नियमविपरीत काम गर्न खोज्दा अनावश्यक खर्च बढ्नेछ, सचेत रहनुहोला। लाभको लागि केही त्याग गर्नुपर्ने हुन सक्छ। खर्चमा वृद्धि देखिन्छ। आर्थिक आवश्यकता टार्न ऋणको आश्रय लिनुपर्ला। तत्कालीन लाभ बाँड्नुपर्ने अवस्था आउन सक्छ। चाहिने सामग्री संकलन गर्न समय लाग्नेछ।
कर्कट – Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक आम्दानीका नयाँ स्रोत पत्ता लाग्न सक्छन्। परिश्रमको मूल्य पाउने दिन हो। सानो लगानीबाट पनि व्यापारमा अपेक्षित फाइदा हुने सम्भावना छ। निरन्तर प्रयासले नयाँ क्षेत्रमा प्रगति हुनेछ। अकल्पनीय आम्दानीले खर्च पनि बढाउन सक्छ। अवसर प्राप्तिका लागि दौडधूप गर्नुपर्ने देखिन्छ। तर, खर्चको चापले बचतमा प्रभाव पार्न सक्छ। केही आवश्यक वस्तु परित्याग गर्नुपर्ने अवस्था आउन सक्छ।
सिंह – Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विभिन्न अवसरहरू आइपुग्नेछन् र प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुने सम्भावना छ। अरूलाई प्रभावित पार्दै काम सम्पन्न गर्न सकिनेछ। आजको परिश्रमले भविष्यमा प्रतिष्ठा र सम्मान दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुने समय हो। व्यवसाय वा रोजगारीमा लाभ हुनेछ। तारिफ योग्य कार्यबाट धेरैको मन जित्न सकिनेछ। लगानीका लागि अनुकूल समय देखिन्छ।
कन्या – Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा कमजोरी देखिन सक्छ जसले गर्दा सोचेजस्तो उपलब्धि मिल्न सक्ने छैन। सहयोगीहरू पन्छिन सक्छन्। आफ्नो क्षेत्रमा अन्यको हस्तक्षेपको सम्भावना छ। बुद्धिको प्रयोग अरूका लागि गर्नुपर्ने समय हो। दिनचर्या व्यस्त रहन सक्छ तर उल्लेखनीय उपलब्धि नहुन सक्छ। त्यसपनि निरन्तरता दिइरहेको कार्यमा अगाडि बढ्न सकिनेछ। प्रयासले सम्भावना खोज्न सकिने दिन हो।
तुला – Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यप्रति विशेष सजगता आवश्यक हुनेछ। दैनिकी व्यस्त रहनेछ भने सानातिना स्वास्थ्य समस्या देखा पर्नेछ। साथ दिनेहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। सम्भावना देखिए पनि प्रतिफलका लागि केही समय कुर्नुपर्ने हुन सक्छ। सुरु गरिएका कामलाई निरन्तरता दिइनेछ। अवसर प्राप्तिका लागि चुनौतीस्वरूप कार्यभार लिनुपर्ने देखिन्छ। लगानीमा जोखिम बढ्ने समय हो।
वृश्चिक – Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोटो समयमा लाभ हुने योग छ। राम्रो पोशाकले व्यक्तित्वमा निखार ल्याउनेछ। कुनै विशेष उपहार प्राप्त हुने सम्भावना छ। प्रिय व्यक्तिसँगको सम्बन्ध प्रगाढ बन्छ। पढाइ, लेखन र मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेम सम्बन्ध बलियो बन्नेछ। शुभेच्छुकहरूको साथ प्राप्त हुनेछ। साधनस्रोतको विस्तारसँगै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ।
धनु – Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अघिल्ला दिनमा रोकिएका कामहरू बन्ने सम्भावना छ जसले हर्ष जगाउनेछ। आफैंको प्रयासबाट अधिकार स्थापना गर्न सकिनेछ। आर्थिक फाइदा हुने कामहरू सम्पन्न हुनेछन्। प्रतिकूल परिस्थितिमा पनि लक्ष्य भेट्टाउने क्षमता रहनेछ। मिहिनेतले प्रतिस्पर्धामा अग्रता दिलाउनेछ। भौतिक साधन प्राप्त भई दीर्घकालीन लाभ हुने कामहरू सुरु हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन र उपलब्धि जोगाउन सकिनेछ।
मकर – Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य समस्या देखिएमा काममा सक्रिय हुन सकिने छैन। जटिल परिस्थितिहरू समाधान गर्न समय खर्चिनुपर्नेछ। सहयोगीहरू पछि हट्न सक्छन् जसले नयाँ काम थालनीमा समस्या ल्याउनेछ। व्यवहारिक ढिलाइले सोचेका योजना रोकिएलान्। अप्रिय समाचारले तनाव बढाउन सक्छ। गुरुजन वा अग्रजसँग मतभेद हुनसक्छ, अध्ययनमा पनि बाधा आउन सक्छ। समयको सदुपयोग गर्न मुस्किल पर्नेछ।
कुम्भ – Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
लाभको पछि लाग्दा आलोचना खेप्नुपर्ने हुन सक्छ। पुराना सम्झौता नवीकरण नगर्दा फाइदा छुट्न सक्छ। यथोचित निर्णय गर्न नसक्दा अवसर गुम्न सक्छ। घरपरिवारमा मतभेद देखा पर्नेछ। अनावश्यक सम्बन्धहरूले तनाव दिन सक्छन्। हचुवाको भरमा बोलेको कुराले समस्या निम्त्याउन सक्छ। अरूको मामिलामा धेरै चासो दिनु सट्टा आफ्ना विषयमा केन्द्रित हुनु उत्तम हुनेछ।
मीन – Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उपहार प्राप्त हुने सम्भावना छ। सहयोगीहरूले राम्रो साथ दिनेछन। रोकिएका काम अगाडि बढ्नेछन भने नयाँ योजनाको सुरुवात गर्न सकिनेछ। प्रतिस्पर्धीहरू सजिलै पराजित हुनेछन्। गरिएका कर्मले उत्कृष्ट प्रतिफल दिनेछ। समाजमा पहिचान स्थापित हुने कार्यहरूमा संलग्न भइनेछ। नयाँ योजना कार्यान्वयन गर्ने अवसर पाउने दिन हो। मिहिनेत आवश्यक पर्ने भए पनि त्यसले सकारात्मक नतिजा ल्याउनेछ।