News Desk
मेष (ARIES) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दैनिक कार्यमा व्यस्तता बढ्नेछ र शरीरमा थकान वा कमजोरी अनुभव हुन सक्छ। स्वास्थ्यमा सुधारका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान पुर्याउनु उचित हुनेछ। गोप्य योजनाहरू सार्वजनिक हुन सक्ने सम्भावनाले दोहोर्याएर काम गर्नुपर्ने अवस्था आउन सक्छ। समस्या देखिँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तत्काल उपलब्धि नपाए पनि भविष्यका लागि सकारात्मक संकेतहरू देखा पर्नेछन्। केही चुनौतीबीच पनि कार्य सफल हुने सम्भावना बलियो छ।
वृष (TAURUS) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजनसँग रमाइलो भेटघाटको अवसर मिल्नेछ। प्रेम तथा मित्रता अझ गहिरो बन्नेछ। नयाँ योजना निर्माणको योग छ। स्वादिलो भोजनको मजा लिन पाउने समय छ। भौतिक साधन र प्रविधिको प्रयोगले कार्य सरल हुनेछ। व्यापारमा बिस्तार भई मनग्य लाभको संकेत देखिन्छ। व्यापारिक प्रयोजनमा यात्रा हुन सक्छ। आफन्त वा प्रियजनसँग आत्मीय भेटघाटले दिन विशेष रमाइलो बन्नेछ।
मिथुन (GEMINI) – का, कि, कु, घ, ङ, छ, के, को, ह
सहकर्मी वा नजिकका व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ। ईर्ष्याको भावना बोकेका केही व्यक्तिहरूले कार्यमा अवरोध ल्याउन सक्छन्। तपाईंको सरल स्वभावको फाइदा अरूले उठाउने सम्भावना छ। अनावश्यक खर्चमा ध्यान पुर्याउनुपर्छ। आफ्नो सम्पत्तिमा अरूको दाबी आउनसक्छ। यात्रा गर्दा धन तथा कागजातको सुरक्षा गर्नुपर्छ। बौद्धिक सोच र चातुर्य प्रयोग गर्दा कठिन कार्यमा पनि सफलता पाउन सकिनेछ।
कर्कट (CANCER) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभचिन्तकहरूको साथले तपाईंलाई प्रेरणा दिनेछ। अध्ययन तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। सेवामूलक कामबाट धन प्राप्तिको संभावना देखिन्छ। ज्ञान र प्रतिभा प्रदर्शन गर्दै प्रतियोगितामा सफलता मिल्नेछ। प्रयत्न जारी राख्दा लक्ष्य प्राप्त हुनेछ। गुरुजनको मार्गदर्शन र सन्तानको साथले कार्यमा ऊर्जा थप्नेछ। आर्थिक लाभका साथै दीर्घकालीन योजना आरम्भ हुने दिन हो।
सिंह (LEO) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अविश्वासको भाव बोकेको काममा पनि आज सफलता मिल्न सक्छ। पारिवारिक काममा केन्द्रित रहनुपर्ने दिन हो। कृषि, पशुपालन वा घरेलु कार्यमा समय बित्नेछ। बगैंचा, घरको साजसज्जा तथा वातावरण सुधारमा लाग्नुपर्ने देखिन्छ। टाढिएका आफन्त तथा साथीभाइ नजिकिन सक्छन्। निरन्तर लगनशीलता र दोहोरिएको प्रयासले प्रतिष्ठा तथा लक्ष्य प्राप्ति हुनेछ।
कन्या (VIRGO) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थिति अनुसार योजना कार्यान्वयनमा केही विलम्ब हुन सक्छ। तपाईंको मिहिनेतबाट अरू लाभ उठाउन सक्नेछन्। श्रमको यथोचित मूल्य पाइनेछ। व्यापारमा राम्रो फड्को मार्ने समय आएको छ। छोटो समयमा राम्रो उपलब्धि हात पर्न सक्छ। विगतमा रोकिएको काम बन्नेछ भने थप जिम्मेवारीको वहन गर्नुपर्नेछ। दीर्घकालीन लाभ हुने कार्य सुरु गर्न सकिनेछ। साझेदारीबाट लाभ उठाउन सकिने समय छ।
