News Desk
मेष (ARIES)
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्रा गर्नुपर्ने परिस्थिति आउन सक्छ, यद्यपि केही समस्याहरू देखिन सक्छन्। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। कार्यदबाबबाट केही हदसम्म राहत मिल्नेछ। व्यवसायबाट सामान्य आम्दानी कायम रहनेछ। यद्यपि विशेष कारणले खर्च बढ्न सक्छ। कतिपय कामहरूले विवादको स्थिति निम्त्याउन सक्छन्। साँझपख स्वास्थ्यमा कमजोरी अनुभव हुन सक्छ भने कामको चाप पनि बढ्ने देखिन्छ। सञ्चित रकम खर्चनुपर्ने अवस्था आउन सक्छ।
वृष (TAURUS)
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हिम्मतका साथ अघि बढ्दा प्रतिस्पर्धीलाई सहजै पछि पार्न सकिनेछ। रोकिएका कार्यहरू बन्ने सम्भावना रहँदा आत्मसन्तुष्टि मिल्नेछ। कठिनाइहरूलाई हटाएर काम सम्पादन गर्न सकिनेछ। भविष्यको लागि महत्वपूर्ण कामको जग बसाउने अवसर छ। प्रतिद्वन्द्वीहरू पनि हराउँदै जानेछन्। साँझको समय रमाइलो र उत्साहजनक रहनेछ। आत्मीय भेटघाटसँगै अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। आम्दानी वृद्धिका लागि नयाँ योजना कार्यान्वयनमा ल्याउन सकिनेछ।
मिथुन (GEMINI)
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताका कारण अध्ययनमा प्रगति देखिनेछ र अनुभव बढ्ने अवसर प्राप्त हुनेछ। तर, कामकाजको तालमेल नमिल्दा व्यवहारिक कुरामा पछि परिनेछ। स्वास्थ्यमा कमजोरीका कारण अध्ययनमा ध्यान केन्द्रित गर्न गाह्रो हुन सक्छ। कमजोर परिणाम सुधार्न प्रयास दोहोर्याउनुपर्नेछ। साँझपख नयाँ काम सुरु गर्ने प्रेरणा मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू देखापर्नेछन्। प्रतिस्पर्धामा विजयी भइ आत्मविश्वास बढ्नेछ।
कर्कट (CANCER)
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका फाइदाका लागि उपयोग भइने स्थिति सिर्जना हुन सक्छ र कठिन परिस्थितिसँग सम्झौता गर्नुपर्नेछ। ईर्ष्याका कारण काममा अवरोध आउन सक्छ। आफ्नो सम्पत्तिमा अरूले हक जमाउने प्रयास गर्न सक्छन्। हिस्सेदारहरूसँग मतभेद बढ्न सक्छ। साँझपछि भने परिस्थिति सुधारोन्मुख रहनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुनेछ। निरन्तर मिहिनेतले सम्मानजनक स्थान दिलाउन सक्नेछ।
सिंह (LEO)
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम आरम्भ गर्न उपयुक्त समय रहेको छ। चाहेको कार्यमा सफलता प्राप्त हुने सम्भावना छ। पहिलेको सफलता उत्साहजनक हुनेछ। दाजुभाइसँग आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ। मिहिनेतले व्यवसायमा लाभ दिलाउनेछ। साँझतिर घरेलु समस्याहरू देखापर्न सक्छन्। यद्यपि, साथीहरूको साथ र सहयोगले समाधान निकाल्न सकिनेछ। प्रयत्नशील रहनु शुभ हुनेछ।
कन्या (VIRGO)
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना कमजोरीप्रति अरूको ध्यानाकर्षण हुनसक्ने समय भएकाले सतर्क रहनुहोस्। नसोची चुनौती लिने प्रवृत्तिले काममा अड्चन ल्याउन सक्छ। सहायता लिने निहुँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुन सक्छन्। साँझतिर नयाँ योजनातर्फ लाग्न सकिनेछ। व्यापार विस्तार हुने सम्भावना छ। कर्मप्रतिको लगावले प्रशस्त लाभ दिलाउनेछ। विभिन्न भौतिक सुविधाहरू प्राप्त हुनेछन्।
