आज २०८२ असार​ १८ ग​तेको राशिफ​ल​
News Desk
Jul-02 , 2025 तारिख 05:48 बिहान

मेष – Aries

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो समय भौतिक सुविधाहरू जुटाउन केही लगानी गर्नुपर्ने देखिन्छ। बिना सोच विचार बोलेको कुराले वादविवाद उत्पन्न गराउन सक्छ। मिहिनेत गरे पनि सोचेको फल सहजै प्राप्त नहुन सक्छ। अध्ययनमा ध्यान केन्द्रित गर्न गाह्रो पर्न सक्छ। अनावश्यक ईर्ष्या गर्नेहरूले बिना कारण दुःख दिन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ। स्वतन्त्र रूपमा गरिने काममा पनि कुनै न कुनै अवरोध देखा पर्न सक्छ।

वृष – Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
योजना अनुसार काम गर्न नसकिएर लक्ष्य प्राप्तिमा ढिलाइ हुन सक्छ। अवसर प्राप्त भए तापनि समायोजन नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। अध्ययनमा अपेक्षित प्रगति नदेखिए पनि गुरुजनबाट प्राप्त सल्लाह र समर्थन लाभदायक हुनेछ। व्यापारमा लाभदायक सम्भावनाहरूको पहिचान गर्न सकिनेछ। बुद्धिमत्ताको प्रयोगबाट धन र विद्या आर्जन गर्न सकिने समय छ। मिहिनेतले लक्ष्यसम्म पुग्न सहयोग पुर्‍याउनेछ।

मिथुन – Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीहरूको साथ र समर्थनले चाहेका कामहरू पूर्ण हुनेछन्। परिश्रम अनुसार राम्रो नतिजा पाइनेछ। प्रतीक्षा गरिएको सफलताले हर्ष बढाउनेछ। थोरै लगानीबाट पनि मनग्य नाफा कमाउन सकिनेछ। मेहनतको प्रतिफल स्वरूप व्यापार तथा उद्योगमा लाभ प्राप्त हुनेछ। आफ्नो कुराले अरूलाई प्रभावित पार्न सकिने समय हो। तर, नयाँ काम थाल्नुअघि केही समय पर्खनु उपयुक्त हुनेछ।

कर्कट – Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर र चुनौतीको समिश्रणबीच कर्मको फल प्राप्त हुनेछ। अरूको विश्वास जित्न केही प्रयास आवश्यक पर्न सक्छ। यद्यपि, प्रयत्न गरेमा स्थायी काम हात लाग्नेछ। सहयोगीहरूको साथले सोचेजस्तै कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। मिहिनेतको प्रतिफल सकारात्मक हुनेछ। भौतिक सुविधा बिस्तार हुनेछन्। व्यापार र उद्योगमा लाभदायक अवसरहरू सिर्जना हुनेछन्। प्रतिस्पर्धीहरू पनि सहयोगी बन्न सक्छन्।

सिंह – Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनत त गर्नुपर्ने छ, तर सुखद समाचारले मन प्रशन्न पार्नेछ। प्रशंसनीय कार्यद्वारा धेरैलाई सहयोग गर्न सकिनेछ। बुद्धिको सही प्रयोगले लक्ष्यमा पुग्न सकिनेछ। आम्दानीका नयाँ बाटाहरू खुल्नेछन् र दिगो फाइदा दिने कामको थालनी हुनेछ। अध्ययनमा प्रगति हुने र ज्ञानलाई निखार्ने राम्रो अवसर प्राप्त हुनेछ। मेहनतद्वारा सम्मानित स्थानमा पुग्न सकिने समय हो। बौद्धिक क्षमता र अभिव्यक्तिमा प्रभाव देखिनेछ।

कन्या – Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नजिकका आफन्तको साथ र अभिभावकको माया–स्नेह प्राप्त हुनेछ। स्वादिलो भोजनको आनन्द मिल्नेछ। प्रयास गरे अनुसारका कामहरू पुरा हुनेछन्। अध्ययनमा रुचि बढेर बौद्धिक क्षमताको विस्तार हुनेछ। नयाँ कामको अवसर प्राप्त हुने संकेत छ। अघिल्लो सफलताले आत्मविश्वास बढाउनेछ। व्यापारबाट फाइदा पाइनेछ। अहिले धेरै उपलब्धि नहुन सक्छ, तर भविष्यका लागि जग बसाउने समय हुनेछ।

