News Desk
🔴 मेष – Aries
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अहिलेसम्म रोकिएका काम बन्नाले आत्मबलमा वृद्धि हुनेछ। आत्मप्रयासबाट अधिकारको पुनः स्थापनाको सम्भावना बलियो छ। आर्थिक दृष्टिले पनि लाभ प्राप्त हुने कार्यहरू अघि बढ्नेछन्। गुरुजनको सल्लाह र सन्तानको सहकार्यबाट विशेष सहयोग मिल्नेछ। कठिन परिश्रमले प्रतिस्पर्धामा विजय सुनिश्चित हुनेछ। आवश्यक भौतिक साधनहरू जुट्दै जानु दीर्घकालीन रूपमा फाइदाजनक रहनेछ। प्रतिस्पर्धीहरू आफैं पन्छिने सम्भावना छ र तपाईं आफ्ना उपलब्धिहरू जोगाउन सफल रहनुहुनेछ।
🟤 वृष – Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसर त मिल्नेछन् तर त्यसको भरपुर उपयोग गर्न केही अवरोधहरूसँग सामना गर्नु पर्नेछ। पर्खिएको नतिजा अनुमानभन्दा कमजोर हुन सक्छ। साथ दिनेहरूले साथ दिनेछन्, तर इर्ष्यालुहरूले दुःख दिने संकेत छन्। तैपनि, अवसरको आगमनले आशा र उत्साह दिलाउनेछ। रोकिएको अध्ययन पुनः सञ्चालन हुनेछ। गुरुजनको निर्देशन अवलम्बन गर्दा समस्याहरू समाधान हुँदै जानेछन्। परिश्रमको फलस्वरूप साँझतिर काममा सफलता प्राप्त हुनेछ।
🟢 मिथुन – Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
विविध काम र अवसरहरूले दिनभर व्यस्तता ल्याउनेछ भने पेशा–व्यवसायबाट लाभांश प्राप्त हुनेछ। श्रम त गर्नु पर्नेछ, तर परिणाम उत्साहजनक हुनेछ। यद्यपि, अरूको मुख ताक्ने बानीले पछि पार्ने सम्भावना छ। साथीभाइसँग सन्तुलन कायम राख्न जरुरी हुनेछ। साँझपख केही पारिवारिक चिन्ताले मन पिरोल्न सक्छ। केही नजिकका आफन्त टाढिन सक्ने संकेत छन्। जग्गा वा पशुधनबाट सामान्य लाभ हुनेछ।
🔵 कर्कट – Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपहार र सहयोग पाउने सम्भावना प्रबल देखिन्छ। अघिदेखि अड्केका काम बन्ने र नयाँ कार्यको शुभारम्भ हुने समय हो। प्रतिस्पर्धीहरूलाई सजिलै हराउन सकिनेछ। गरेका कामको सकारात्मक प्रतिफल प्राप्त हुनेछ। मेहनतले समाजमा पहिचान स्थापित गराउनेछ। चुनौतीहरूमाथि विजय प्राप्त गरेर नयाँ सुरुवातको जग बसाउने अवसर मिल्नेछ। साँझतिर व्यापार तथा उद्योगमा फाइदा बढ्नेछ।
🟡 सिंह – Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अघिल्लो सफलताले साहस र हौसला दिन्छ। प्रयत्नशील हुनेहरूले कामको ठोस जग बसाल्न सक्नेछन्। दीर्घकालीन फाइदा हुने योजनाको सुरुवात हुने सम्भावना छ। विशिष्ट व्यक्तिहरूसँग सम्पर्क र मित्रता बढ्नेछ। सामाजिक तथा व्यवसायिक भेटघाटले आत्मविश्वास बढाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व कायम गर्न सकिनेछ। सम्मान प्राप्त हुने सम्भावना छ। मिहिनेतले सफलता उच्च शिखरमा पुर्याउनेछ।
🟠 कन्या – Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढी हुन सक्ने भएकाले योजनाबद्ध ढंगले अघि बढ्नु उपयुक्त हुनेछ। अवसर आइपुग्नेछ, तर केही कुरामा त्याग गर्नुपर्ने हुन सक्छ। मिहिनेत गर्नेहरूका लागि आजको दिन लाभदायक रहनेछ। आजको कामबाट भविष्यमा लाभ हुनेछ। साँझपख पारिवारिक भेटघाटले आनन्द दिनेछ। नयाँ योजनाको शुभारम्भको संकेत देखिन्छ। इच्छित वस्तु उपहार स्वरूप प्राप्त हुनेछ। स्वादिलो भोजनको अवसर मिल्नेछ।