तुला (LIBRA)
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक दूरी बनाउने इच्छा बढ्नेछ। अतिथिहरूले अनावश्यक झमेला ल्याउन सक्छन्। केही अवसरहरू प्राप्त भए तापनि तिनमा चुनौती देखिनेछ। विगतका कमजोरी सुधार्ने प्रयास गर्नुपर्छ। खानपानको लापरवाहीले स्वास्थ्यमा समस्या ल्याउन सक्छ। आफ्नो मिहिनेतबाट अरू लाभ उठाउन सक्नेछन्। बुद्धिमत्तापूर्वक कार्य गर्दै परिस्थिति सन्तुलनमा ल्याउन सकिनेछ।
वृश्चिक (SCORPIO)
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्नेछ र आर्थिक अभाव झल्किन सक्छ। प्रतिफलका लागि प्रयास दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। आवश्यकता पूर्तिका लागि ऋण लिनुपर्ने सम्भावना छ। विदेश जाने चाहना भएका लागि अनुकूल समय रहन सक्छ। साँझतिर आफन्तसँग सम्पर्क पुनः स्थापित हुनेछ। रमाइलो समय आए पनि मन पूर्ण रूपमा सन्तुष्ट नहुन सक्छ। विवादबाट टाढा रहनु नै हितकर हुनेछ।
धनु (SAGITTARIUS)
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ आम्दानीका स्रोतहरू देखापर्नेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। दीर्घकालीन लाभ हुने कार्य सुरु गर्ने अनुकूल समय छ। केही महत्वपूर्ण अवसरहरू प्राप्त हुनेछन्। श्रमको सही मूल्य पाइनेछ। व्यापारमा उल्लेखनीय उन्नति हुनेछ। साँझतिर खर्चमा बृद्धि हुन सक्छ जसले अर्थ अभावको स्थिति निम्त्याउन सक्छ। आवश्यकताका लागि ऋण सहारा बन्न सक्छ। यात्राबाट सुखद अनुभव पाइनेछ।
मकर (CAPRICORN)
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो क्षेत्रमा नाम, दाम र प्रतिष्ठा कमाउने बेला आएको छ। लगनशीलताका कारण विभिन्न अवसरहरू प्राप्त हुनेछन्। जमिन, सवारीसाधन वा पुर्खौली सम्पत्तिबाट लाभ हुने योग छ। व्यवसायमा प्रशस्त लाभ हुनेछ। आम्दानीका नयाँ माध्यमहरू विकास हुनेछन्। पुराना समस्या सुल्झिएर नयाँ अवसर खुल्नेछन्। साँझतिर चाहिँ अरूले आफ्नै उपलब्धि कब्जा गर्ने प्रयास गर्न सक्छन्, त्यसैले सचेत रहनुहोला।
कुम्भ (AQUARIUS)
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरेका कामको प्रशंसा हुनेछ। नयाँ अवसरले आत्मबल बढाउनेछ। नियमित कार्य र व्यवसायमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले लक्षित सफलता दिलाउनेछ। दीर्घकालीन फाइदा हुने कार्यमा संलग्न हुने अवसर हुनेछ। आम्दानीको नयाँ श्रोतहरू खुल्नेछन्। साँझपख प्रशस्त लाभ प्राप्त हुने सम्भावना छ र उठ्नुपर्ने रकम पनि हात लाग्नेछ। व्यवसायमा उल्लेखनीय लाभ हुनेछ।
मीन (PISCES)
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा कमजोरी रहनाले कार्यमा ढिलाइ हुन सक्छ। जिम्मेवारी बढे पनि अपेक्षाकृत उपलब्धि कमै रहनेछ। स्वास्थ्यको ख्याल राख्दै सन्तुलित आहार लिनु उचित हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा लाभ पाइनेछ। साँझतिर उपलब्धिको दिशा पत्ता लाग्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यको साथ रहने हुँदा विविध अवसरहरू प्राप्त हुनेछन्।