आज २०८२ असार​ १३ग​तेको राशिफ​ल​
News Desk
Jun-27 , 2025 तारिख 06:03 बिहान

🔴 मेष – ARIES

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अन्यले दिएको आश्वासन पूरा नहुन सक्छ, जसले अपेक्षाविपरीत अवस्था ल्याउन सक्छ। हल्ला वा अफवाहका आधारमा अरूमाथि विश्वास गर्दा धोका हुने सम्भावना देखिन्छ। पारिवारिक सम्बन्धमा ध्यान दिनुपर्नेछ र आफन्तजनसँग समय बिताउने अवस्था आउन सक्छ। कृषि, पशुपालन र घरायसी कामहरूमा विशेष रुचि बढ्नेछ। बगैँचा, फूलबारी तथा घरको साजसज्जामा समय बिताउने अवसर जुट्नेछ। टाढिएका नातेदार वा साथीभाइसँग पुनः सम्पर्क हुनसक्छ। कुनै कार्यमा निरन्तर प्रयास गर्दा लक्ष्यको प्राप्ति हुनेछ।

🔴 वृष – TAURUS
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कार्यहरू प्रारम्भ गरिने छन् जसबाट दीर्घकालीन फाइदा मिल्नेछ। शुभचिन्तक र सहयोगी व्यक्तिहरूको साथ रहनेछ, जसले कार्यसिद्धिमा सहजता ल्याउनेछ। मिहिनेत अनुसार सन्तोषजनक नतिजा प्राप्त हुनेछ। भौतिक साधनहरू जुट्नाले कामकाजमा सहजता देखिनेछ। उद्योगधन्दा वा व्यापारिक कार्यहरूमा लाभ मिल्ने सम्भावना छ। प्रतिस्पर्धीहरूसँग सावधानीपूर्वक व्यवहार गर्नु उपयुक्त हुनेछ। व्यक्तिगत आकर्षण तथा बोलीको प्रभावले काम बन्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र लोकप्रिय कामहरूले उच्च स्थानमा पुर्याउनेछन्।

🔴 मिथुन – GEMINI
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
पढाइमा उल्लेखनीय प्रगति हुनेछ र ज्ञानलाई गहिरो बनाउने अवसर प्राप्त हुनेछ। सुखद समाचारले मनमा उमंग जाग्नेछ। आम्दानीका नयाँ माध्यमहरू सिर्जना हुनेछन्। दीर्घकालीन फाइदा हुने योजनामा सम्झौता गर्ने समय उपयुक्त देखिन्छ। नयाँ योजना वा कामको सुरुआत हुनेछ। निरन्तर श्रम गरेमा सम्मान तथा पद प्राप्तिको सम्भावना छ। बोली तथा बौद्धिक क्षमताको उपयोगबाट आर्थिक लाभसमेत प्राप्त हुनेछ। अभिव्यक्तिको प्रशंसा हुनेछ।

🔴 कर्कट – CANCER
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो जमघटको वातावरण बनि स्वादिलो भोजनको आनन्द लिइनेछ। विगतका सफलताहरूले आत्मविश्वास बढाउनेछ। नयाँ योजना वा प्रस्ताव प्राप्त हुनसक्छ। सहयोगीहरूका कारण कार्यमा सहजता हुनेछ। टाढिएका आफन्तसँग पुनः भेटघाटको सम्भावना छ। अतीतका त्रुटिहरू सुधार गर्दै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। व्यक्तित्वमा निखार आउनेछ र बौद्धिक क्षमताको कदर हुनेछ।

🔴 सिंह – LEO
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यद्यपि केही खर्च लाग्नसक्छ, तथापि कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। भविष्यका लागि केही कुरामा सम्झौता गर्नु पर्ने परिस्थिति आउन सक्छ। बारम्बारको प्रयासपछि मात्र अवरोध हट्नेछ। आवश्यक परेमा कर्जा वा उधारोको सहारामा धनको जोहो गर्न सकिनेछ। टाढाका मित्रहरूले सहयोग गर्न सक्छन्। यद्यपि समयको व्यवस्थापनमा कमजोरी आउन सक्छ। अरूमाथि अन्धाे विश्वास गर्दा धनमालको नोक्सानी हुन सक्ने सम्भावना छ।

