News Desk
मेष (ARIES)
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको साहस र दृढ आत्मविश्वासले लक्ष्यमा सजिलै सफलता दिलाउनेछ। शुभ समाचारहरूले दिनभरि उत्साह थप्नेछन्। अध्ययनमा गहिरो अभिरुचि देखिएर बौद्धिक क्षमताको विकास हुनेछ। प्रतिष्ठा बढाउने खालका अवसरहरू मिल्नेछन्। प्रतिस्पर्धात्मक काममा सफलता पाइनेछ। नाफाको सम्भावना भएका क्षेत्र पहिचान गर्न सकिनेछ। स्वास्थ्य बलियो रहनेछ र शैक्षिक क्षेत्रमा पनि प्रगति देखिनेछ। समय लागे पनि तपाईंको कामले अरूलाई फाइदा पुर्याउनेछ।
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छिटो लाभ खोज्दा परिस्थिति प्रतिकूल बन्न सक्छ। यद्यपि, जटिल समस्याहरू समाधानतर्फ अग्रसर हुनेछन्। अघिल्ला कमजोरी सुधार गर्ने उपयुक्त मौका मिल्नेछ। जमिन तथा पशुपालनबाट लाभ प्राप्त हुने सम्भावना छ। टाढिएका नातेदारहरू पुनः नजिकिन सक्छन्। शुभचिन्तकहरूसँग मिलेर योजना अघि बढाउँदा राम्रो नतिजा आउनेछ। रोकिएका कार्यहरू फेरि प्रयास गर्नुपर्ला, तर अन्ततः सफल हुनेछन्।
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
अहिलेसम्म गरेको मिहिनेतको परिणाम देखिन थाल्नेछ। सोचेजस्तै सफलता प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध सुदृढ बन्दै जान्छ। प्रेम र मित्रता मजबुत हुनेछ। व्यवसायमा लाभ हुनेछ र आर्थिक स्थिति सुध्रिनेछ। अघिल्लो लगानीले दीर्घकालीन लाभ दिलाउनेछ। दैनिक कार्यशैलीमा सुधार आउनेछ। प्रतिस्पर्धी र शत्रुहरू पछाडि पर्नेछन् र तपाईंले फाइदा उठाउन सक्नुहुनेछ।
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पढाइले राम्रो गति लिनेछ र ज्ञानमा निखार आउनेछ। रमाइलो खबरले उत्साह जगाउनेछ। नयाँ आम्दानीका स्रोतहरू खुल्नेछन्। दीर्घकालीन फाइदा दिने कार्य प्रारम्भ हुनेछन्। मेहनतले सामाजिक प्रतिष्ठा बढ्नेछ। विचारशैलीको प्रशंसा पाइनेछ। कुराकानी र अभिव्यक्तिले आर्थिक पक्षमा समेत फाइदा पुर्याउनेछ। नयाँ कामको थालनी सफल हुनेछ।
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवार र साथीभाइसँग रमाइलो भेटघाटको अवसर मिल्नेछ। स्वादिष्ट भोजन र खुशीको माहोल रहनेछ। विगतका उपलब्धिहरूले उत्साह बढाउनेछन्। नयाँ अवसरहरू प्रस्तुत हुनेछन्। आत्मविश्वास बढ्नेछ। परिवारमा विछोडिएका सदस्यहरूसँग पुनः मेलमिलाप हुनेछ। पुराना गल्ती सच्याउँदै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। व्यक्तित्व निखारिने छ र सामाजिक सम्मान बढ्नेछ।
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनायासै खर्च बढ्न सक्छ, जसले आर्थिक तंगी ल्याउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्नेछ। फाइदाका लागि केही त्याग आवश्यक हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। जबर्जस्ती र हठी स्वभावले अनावश्यक समस्या निम्त्याउन सक्छ। आवश्यक परेमा ऋण लिएर कार्य अघि बढाउनुपर्नेछ। खर्च बढे पनि यात्राको अवसर मिल्नेछ। आफ्नो श्रेय अरूले लिन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउनुहोस्।
