आज २०८२ अषाढ​ ११ग​तेको राशिफ​ल​
News Desk
Jun-25 , 2025 तारिख 06:08 बिहान

मेष – ARIES

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
योजना बनाउने र त्यसलाई समयमै कार्यान्वयन गर्ने हो भने फाइदा मिल्नेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन् र तपाईँले गरेको मिहिनेतले सार्थक परिणाम ल्याउनेछ। प्रयत्न गर्दा आशाजनक अवसरहरू हात पर्न सक्छन्। साथीसँगीको राम्रो साथ पाइनुका साथै भविष्यमा लाभ दिलाउने कार्यको आरम्भ हुनेछ। आवश्यक भौतिक सामग्रीको उपलब्धताले दीर्घकालीन योजना कार्यान्वयन गर्न मद्दत गर्नेछ। व्यापारमा मनग्य लाभ हुनेछ भने सेवा–क्षेत्रको कामले प्रतिष्ठा दिलाउनेछ।


वृष – TAURUS
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनावश्यक डर वा हडबडाहटले तपाईंका भनाइहरूलाई गलत अर्थमा बुझिने खतरा रहन्छ। अरूमाथि भर पर्ने प्रवृत्तिले काम अधुरो रहने सम्भावना छ। पाएको रकम तुरुन्त खर्च गर्नु पर्ने परिस्थिति बन्न सक्छ। वाचा पुरा गर्न नसक्दा आलोचना व्यहोर्नु पर्ला। यद्यपि मेहनत गर्न छाडिएन भने केही सम्भावना उजागर हुनेछन्। बुद्धिमत्ताको प्रयोगले केही कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। शुभचिन्तकहरूको भावनालाई बुझ्ने प्रयास गर्नु हितकर हुनेछ।


मिथुन – GEMINI
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढा परेका आफन्त वा परिवारसँग भेटघाट हुने योग छ। रमाइलो माहोलमा स्वादिष्ट खानाको मजा लिन पाइनेछ। आकर्षक लुगा वा सजावटले तपाईंको व्यक्तित्व झनै निखारिनेछ। प्रिय वस्तु वा उपहार प्राप्तिको सम्भावना छ। नयाँ अवसरका प्रस्तावहरू आउनेछन् र सहयोगीहरूको संख्या बढ्नेछ। सिर्जनात्मक कार्यबाट राम्रै धन आर्जन हुनेछ। अघिका सफलताले नयाँ ऊर्जा मिल्नेछ।


कर्कट – CANCER
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च व्यवस्थापन गर्न केही दौडधुप गर्नुपर्ने समय हो। अवसरको खोजीमा आफन्तबाट केही समय टाढिनुपर्ने हुन सक्छ। छिमेकमा मनमुटाव हुनसक्छ। व्यवसायमा लगानी बढाउने समय आएको छ। केही वस्तु वा सुविधा तत्काल त्याग्नुपर्ने परिस्थिति बन्न सक्छ। व्यापार उधारोमा सञ्चालन गर्नु परे पनि निरन्तरता आवश्यक हुनेछ। खर्च भए पनि अपेक्षित लाभ नपाइन सक्छ। चुनौतीहरू सामना गर्दै रोकिएका कार्यहरू सम्पन्न गर्ने समय हो।


सिंह – LEO
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयको राम्रो स्रोत बन्नेछ, जसले आवश्यक भौतिक साधनहरू उपलब्ध गराउनेछ। सानो देखिएको कार्यले पनि राम्रो आम्दानी दिलाउनेछ। तपाईँको मेहनतको यथोचित मूल्य पाउने समय आएको छ। व्यवसायमा उल्लेखनीय फड्को मार्ने अवसर छ। छोटो अवधिमा राम्रो परिणाम प्राप्त हुनेछ। अड्किएको काम पुनः अघि बढ्नेछ भने नयाँ जिम्मेवारीसमेत थपिनेछ। दीर्घकालीन लाभ दिलाउने कामको थालनी हुनेछ। साझेदारीबाट समेत फाइदा उठ्न सक्छ।


कन्या – VIRGO
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित कार्यहरू सफलतापूर्वक गर्दै धेरैलाई प्रभावित पार्न सकिनेछ। सामाजिक कार्यमा सक्रियताले प्रेरणा मिल्नेछ। भूमि, सवारीसाधन वा कर्मयोगबाट प्रत्यक्ष लाभ पाइनेछ। राम्रो कार्यफल प्राप्त हुने भएकाले मनमा हर्ष छाउनेछ। केही कार्य रोकिए पनि लाभ मिलिरहनेछ। विशिष्ट व्यक्ति वा निकायको सहयोगबाट महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। समाजमा प्रशंसा योग्य कार्य गरेर प्रतिष्ठा तथा आम्दानी दुवै प्राप्त हुनेछ।