तुला (LIBRA) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्य शुभ रूपमा प्रारम्भ भए पनि अन्त्यमा अपेक्षित नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता चुहिन सक्छ। विभिन्न अवसरहरू प्राप्त हुनेछन् तर काम पूरा गर्न धैर्य आवश्यक हुनेछ। आलोचकहरूको भाव बदल्न व्यवहारमा सुधार ल्याउनुहोला। शुभचिन्तकहरूको साथ पाइनेछ। निरन्तर प्रयासले मात्र लक्ष्य पूरा हुनेछ। प्रतीक्षा गरिएको काम पनि बन्ने संकेत देखिन्छ।
वृश्चिक (SCORPIO) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सकारात्मक वातावरणका बीच कार्य तथा जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित कार्यबाट नाम र आम्दानी दुवै कमाउने सम्भावना छ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। सामाजिक मर्यादाका कारण अनावश्यक खर्च बढ्न सक्छ। सम्बन्धमा मिठास कायम राख्न सचेत रहनु आवश्यक छ। स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ। ज्ञानको अद्यावधिक अभावले अवसर चुक्न सक्ने भएकाले सिकाइमा ध्यान पुर्याउनु उपयुक्त हुनेछ।
धनु (SAGITTARIUS) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च बढे पनि लगानीको उचित अवसर प्राप्त हुनेछ। दीर्घकालीन योजनाका लागि ऋण लिने समय उपयुक्त देखिन्छ। अवसर खोज्दै दौडधुप बढ्न सक्छ। यात्राबाट लाभको संकेत देखिन्छ। केही पारिवारिक वा सामाजिक असमझदारी देखा परे पनि टाढाका साथीहरूसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सहयोगले कठिनाइमा पनि राहात मिल्नेछ। कर्जा भए पनि समग्रमा धन प्राप्ति हुने समय हो।
मकर (CAPRICORN) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दैनिक आवश्यकताहरू पूरा हुनेछन्। मिहिनेतको उचित प्रतिफल मिल्नेछ। आम्दानी बढे पनि व्यापारबाट अपेक्षित लाभ नहुन सक्छ। आफ्ना योजना अरूको कार्यान्वयनमा प्रयोग हुन सक्छ। जिद्दीपन वा बलजफ्तीको प्रवृत्तिले समस्या निम्त्याउने सम्भावना छ। सानातिना कुरामा अल्झिँदा मुख्य उद्देश्यबाट टाढा हुनुपर्ने अवस्था आउन सक्छ। मेहनत गर्दा नियमित काम सजिलै सम्पन्न हुनेछन्।
कुम्भ (AQUARIUS) – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसरहरू प्राप्त भए पनि योजनाबद्ध रूपमा काम नगर्दा चुनौती आइपर्न सक्छ। निरन्तर मिहिनेत गर्दा कार्य प्रारम्भ हुनेछ तर आर्थिक लाभ ढिलो प्राप्त हुने संकेत देखिन्छ। व्यवसायमा रहेका समस्या हटाउन प्रयास जारी राख्नुपर्छ। तत्काल लक्ष्य प्राप्त नहुन सक्छ तर दीर्घकालीन योजना निर्माणको उपयुक्त समय हो। स्वार्थका लागि नजिकिनेहरूबाट सचेत रहनु उपयुक्त हुनेछ। उपलब्धिका लागि केही कुराको त्याग आवश्यक हुनेछ।
मीन (PISCES) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कठिन परिश्रमका बाबजुद भाग्यले साथ दिँदा अवसरहरू पाउने समय हो। चुनौतिहरू हट्दै सफलता पछ्याउनेछन्। टाढिएका साथीहरू नजिकिनाले मन प्रसन्न हुनेछ। सामाजिक सेवामा रुचि बढ्नेछ। आवश्यकता परेमा सहयोगीहरूको साथ प्राप्त हुनेछ। आर्थिक अभाव हट्दै दाम, नाम र सम्मान प्राप्त हुने समय हो। धार्मिक क्रियाकलाप तथा सेवामूलक कार्यले प्रतिष्ठा बढाउनेछ।