News Desk
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा ध्यान नदिँदा आलोचना हुन सक्छ। अरूको कुरामा धेरै ध्यान दिनु नपर्ला। सानो प्रयासले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ। मान्यजनको सुझावबाट लाभ मिल्ने सम्भावना छ। घरपरिवारमा स-साना उल्झन आउन सक्छन्। आय आर्जन बढ्न सक्छ, तर खर्चमा पनि बढोत्तरी देखिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक क्षेत्रमा प्रभाव जमाउन सकिने समय छ। पारिवारिक सल्लाहले निर्णय लिन सहज हुनेछ। सोचेजस्तै योजना कार्यान्वयनमा आउन सक्छ। सवारी साधन प्रयोग गर्दा सतर्कता अपनाउनु होला। आत्मबल र आत्मविश्वासमा वृद्धि हुनेछ। कामबाट प्राप्त मान–सम्मानले हर्षित बनाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अचानक लाभ हुने सम्भावना छ तर खर्च पनि सोचेभन्दा बढी हुनेछ। प्रेम सम्बन्धमा केही आशंका जन्मन सक्छ। काममा अड्किएको सहयोगबाट अगाडि बढ्न सकिनेछ। आज धार्मिक आस्थामा बढोत्तरी हुनेछ। मानसिक द्विविधाले केही निर्णयमा ढिलासुस्ती हुन सक्छ। समय व्यवस्थापनमा ध्यान दिनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन व्यापार तथा आर्थिक पक्षमा सकारात्मक संकेत देखिन्छ। आत्मिय सम्बन्धमा प्रगाढता आउनेछ। शुभ कार्यको प्रारम्भका लागि समय अनुकूल छ। साझेदारीमा गरेका कामबाट राम्रो फल प्राप्त हुनेछ। व्यक्तिगत सोच र निर्णयमा स्पष्टता आवश्यक हुनेछ। यात्राबाट लाभ मिल्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन ऊर्जा र जोशले भरिपूर्ण रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। सार्वजनिक क्षेत्र वा नेतृत्वमा चम्किने सम्भावना छ। नजिकका व्यक्तिबाट आशा गरेजस्तो सहयोग नपाइने सम्भावना छ। खर्च कटौती गर्न नसक्दा आर्थिक भार महसुस हुनेछ। व्यवहारिक रूपमा अघि बढ्नुपर्ने समय हो।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विवेक प्रयोग गर्दा जटिल समस्याको समाधान पाइनेछ। पढाइ र ज्ञानमा प्रगति हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। कुनै नयाँ सम्बन्धको सुरुवात हुनसक्छ। निर्णयमा ढिलाइ गर्दा अवसर गुम्न सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी अनुभव हुन सक्छ, खानपानमा ध्यान दिनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरपरिवारमा खुसीयाली छाउनेछ। मनमा नयाँ उत्साह जाग्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्ने सम्भावना छ। आर्थिक लेनदेन गर्दा सतर्कता आवश्यक छ। व्यवसायिक क्षेत्रबाट सन्तोषजनक परिणाम मिल्नेछ। यात्रामा जानुपर्ने परिस्थिति बन्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा मेहनतले सफलता दिलाउनेछ। सामाजिक दायरा बढ्न सक्छ। विगतका केही समस्याको समाधान पाइनेछ। साथीभाइको सहयोगले मन प्रशन्न बन्नेछ। वैवाहिक जीवनमा मिठास आउन सक्छ। मनमा लागेको कुरा व्यक्त गर्दा सम्बन्धमा स्पष्टता आउनेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
धार्मिक आस्थामा वृद्धि हुनेछ। अध्ययन–अध्यापनमा प्रगति हुने समय छ। अरुको सहयोगबाट अघि बढ्न सकिनेछ। सामान्य स्वास्थ्य समस्या देखिन सक्छ। काममा लगनशीलता देखाउँदा नयाँ अवसर प्राप्त हुनेछ। कुनै समाचारले मनमा हर्ष ल्याउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायिक योजना विस्तार गर्न उपयुक्त समय हो। पारिवारिक साथ र समर्थनले आत्मबल बढ्नेछ। पुराना समस्याहरू क्रमशः समाधान हुँदै जानेछन्। सामाजिक क्षेत्रमा सक्रियताले लाभ दिन सक्छ। मनमा नयाँ योजना आउन सक्छ, तर निर्णय ढिलाइ नगर्नुहोला। सम्मान प्राप्तिको योग रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारीमा गरिने काम सफल बन्नेछन्। बोलीको प्रभावले मान्यता बढ्न सक्छ। आज सार्वजनिक काममा सहभागी हुने अवसर मिल्न सक्छ। घरपरिवारमा केही कुरामा असहमति देखिन सक्छ। नयाँ कार्यमा लगानी गर्दा भविष्यमा फाइदा हुनेछ। मानसिक रूपले केही तनाव हुनसक्छ, ध्यान दिनुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सकारात्मक सोचले लक्ष्य प्राप्तिमा सहयोग पुग्नेछ। आज योजना बनाएर अघि बढ्दा सफलता मिल्नेछ। अध्ययन र प्रतिस्पर्धामा फाइदा हुनेछ। परिवारको साथ र सहकार्यले मनमा आत्मविश्वास बढ्नेछ। सानो मेहनतले ठूलो उपलब्धि हासिल हुनसक्छ। समय र विचारको सही प्रयोग गर्नु फलदायी हुनेछ।