तुला – Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्दा खर्च बढी हुने सम्भावना छ। सानो उपलब्धिको निम्ति ठूलो कुराको त्याग गर्नुपर्ने हुन सक्छ। दोहोरो प्रयासबाट मात्र अवरोध हटाउन सकिनेछ। आवश्यक पर्दा ऋण वा कर्जाको सहारामा धन जुटाउन सकिनेछ। भेटघाटको अनुकूल समय नहुन सक्छ, तर टाढाका साथीभाइको सहयोगले राहत मिल्नेछ। सुरुमा देखिएको आलस्यले काममा ढिलो गराउने सम्भावना छ। लगानीको अवसर पनि देखिनेछ।

वृश्चिक – Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनतले कर्मफल दिलाउने उत्कृष्ट समय हो। प्रतिक्षित नतिजा प्राप्त हुँदा मनमा उमंग छाउनेछ। आम्दानी बढ्नेछ र नपाएको रकम पनि प्राप्त हुने सम्भावना छ। कृषि, पशुपालन तथा व्यापारमा राम्रो लाभ हुने देखिन्छ। धनको सही प्रयोगले लाभ लिने समय हो। प्रयत्न गर्दा दीर्घकालीन कामको आधार तयार पार्न सकिनेछ। आफ्नै रकम अरूले प्रयोग गर्न सक्ने सम्भावना रहेकाले सतर्क रहनुपर्छ। बचतमा केही कठिनाइ आउन सक्छ।

धनु – Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अघिल्ला कमजोरीहरू प्रकट हुँदा प्रतिष्ठामा धक्का लाग्न सक्छ। कतिपय बाध्यताले अन्योल उत्पन्न गर्न सक्छ। अरूका लागि समय, पैसा र विचार खर्च गर्नु पर्ने स्थिति आउन सक्छ। यद्यपि लगनशीलताले सफलताको दिशा देखाउनेछ। काम तुरुन्तै पूरा नहुन सक्छ, तर प्रयास दोहोर्याउँदा सफलता पाइनेछ। केही विवादास्पद जिम्मेवारी लिनु पर्ने देखिन्छ। चित्त बुझेको फल नपाए पनि दीर्घकालीन रूपमा फाइदा दिने काम प्रारम्भ हुनेछ।

मकर – Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थिति यस्तो बन्न सक्छ कि तपाईका कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यको कमजोरीले काममा ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ। सद्भावनाले प्रेरित भएर अघि बढ्नेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक र जीवनसाथीको सहयोग पाइनेछ। धेरै आम्दानी नहुने भए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रेको काममा फेरि प्रयास गर्दा सफलता मिल्नेछ। सेवा भावले समाजमा राम्रो छवि बन्नेछ।

कुम्भ – Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य कमजोर रहनाले कठिन परिस्थितिसँग जुध्नुपर्ने हुन सक्छ। कमजोरी हुँदाहुँदै व्यस्तता बढ्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनाले काम दोहोर्याएर गर्नुपर्ने स्थिति आउन सक्छ। शुभचिन्तकहरूको सहयोग पाइनेछ, तर योजनाबद्ध ढंगले काम नगरे सफलता विलम्बित हुनेछ। परिस्थिति खर्चिलो रहनाले आर्थिक पक्ष केही दबाबमा पर्न सक्छ। यद्यपि अवसर देखिन थालेका छन्।

मीन – Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राम्रा पहिरनले व्यक्तित्वमा आकर्षण थपिनेछ। आफन्तजनसँग रमाइलो भेटघाट हुने सम्भावना छ। आकर्षक उपहारले खुशी ल्याउनेछ। मित्रता र प्रेम सम्बन्ध थप मजबुत बन्नेछन्। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। परिवारको साथले जटिल परिस्थितिमा समेत सहजता ल्याउनेछ। भौतिक सामग्री प्राप्त गर्ने अवसरहरू बढ्नेछन्। खर्च केही बढे पनि नयाँ कामको सुरुवात गर्न अनुकूल समय हो।

 

धेरै पढिएको