आज २०८२ असार १२ ग​तेको राशिफ​ल​
News Desk
Jun-26 , 2025 तारिख 05:54 बिहान

🔴 मेष (ARIES) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेतको उचित प्रतिफल आजको दिनमा प्राप्त हुनेछ। प्रयास गर्दा जीवनका नयाँ अवसरहरू सँगै आउनेछन्। साथीभाइको साथले काम सजिलो बनाउनेछ। लामो समय लाभ दिने योजना थालनी गर्ने अनुकूल समय हो। आवश्यक भौतिक साधनहरू जुट्ने सम्भावना छ। व्यापार व्यवसायमा उल्लेखनीय आर्थिक फाइदा देखिन्छ। सेवा–सम्बन्धी कामले प्रतिष्ठा दिलाउनेछ। रचनात्मक गतिविधिमा सहभागी हुने उपयुक्त समय हो। अड्किएका काम पुनः गति लिन सक्छन्।


🟠 वृष (TAURUS) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आज आत्मविश्वासको केही कमी अनुभव हुनेछ, जसले गर्दा काममा प्रभाव पर्न सक्छ। शुभेच्छुकहरूको भावनालाई बेवास्ता गर्दा मन दुःखी हुन सक्छ। खर्चको चिन्ताले मनमा असजिलो महसुस गराउन सक्छ। तर, बुद्धिको सहारा लिँदा ज्ञान र धन आर्जनमा सफलता मिल्नेछ। निरन्तर प्रयासले मान–सम्मानको साथसाथै विशेष स्थान प्राप्त हुनेछ। बोलिको प्रभावबाट महत्वपूर्ण कामहरू सहजै सम्पन्न हुनेछन्। सानो प्रयत्नले पनि काम बन्नेछ।


🟡 मिथुन (GEMINI) – का, कि, कु, घ, ङ, छ, के, को, ह

आज सहयोगी व्यक्तिहरूको राम्रो साथ प्राप्त हुनेछ। अघिल्लो सफलताले नयाँ काम गर्न उत्प्रेरणा प्रदान गर्नेछ। टाढिएका आफन्तसँग पुनः भेटघाटको अवसर मिल्नेछ। रमाइला जमघटहरूमा स्वादिष्ट भोजनको अनुभव हुनेछ। प्रतिष्ठा कमाउने अवसर सिर्जना हुनेछ। नवीन र रचनात्मक कार्य आरम्भ गर्न उपयुक्त समय हो। विगतका कमजोरीहरू सुधार्ने अवसर प्राप्त हुनेछ।


🔵 कर्कट (CANCER) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समयको महत्त्व नबुझ्दा व्यवहारमा पछि परिने अवस्था आउन सक्छ। आफन्तहरूबाट टाढा हुनुपर्ने परिस्थिति आउन सक्छ। अवसर प्राप्त गर्न दौडधुप गर्नुपर्ने देखिन्छ। समय अभावका कारण बनिरहेका कामहरू बिथोलिन सक्छन्। व्यवसायमा थप लगानी आवश्यक हुनेछ। आकस्मिक खर्चले चिन्ता बढाउनेछ। तत्कालको लाभले दीर्घकालीन हानि निम्त्याउन सक्छ। लामो यात्राको तयारी गरिने सम्भावना छ।


🟣 सिंह (LEO) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर भए तापनि काममा बेसुर हुनाले चुनौती सिर्जना हुन सक्छ। निरन्तर प्रयासले काम सुरु गर्न सकिनेछ, यद्यपि आर्थिक प्रतिफल सन्तोषजनक नहुन सक्छ। परिश्रमले व्यावसायिक अवरोधहरू हटाउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि दीर्घकालीन योजना सफलताका आधार बन्न सक्छन्। स्वार्थीहरूबाट सजग रहनुहोला, गोप्य कुरा बाहिरिन सक्छ।


🟢 कन्या (VIRGO) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिले गुमाएको स्थान पुनः प्राप्त हुने सम्भावना छ। सामाजिक क्षेत्रमा प्रभावशाली उपस्थिति देखिनेछ। विशिष्ट व्यक्तिसँगको भेटले ऊर्जा थप्नेछ। निरन्तर मिहिनेतले मान, धन र पुरस्कार प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउन सकिनेछ। आँट र प्रयासले कीर्तिमानी सफलता दिलाउनेछ। साथीहरूको साथ पाउनेछ। अरूलाई प्रभावित पारेर काम निकाल्ने समय हो। व्यापारमा आशाजनक फाइदा हुनेछ।