🔴 कन्या – VIRGO
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमअनुसार कर्मफल प्राप्त हुने उत्तम समय छ। लामो समयदेखि प्रतीक्षा गरिएको नतिजा हातलागी हुनेछ। आम्दानीमा वृद्धि हुनेछ र बाँकी रहेको रकम पनि प्राप्त हुनेछ। कृषि तथा व्यापार क्षेत्रमा राम्रो फाइदा देखिन्छ। चल-अचल सम्पत्तिको उपयोगले थप लाभ दिलाउनेछ। दीर्घकालीन योजना बनाउन सकिनेछ। श्रमको उचित मूल्य प्राप्त हुनेछ र कर्जा तिर्ने सम्भावना बढ्नेछ।

🔴 तुला – LIBRA
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिशेष कार्यमा सफलता प्राप्त हुने समय आएको छ। सामाजिक जिम्मेवारी बढ्नेछ र विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। लगनशील प्रयासबाट प्रशंसनीय कार्य सम्पन्न हुनेछ। सामाजिक क्षेत्रमा नेतृत्वको अवसर आउन सक्छ। नयाँ कामको योजना बनाइनेछ। भौतिक साधनको वृद्धि हुनेछ र यसले कार्यसम्पादनमा सहजता ल्याउनेछ। व्यापारमा वृद्धि हुनेछ। पेशागत सफलता प्राप्त हुनेछ।

🔴 वृश्चिक – SCORPIO
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरहरू खोजी गर्नुपर्ने समय आएको छ। आजको मिहिनेत भविष्यमा प्रतिष्ठा र नाम कमाउने माध्यम बन्नेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ, जसले साहस प्रदान गर्नेछ। लामो समय टिक्ने योजनाहरू कार्यान्वयनमा ल्याइनेछ। सामाजिक कार्यमा सहभागी भई सानो प्रयासले ठूलो प्रभाव पार्न सकिनेछ। लोकप्रिय काममा सरिक भई नाम कमाइनेछ। अध्ययनमा प्रगति देखिनेछ।

🔴 धनु – SAGITTARIUS
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यका दृष्टिकोणले कमजोरी आउन सक्छ। प्रतिकूल परिस्थितिमा पनि काम गर्नुपर्नेछ। अपेक्षित नतिजा नआउँदा निराशा हुन सक्छ। हुलमुलमा धनमाल हराउन सक्ने जोखिम देखिन्छ। कार्यहरूलाई प्राथमिकताका आधारमा अघि बढाउन गाह्रो हुन सक्छ। अवसर त देखिए पनि त्यसलाई उपयोग गर्न समय लाग्नेछ। शुभेच्छुहरूसँग दूरी बढ्न सक्छ।

🔴 मकर – CAPRICORN
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लुगा पहिरनमा आकर्षण आउनेछ जसले व्यक्तित्व निखार्नेछ। आफन्तहरूसँगको भेटघाट रमाइलो हुनेछ। उपहार आदान–प्रदानले सम्बन्ध बलियो बनाउनेछ। प्रेम र मित्रताको बन्धन अझै मजबुत बन्नेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। पारिवारिक साथले कठिनाइ पार गर्न सजिलो हुनेछ। भौतिक साधन जुट्नेछन। नयाँ काम प्रारम्भ गरी लाभ कमाउने अवसर प्राप्त हुनेछ।

🔴 कुम्भ – AQUARIUS
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक स्रोत-साधनको सहज प्राप्तिले नयाँ तथा दीर्घकालीन काम सुरू गर्न सकिनेछ। अघिल्लो सफलताले आत्मबल बढाउनेछ। विशेष प्रयत्न गर्दा थप अवसरहरू प्राप्त हुनेछन्। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। श्रमले लक्ष्य प्राप्तिमा सहयोग गर्नेछ। रोगबाट मुक्ति मिल्नेछ। कुनै विवादमा आफ्नो पक्ष बलियो रहनेछ। निरन्तर प्रयास सफलता प्राप्तिको आधार बन्नेछ।

🔴 मीन – PISCES
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
श्रमको प्रतिफल सुखद हुनेछ। मनग्य समाचारले उत्साहित बनाउनेछ। अरूका लागि उपयोगी कार्य गर्दै आफूलाई प्रशंसा योग्य बनाइनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन। दीर्घकालीन लाभ प्राप्त गर्ने योजना कार्यान्वयन हुनेछ। पढाइमा राम्रो प्रगति हुनेछ। ज्ञान र बुद्धिको उपयोगबाट लक्ष्य हासिल गरिनेछ। सम्मानजनक स्थान प्राप्त हुने सम्भावना छ। बौद्धिक प्रस्तुतिको प्रभाव उल्लेखनीय हुनेछ।

 

धेरै पढिएको