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनतको मनग्य प्रतिफल पाइनेछ। प्रशंसनीय कार्यहरू सम्पन्न हुनेछन्। पर्खिएको नतिजा प्राप्त भएर उत्साह बढ्नेछ। थोरै लगानीबाट पनि पर्याप्त फाइदा लिन सकिनेछ। नयाँ भौतिक सुविधा हासिल हुनेछन्। लाभदायक काम सुरु गर्न अनुकूल समय छ। आम्दानीका विविध माध्यम खुल्नेछन्। विगतका सफलताले भविष्यमा थप अवसरहरू ल्याउनेछन्।
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अघिका उपलब्धिहरूको चर्चा हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। महत्त्वपूर्ण व्यक्तिहरूसँगको भेटले प्रभाव बढाउनेछ। आफ्नो क्षेत्रमा पकड जमाउन सकिनेछ। विशिष्ट काम गर्ने मौका मिल्नेछ। केही अवस्थामा सहयोगीहरूको साथ नपाइए पनि मेहनतबाट नाम, धन, र पुरस्कार प्राप्त हुनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। जमीन, सवारीसाधन, वा पैतृक सम्पत्तिबाट लाभ उठाउने मौका छ।
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक रुचि र परोपकारमा मन लाग्नेछ। नयाँ जिम्मेवारी हात पर्नेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ। विशेष अवसरहरू प्राप्त हुँदा मन प्रफुल्लित हुनेछ। टाढिएका मित्र तथा आफन्तसँग पुनः मेल हुने सम्भावना छ। भाग्यको साथले नयाँ मौका दिलाउनेछ। समस्याहरू हट्दै जानेछन्। ख्याती र आम्दानी प्राप्त हुने सम्भावना छ। योजना पूरा नभए पनि आर्थिक लाभ अवश्य मिल्नेछ।
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम बिग्रिने डरले चिन्ता बढ्न सक्छ। साना सफलतामै सन्तोष मान्नुपर्ने अवस्था रहला। व्यस्त दिन बिते पनि कार्य अपूर्ण रहने संकेत छन्। पुराना समस्या दोहोरिएर मानसिक थकान ल्याउन सक्छन्। स्वास्थ्यमा कमजोरी आउन सक्छ, उपचारमा खर्च बढ्नेछ। परिवारभित्रका समस्याले समय र ध्यान बर्बाद गराउनेछन्। भीडभाडमा सावधानी नअपनाए धन वा सामान हराउने सम्भावना छ।
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलिचालीमा सावधानी अपनाउनुहोला, नत्र विवाद बढ्न सक्छ। कमाएको धन अरूका लागि खर्च गर्नुपर्ने बाध्यता देखिन्छ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नु श्रेयस्कर हुनेछ। परिवारको साथले केही समस्या समाधान हुनेछन्। व्यापार उधारोमा चलाउनुपर्ने हुन सक्छ। विलासी वस्तुहरूमा खर्च बढ्ने संकेत छन्। निम्तो स्वीकार गर्दा खर्चको भार थपिन सक्छ। भेटघाटले काममा ढिलाइ गराउन सक्छ।
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारीरिक ऊर्जा र उत्साहले दिनभर राम्रो परिणाम दिनेछ। पुरुषार्थका माध्यमबाट सामाजिक मान्यता प्राप्त हुनेछ। चुनौतीहरू पार गर्दै कार्य सम्पन्न हुनेछन्। प्रतिस्पर्धी तथा शत्रुहरू पछि पर्नेछन्। व्यापार तथा अन्य आर्थिक योजनामा सफलता प्राप्त हुनेछ। भौतिक सुविधाहरू थपिनेछन्। दीर्घकालीन योजना सुरु गर्न मिल्नेछ। छोटो समयमा नै विशेष सफलता हात लाग्नेछ।