🟤 तुला (LIBRA) – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अरूको सहयोगमा काम गर्नुपरे पनि अन्ततः आफैंलाई लाभ हुनेछ। समाजमा सराहना प्राप्त हुने काम सम्पन्न हुनेछ। मिहिनेतको प्रतिफल उल्लेखनीय रहनेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। कर्मशीलताको कारण विशेष जिम्मेवारी प्राप्त हुन सक्छ। सानो प्रयासले ठूलो समूहलाई लाभ पुग्ने कार्य आरम्भ गर्न सकिनेछ। यद्यपि केही फल अरूको हातमा जान सक्छ, सतर्क रहनुहोस्।


वृश्चिक (SCORPIO) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामान्य काममा पनि समय, धन र मेहनत खर्चिन सक्छ। समस्यालाई नजरअन्दाज गर्दा पीडा व्यहोर्नुपर्ला। कार्यभार बढ्नेछ, जसले शारीरिक थकान र आलस्य निम्त्याउनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला, खानपान र व्यायाममा सन्तुलन आवश्यक छ। गोप्य कुराहरू बाहिर जानाले असहज स्थिति सिर्जना हुन सक्छ। आफ्नो सम्पत्तिमा अरूले दाबी गर्न सक्छन्। अघिल्लो गल्ती सच्याउन दोहोरो प्रयास गर्नु उपयुक्त हुनेछ।


धनु (SAGITTARIUS) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

साथीभाइसँग रमाइलो समय बित्नेछ। आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। आदर सत्कारका साथ मित्रता प्रगाढ बन्नेछ। स्वादिष्ट भोजन तथा शौक पुरा हुने समय हो। आश गरिएको सफलताले खुसी दिनेछ। नयाँ काम सुरु गर्ने योजना बन्न सक्छ। आवश्यक भौतिक साधनहरू जुट्नाले सहजता आउनेछ। व्यवसायमा वृद्धिको संकेत देखिन्छ।


🟧 मकर (CAPRICORN) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हिम्मतले काम सफलतामा रूपान्तरण गर्न सकिनेछ। अघिल्लो उपलब्धिले उर्जा दिनेछ। कडा मेहनतले नयाँ अवसरहरू खोल्नेछन्। जीवनशैलीमा उल्लेखनीय परिवर्तन सम्भव छ। जटिल कार्यहरू पनि समाधानतर्फ उन्मुख हुनेछन्। ईर्ष्या गर्नेहरू कमजोर हुनेछन् र प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। पहिलाका विरोधीहरूले मित्रताको प्रस्ताव राख्न सक्छन्।


🟨 कुम्भ (AQUARIUS) – गु, गे, गो, सा, सि, सु, से, सो, द

सुखद समाचारले उत्साह दिनेछ। अध्ययनप्रतिको लगाव बढ्नेछ र बौद्धिक प्रगति हुनेछ। निरन्तर मिहिनेतले सम्मानजनक कार्य सम्पन्न गर्न सकिनेछ। सम्झौता गर्नुपरे पनि अधिकार सुरक्षित राख्न सकिनेछ। आवश्यक साधन जुट्नेछ र स्थायी लाभदायक योजना प्रारम्भ गर्न सकिनेछ। लामो दूरीको यात्रा अगाडि बढ्ने सम्भावना छ। प्रयत्नले लक्ष्य नजिक पुगिनेछ।


🟪 मीन (PISCES) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चिन्तन र सजगताको अभावले शुभचिन्तकहरू टाढिन सक्छन्। अप्रत्याशित परिस्थितिले कठिनाइ ल्याउनेछ। मिहिनेतको फल अरूको भागमा जान सक्ने अवस्था देखिन्छ। नजिकका व्यक्तिबाट अपेक्षित सहयोग नपाउँदा अवसर गुम्न सक्छ। नजिकका साथीहरूसँग असमझदारी बढ्नसक्छ। अनावश्यक वाचा र अठोटले आफैलाई समस्यामा पार्न सक्छ।

धेरै पढिएको