News Desk
मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिनमा स्वास्थ्य सम्बन्धी असहजता बीच पनि काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। कामको दबाब बढ्न सक्छ र शरीरमा थकान वा कमजोरी महसुस हुनसक्छ। अवसर पाउन केही कुरामा त्याग गर्नुपर्ने समय छ, तर परिश्रम गर्दा अन्ततः परिणाम सकारात्मक नै हुनेछ। विगतमा गरेका प्रयासले आज केही सन्तोषजनक फल दिनेछन्। खानपान र जीवनशैलीमा सावधानी अपनाउनु उचित हुनेछ। पहिलेका त्रुटिहरूमा क्रमशः सुधार देखिनेछ।
वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अत्यधिक हतारले काम विग्रन सक्ने देखिन्छ, तर संयमित प्रयासले राम्रो नतिजा मिल्नेछ। सम्मानित व्यक्तिका रूपमा निमन्त्रणा वा सत्कार पाइने सम्भावना छ। आत्मीय साथी भेटिएर आत्मिक सम्बन्ध बलियो बन्नेछ। प्रेम र मित्रताको गहिरो सम्बन्ध विकास हुनेछ। शुभचिन्तकहरूबाट सहयोग र साना उपहारहरू प्राप्त हुनेछन्। नजिकका आफन्तको सहयोगले नयाँ आशा पैदा हुनेछ। अनावश्यक बहसबाट बच्न चेष्टा गर्नु हितकर हुनेछ।
मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य सबल रहनेछ र कार्यक्षेत्रमा जोश र उत्साह बढ्नेछ। परिश्रमी स्वभावले समाजमा प्रतिष्ठा प्राप्त हुनेछ। चुनौतीका बीच पनि आत्मबलले विजय प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिने सम्भावना छ। भौतिक स्रोत जुट्ने संकेत छ, जसबाट दीर्घकालीन योजनाहरूको शुभारम्भ गर्न सकिनेछ। परिस्थिती प्रतिकूल भए तापनि प्रयासले काम सफल बन्नेछ। बुद्धिको उचित प्रयोगले पहिले कमाएको सम्मान कायम राख्न सकिनेछ।
कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अर्थ र अवसरका दृष्टिले लाभ हुने समय छ। सुखद समाचार प्राप्त भई उत्साहको वातावरण बन्नेछ। सामाजिक कार्य वा सहयोगी क्रियाकलापमा सक्रिय भई सम्मान प्राप्त गर्न सकिनेछ। बुद्धिको सदुपयोगले लक्ष्यप्राप्ति सहज हुनेछ। आयका नयाँ माध्यमहरू खुल्नेछन् भने दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ हुने सम्भावना छ। अध्ययन र ज्ञानको क्षेत्रमा प्रगति हुनेछ। निरन्तर प्रयासले प्रतिष्ठित स्थान हातपार्न सकिनेछ।
सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चुनौतीपूर्ण परिस्थितिमा पनि सतर्कतापूर्वक अगाडि बढ्नुपर्ला। मिल्ने साथीहरूको साथले हिम्मत दिनेछ। पशुधन र जमिनसम्बन्धी लाभको संभावना छ। समय लागे पनि विचारपूर्वक अघि बढ्दा लक्ष्यसम्म पुग्न सकिनेछ। साझेदारी कार्यमा लाभ मिल्नेछ। तत्काल निर्णय लिनुपर्ने स्थितिमा नपर्नु नै ठीक हुनेछ। वचनमा सावधानी अपनाउनु राम्रो हुनेछ, अन्यथा अप्ठ्यारो पर्न सक्छ। महत्त्वपूर्ण योजना गोप्य राख्नु श्रेयस्कर हुनेछ।
कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जटिल जिम्मेवारीहरू आइलाग्न सक्छन् जसले द्विविधा पैदा गर्नेछ। सहयोगीहरूमा पूर्ण भरोसा गर्दा सावधानी अपनाउनु उचित हुनेछ। यद्यपि, उत्साहपूर्वक गरिएको प्रयासले असम्भव जस्तो काम पनि सफल बन्नेछ। छोटो समयमा राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। व्यवसाय तथा उद्यममा लाभदायक स्थितिको सुरुवात हुनेछ। सानो प्रयासबाट पनि ठूलो उपलब्धि प्राप्त हुने सम्भावना छ। विगतका कमजोरी सच्याउन अबको समय उपयुक्त हुनेछ।
तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा प्राथमिकता निर्धारण गर्न नसक्दा पछि पर्न सकिने सम्भावना छ। बोली र व्यवहारमा सन्तुलन कायम राख्नुपर्ने देखिन्छ। तर, विवेकले काम गर्दा योजना सफल हुने देखिन्छ। आजको मिहिनेतले भविष्यमा लाभदायक परिणाम ल्याउनेछ। बौद्धिक योगदानको प्रशंसा हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानमा निखार आउनेछ। कानुनी वा नीतिगत पक्षहरूमा समयमै ध्यान पु¥याउनु उपयुक्त हुनेछ। निरन्तर परिश्रमले सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ।
वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
नातागोता वा आफन्तसँगको पुनर्मिलनले खुशीको माहोल बनाउनेछ। विशेष उपहार वा शुभ समाचार प्राप्त हुने योग छ। नयाँ कामको प्रस्ताव आउन सक्छ जसबाट फाइदा उठाउन सकिनेछ। मेहनतले सामाजिक प्रतिष्ठा, मान–सम्मान हासिल गरिनेछ। तर, अवसर आउँदा पनि निर्णयमा ढिलाइ हुँदा पछि पर्न सकिन्छ। असमञ्जस बढ्न सक्छ र निर्णय क्षमतामा असर देखिन सक्छ। केही व्यक्तिहरूको असत्य वचनले धोका हुन सक्छ, खानपानमा सावधानी आवश्यक छ।
धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आवश्यक काम पूरा गर्न केही खर्च गर्नु परे पनि प्रयास सफल हुनेछ। दीर्घकालीन फाइदाका लागि अहिले केही कुराहरू त्याग्नुपर्न सक्छ। प्रयास दोहोर्याउँदा रोकिएका कामहरू पनि सम्पन्न हुनेछन्। जरुरत परेमा ऋण वा सहायताको माध्यमबाट धनको व्यवस्था गर्न सकिनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ, यद्यपि भौगोलिक दूरीले सन्देश आदानप्रदानमा केही असर पार्न सक्छ। खर्च बढी हुनसक्छ, तर लगानी गर्ने अवसर पनि देखिनेछ।
मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकस्मिक खर्चले हात लागेको धन खर्चिनुपर्ने अवस्था आउन सक्छ। व्यक्तिगत सामग्रीहरूमा अरूले दाबी गर्न सक्छन्, त्यसमा सजग रहनु जरूरी हुनेछ। चालाक व्यक्तिहरूबाट सावधानी अपनाउनु आवश्यक देखिन्छ। यद्यपि, निरन्तर प्रयासले केही फाइदा हात पार्न सकिनेछ। विगतको कर्मको परिणाम पाइनेछ भने लगानीबाट लाभ लिन सकिने समय हो। आफ्नै लाभलाई अरूले उपयोग गर्ने कोसिस गर्न सक्ने हुँदा सचेत रहनु श्रेयस्कर हुनेछ।
कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
सानातिना काममा अल्झनाले मुख्य लक्ष्यमा ढिलाइ हुनसक्छ। सामाजिक औपचारिकता र परम्परागत मान्यतामा अल्झनु ठीक नहुन सक्छ। पुराना विषयमा चर्चा भए पनि नयाँ सम्भावनाका लागि अधिक परिश्रम गर्नुपर्ला। साथीहरूको साथले केही सामाजिक काम सम्पन्न गर्न सकिनेछ। निरन्तर लगनशीलताले ठूलो कार्य सम्पन्न गरिनेछ। व्यापारमा सामान्य लाभ हुने संकेत छ। जिम्मेवारी पाउने तर अलिक ढिला हुने समय हो।
मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा भाग्य खुल्ने समय आएको छ। समुदायको हितका लागि केही महत्वपूर्ण काम गर्न सकिनेछ। धार्मिक तथा समाजसेवामा संलग्न भएर सामाजिक प्रतिष्ठा पाउन सकिनेछ। सार्वजनिक जिम्मेवारी वा नेतृत्व हात पार्न सकिने सम्भावना छ। रोकिएका कार्यहरू पनि पूर्णता तर्फ उन्मुख हुनेछन्। जरुरत परेमा सहयोगीहरूको साथ पाइनेछ। अरूले देखाएको दम्भ स्वतः घट्नेछ। प्रतिष्ठाको वृद्धि हुनेछ र उत्तरदायित्व हात लाग्नेछ।