🟣 तुला – Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष कार्य सम्पन्न हुनाले र रकम हात परेपछि आत्मबलमा वृद्धिको अनुभूति हुनेछ। कडा परिश्रमबाट आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आवश्यक भौतिक साधनहरू जुट्न सक्नेछ। व्यवसायमा सामान्य लाभ देखिन्छ। व्यक्तिगत खर्च बढी हुन सक्छ, आफ्नै रकम अरूको लागि प्रयोग गर्नुपर्ने परिस्थिति आउन सक्छ। साँझपख आर्थिक अभावको अनुभव हुने संकेत छ। विलासी सोखले खर्च बढाउनेछ, केही काम अड्किन सक्छ।
🟤 वृश्चिक – Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ योजनाको सुरुवात गर्न केही समय कुर्नुपर्ने हुन सक्छ। विवादास्पद जिम्मेवारी लिनुपर्ने सम्भावना छ। धेरै मिहिनेत गरे पनि प्रतिफल अरूले पाउने अवस्था देखिन्छ। दिनभरि असहजता भए पनि चिताएको काम पुरा हुनेछ। साँझपख आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। पुराना अधुरा कामहरूबाट लाभ प्राप्त हुनेछ। कृषि तथा व्यापारिक क्षेत्रमा फाइदा हुनेछ।
🟢 धनु – Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक कार्यमा अरूलाई प्रभावित पारेर नाम र दाम कमाउन सकिनेछ। विशिष्ट व्यक्तिहरूको सहयोगले नयाँ अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। व्यवसायमा राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम हात लाग्नेछ। धर्मकर्म र सामाजिक सेवामा रुचि बढ्नेछ। साँझपख तपाईँकाे मिहिनेतबाट अरूले फाइदा लिन खोज्न सक्छन्। निर्णय लिनु अघि गम्भीरतापूर्वक विचार गर्नु राम्रो हुनेछ।
🔵 मकर – Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साना समस्याले दिनभरि अल्झाउनेछ। स्वास्थ्यप्रति सचेत रहनु उपयुक्त हुनेछ। कमजोरी भए पनि अरूको कार्यमा समय खर्चनुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारीले निकै व्यस्तता ल्याउनेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्ने संकेत छन्। अवसरहरू देखा परे पनि तत्काल उपलब्धि हात लाग्ने छैन। साँझपख परिस्थितिमा सुधार आउनेछ। मेहनतले रोकिएका कार्यहरू गति लिनेछन्।
🟣 कुम्भ – Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रियजनसँगको भेटघाटले दिन उल्लासमय हुनेछ। रमणीय स्थान भ्रमणको अवसर मिल्नेछ। परिस्थिति कमजोर भए पनि सम्मान प्राप्त हुनेछ। प्रेम तथा मित्रताको सम्बन्ध गहिरिनेछ। पेशागत कामबाट आम्दानीमा वृद्धि हुनेछ। यद्यपि, साँझपख केही कार्य विफल हुने चिन्ता सताउनेछ। सन्तोषजनक उपलब्धि नहुन सक्छ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ।
🟡 मीन – Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मबल र बुद्धिमत्ताले शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक कार्यमा संलग्न हुनुपरे पनि आवश्यक स्रोत साधन जुट्नाले सफलता सम्भव हुनेछ। बुद्धिको प्रयोग गरेर परिस्थिति आफ्नो अनुकूल बनाउने समय हो। साँझपख व्यवसायमा आम्दानीमा वृद्धि हुनेछ। नयाँ आयका स्रोत खुल्ने छन्। प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्नेछ। तर, किनमेलमा अधिक खर्च हुनसक्ने देखिन्छ।