तुला – LIBRA
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौतिका बीच अवसर देख्ने समय हो। परिणाम आशानुरूप नआउँदा केही कार्यहरू दोहोर्याउनुपर्ने हुन सक्छ। शारीरिक कमजोरीले केही चिन्ता बढाउनेछ भने योजनाबद्ध कार्यहरू बाधित हुन सक्छन्। अरूको लागि सुझबुझ खर्चनुपरे पनि आफ्नै क्षेत्रमा अरूको हस्तक्षेप सहनु पर्ने देखिन्छ। समर्पणपूर्वक प्रयत्न गरेमा मात्र लक्ष्य प्राप्त हुने देखिन्छ। निरन्तर प्रयास गरेमा सामाजिक सेवा कार्यहरू पनि सम्पन्न गर्न सकिनेछ।


वृश्चिक – SCORPIO
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अपेक्षित परिणाम नआउँदा तपाईंले पुनः प्रयास गर्नुपर्नेछ। स्वास्थ्यमा कमजोरीले औषधोपचारमा खर्च बढ्नेछ। यात्रा कष्टप्रद बन्न सक्छ। गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। पुराना समस्याहरू पुनः देखा पर्नाले मानसिक दबाब आउन सक्छ। गोप्य कुराहरू बाहिरिँदा पनि समस्यामा पर्न सकिने सम्भावना देखिन्छ। विशेष उपलब्धिका लागि अझ केही समय प्रतीक्षा गर्नु उपयुक्त हुनेछ।


धनु – SAGITTARIUS
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुरा गर्दै आएका उपलब्धिहरू प्राप्त हुने छन् र सँगै मनग्य धन लाभको सम्भावना पनि देखिन्छ। दिन रमाइलो र मनोरञ्जनले भरिपूर्ण रहनेछ। इच्छा अनुसारका वस्तु प्राप्त हुनेछ। अध्ययन वा ज्ञानको क्षेत्रमा प्रगति हुनेछ। व्यवसायका सिलसिलामा यात्रा सम्भावित छ। पारिवारिक तथा दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रेम र मित्रता गहिरिनेछ। सत्कार वा सम्मान प्राप्त हुने शुभ समय हो।


मकर – CAPRICORN
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनती व्यक्तिहरूका लागि समय निकै लाभदायक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ र तपाईंलाई हेप्न खोज्नेहरू पराजित हुनेछन्। आत्मविश्वासको आधारमा अधिकार स्थापित गर्न सकिनेछ। जटिल परिस्थिति पार गर्दै कार्य सम्पन्न गर्न सकिनेछ। स्वास्थ्यमा सन्तुलन रहनेछ र शत्रुहरू निर्बल हुनेछन्। व्यापार तथा अन्य आर्थिक क्रियाकलापबाट लाभ हुनेछ। ठूलो लक्ष्यको शुभारम्भका लागि उपयुक्त समय हो।


कुम्भ – AQUARIUS
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
छिटो सफलता प्राप्त गर्ने आशाले समस्याहरू निम्त्याउन सक्छ। अरूको लागि आफ्नो श्रम र बौद्धिकता खर्चनुपर्नेछ। अवसर आइपुगे पनि नयाँ कार्य प्रारम्भ गर्नु अघि गहिरो सोचविचार आवश्यक छ। समयसँग तालमेल मिलाउँदै अघि बढ्नुपर्छ। परिस्थितिका अनुसार लचिलो बन्नु बुद्धिमानी हुनेछ। बौद्धिक प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। प्रयास गर्दा अध्ययन वा ज्ञानको क्षेत्रमा प्रगति हुनेछ।


मीन – PISCES
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खाली आश्वासन दिनेहरूले झुक्याउने प्रयास गर्न सक्छन्। केही अवसरहरू देखिए तापनि त्यसबाट तत्काल प्रतिफल नआउन सक्छ। पहिले गरेका सम्झौताहरू तोड्नुपर्ने स्थिति आउन सक्छ। आफन्त वा साथीभाइकै कारण कार्यमा अवरोध पुग्न सक्छ। द्विविधा हटाएर सल्लाह लिँदा लाभ मिल्नेछ। केही रोकिएका कार्यहरू पुनः गर्नुपर्ने देखिन्छ। तपाईँको श्रमको लाभ अरूले उठाउन सक्ने सम्भावना रहेकोले सचेत रहनु उत्तम हुनेछ।

धेरै पढिएको