आज २०८२ असार​ २१ ग​तेको राशिफ​ल​
News Desk
Jul-05 , 2025 तारिख 06:12 बिहान

मेष (आरीऐष्) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रिय व्यक्तिहरूसँगको रमाइलो भेटघाटले आजको दिन उल्लासमय बन्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउने भौतिक साधनहरू प्राप्त हुन सक्छन। अतिथिका रूपमा सत्कार पाइनेछ। मनोरञ्जन र घुमफिरमा खर्च भए पनि सन्तोषजनक समय बित्नेछ। आम्दानी बढाउने नयाँ कार्य प्रारम्भ हुनेछ। तर, बोल्दा सतर्कता अपनाउनु उत्तम हुनेछ, नत्र विवाद बढ्न सक्छ। हात परेको रकम अरूको आवश्यकता पूर्ति गर्न खर्चिनुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना योजनाहरू गोप्य राख्दै अघि बढ्नु लाभदायक हुनेछ।

वृष (टाऊरूष्) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्यमा सबलता आउनुका साथै काममा उत्साह जाग्नेछ। व्यापार र आर्थिक लाभका लागि नयाँ योजनाहरू सुरु गर्न अनुकूल समय हो। शत्रुहरू परास्त हुनेछन र प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। परिश्रमी कार्यहरूले सामाजिक प्रतिष्ठा दिलाउनेछ। पहिले रोकिएका कामहरू बन्ने भएकाले मानसिक सन्तोष प्राप्त हुनेछ। विगतका चुनौतीहरू हटाउँदै लक्ष्य हासिल गर्न सकिनेछ। ईर्ष्यालुहरू आफ्नै प्रयासमा हार खानेछन।

मिथुन (गैमीणी) – का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा बढ्दो लगावले बौद्धिक क्षेत्रमा नयाँ अवसरहरू खोल्नेछ। शिक्षा, वृत्ति र पुरस्कारका अवसरहरू प्राप्त हुनेछन। सहपाठीहरूभन्दा अगाडि पुग्न सकिनेछ। व्यापारिक कामहरूमा लाभ हुनेछ। कृषिक्षेत्र तथा पशुपालनमा समेत लाभदायक समय रहला। सन्तानको साथ र प्रेरणाले ऊर्जा बढ्नेछ। कठिन मिहिनेतबाट विशेष उपलब्धि मिल्नेछ। तय लक्ष्यहरू समयमै पूरा गर्न सकिनेछ।

कर्कट (चाण्चैर्) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साझेदारीका समस्या समाधान हुँदै जानेछ, जसले दीर्घकालीन योजनामा अघि बढ्न सहयोग पुर्‍याउनेछ। अन्योलका क्षणहरूमा अनुभवी व्यक्तिको सुझाव लाभदायक हुनेछ। रोकिएका काममा पुनः प्रयास गर्नु सफलतादायी हुनेछ। हालै आर्जित सम्पत्ति अरूलाई दिनुभन्दा सुरक्षित राख्नु उत्तम हुनेछ, किनकि पछि तपाईंलाई नै आवश्यक पर्न सक्छ। पुराना सम्झौताहरू नवीकरण हुँदा दीर्घकालीन फाइदा मिल्नेछ।

सिंह (लैओ) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विभिन्न उपहार र सम्मान प्राप्त हुने समय छ। सहयोगीहरूको राम्रो साथ रहनेछ। रोकिएका काम सम्पन्न हुँदै नयाँ कामको सुरुआत पनि हुनेछ। उद्योग तथा व्यापारमा उल्लेखनीय फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पराजित गर्न सकिनेछ। पूर्वमा गरिएको प्रयासको उचित फल प्राप्त हुनेछ। परिश्रमले सामाजिक प्रतिष्ठा बढाउनेछ। नयाँ योजनामा जग बसाउन अनुकूल परिस्थिति सिर्जना हुनेछ।

कन्या (वीर्गो) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दीर्घकालीन कामको सुरुआत हुनेछ। व्यवसायमा सक्रियहरूका लागि लाभदायक समय हो। प्रशंसायोज्ञ कार्यहरू गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिका नयाँ स्रोतहरू भेटिनेछन र प्रतिक्षारत नतिजाले उत्साह थप्नेछ। विभिन्न भौतिक साधन प्राप्त गर्न सकिनेछ। मनज्ञ्े आम्दानीले व्यक्तिगत शौक पूरा गर्न सकिनेछ। अध्ययनमा लगाव बढेपछि बौद्धिक क्षेत्रमा विकास हुनेछ।

तुला (लीब्रा) – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिश्रमको प्रतिफल पाइने हुँदा कार्यमा थप उत्साह आउनेछ। नयाँ अवसरहरू तथा आम्दानीका स्रोतहरू फेला पर्नेछन। अध्ययनमा ध्यान केन्द्रित गरिँदा प्रगति हुनेछ। प्रयत्न गर्दा सजिलै कार्य सिद्ध हुनेछन। लामो समयपछि आफन्तहरूसँग पुनर्मिलनको मौका मिल्नेछ। रमाइलो जमघटको अवसर जुट्नेछ। तर, आफ्नो सूचना बाहिरिन सक्ने भएकाले गोपनीयता कायम राख्न ध्यान दिनुपर्छ।

वृश्चिक (ष्चोर्पीओ) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आर्थिक व्यवस्थापनका लागि परिवार वा आफन्तबाट केही समय टाढिनुपर्ने हुन सक्छ। आर्थिक प्रलोभन दिनेहरूबाट सचेत रहनु उपयुक्त हुनेछ। समस्या पर्दा साथ दिने व्यक्तिहरू भेटिनेछन। खर्च भए पनि दीर्घकालीन लाभ दिने अवसर प्राप्त हुनेछ। टाढाबाट साथीभाइहरूको निम्तो आउने सम्भावना छ। अवसर खोज्न केही दौडधुप गर्नुपर्नेछ। चुनौतिहरू पार गर्दै अड्किएको काम सकिनेछ।

धनु (षागीट्टारीऊष्) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ अवसरहरू र आम्दानीको नयाँ बाटो फेला पर्नेछ। शुभ कर्मको प्रतिफल स्वरूप मन प्रसन्न रहनेछ। समाजले जिम्मेवारी दिनेछ। परिश्रमले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। रोजगारीमा लाभ प्राप्त हुनेछ। आवश्यक सामग्रीहरू जुट्नाले नयाँ काम सुरु गर्न सजिलो हुनेछ। आफ्ना रुचिमा लगानी बढाउन सकिने समय हो।

मकर (चाप्रीचोर्ण्) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ कामको जग बसाउने उचित समय आएको छ। पदमा रहेका व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमाएको स्थान पुनः प्राप्त गर्ने अवसर मिल्नेछ। सामाजिक साख बढ्नेछ। रोकिएको काम सफल बनाउन पुनः प्रयत्न गर्नुहोस। मिहिनेतबाट सकारात्मक परिणामहरू देखा पर्नेछन। दैनिक कामहरूबाट पनि उल्लेखनीय लाभ मिल्नेछ। कम लगानीबाट राम्रो मुनाफा उठाउन सकिने समय हो।

कुम्भ (आकूआरीऊष्) – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रशंसायोज्ञ काम गरेर प्रतिष्ठा कमाउने समय हो। समाजले जिम्मेवारी सुम्पिनेछ। अप्रत्याशित अवसरहरू प्राप्त हुँदा मन प्रफुल्लित हुनेछ। समाजसेवा र समुदायको हितमा उत्कृष्ट कार्यहरू गर्न सकिनेछ। टाढिएका साथीभाइहरूसँगको पुनर्मिलनले खुशी दिनेछ। भाज्ञ्ले विविध अवसरहरू प्रदान गर्नेछ। उपलब्धिका मूल स्रोतहरू पत्ता लगाउन सकिनेछ। अरूका लागि गरेको कामबाट पनि लाभ तपाईंलाई नै हुनेछ।

मीन (पीष्चैष्) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिका कारण कार्यमा ढिलासुस्ती हुन सक्छ। चुनौतीपूर्ण जिम्मेवारीको वहन गर्नुपर्ने अवस्था आउन सक्छ। आकस्मिक समस्याले दौडधुप गराउने सम्भावना छ। कामको चाप बढ्नेछ, जसले थकान र कमजोरी अनुभव गराउन सक्छ। स्वास्थ्यमा सुधार ल्याउन खानपानमा ध्यान दिनु आवश्यक हुनेछ। गोपनीय कुरा बाहिरिन सक्ने भएकाले सतर्क रहनुपर्छ। यद्यपि, नियमित कार्यहरू सम्पन्न हुनेछन।

 

धेरै पढिएको