News Desk
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास बढ्नेछ र नयाँ योजना बनाउने दिन हुनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ, तर सकारात्मक ऊर्जा रहनेछ। कामकाजमा सहकर्मीको सहयोग पाउने सम्भावना छ। वैदेशिक सम्बन्ध वा सञ्चार माध्यमबाट लाभ हुने संकेत छ। आर्थिक क्षेत्रमा सन्तुलन आवश्यक देखिन्छ। स्वास्थ्यमा सानो समस्या आउन सक्ने भएकाले सतर्क रहनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यावसायिक क्षेत्रमा सुधार आउनेछ र नयाँ प्रस्तावहरू पाउन सकिनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ। घरपरिवारमा सुखद वातावरण बन्नेछ। आम्दानीका स्रोतहरू बढ्न सक्छन् तर खर्च पनि त्यत्तिकै हुनेछ। धार्मिक वा सामाजिक कार्यमा सरिक हुने अवसर मिल्न सक्छ। मानसिक रूपले हलुका महसुस हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन विचार गरेर मात्र निर्णय गर्नु उपयुक्त हुनेछ। काममा दबाब बढ्न सक्छ, जसले मानसिक तनाव दिन सक्छ। आफन्त वा साथीबाट असहज व्यवहार हुन सक्छ। आर्थिक हिसाबले मितव्ययी हुनु बुद्धिमानी हुनेछ। पारिवारिक सहयोग मिल्न सक्छ तर प्रेम सम्बन्धमा दूरी बढ्न सक्ने सम्भावना छ। यात्राको सम्भावना भए पनि सावधानी अपनाउनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सुख र सन्तान पक्षमा सकारात्मक संकेत मिल्नेछ। काममा सफलता मिल्नाले मन प्रशन्न हुनेछ। दाम्पत्य जीवनमा सुधार आउनेछ र मन मिल्ने संवाद हुनेछ। वैदेशिक कारोबार वा अध्ययनको अवसर आउन सक्छ। आर्थिक पक्ष सुदृढ रहनेछ तर अनावश्यक खर्चमा नियन्त्रण आवश्यक छ। स्वास्थ्य सामान्य रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आत्मविश्वास बढ्नेछ र नेतृत्वदायी भूमिका प्राप्त हुन सक्छ। सामाजिक प्रतिष्ठा बढ्न सक्छ र सम्मानजनक कार्यमा सहभागी भइनेछ। प्रेम प्रसंगमा विश्वास र समर्पण आवश्यक देखिन्छ। साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ। खर्च बढ्ने देखिन्छ, विशेषगरी विलासिताका क्षेत्रमा। सरकारी वा कानुनी पक्षमा सतर्क रहनु उत्तम हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थी वा अनुसन्धान गर्नेहरूका लागि लाभदायक दिन हुनेछ। आज आफन्तको सहयोग प्राप्त हुनेछ र सम्बन्धहरू बलियो बन्नेछन्। आर्थिक लेनदेनमा सावधानी अपनाउनु राम्रो हुनेछ। स्वास्थ्यमा पुरानो रोग बल्झन सक्ने सम्भावना छ। प्रेम र सम्बन्धमा सन्देह नगर्नु उपयुक्त हुनेछ। लामो समयको योजना बनाउन अनुकूल समय हो।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ अवसर प्राप्त हुने सम्भावना छ, विशेषगरी जागिर वा व्यवसायमा। पारिवारिक समर्थनले आत्मबल बढ्नेछ। प्रेमसम्बन्धमा नयाँ सुरुवात वा समाधान आउनेछ। यात्राको सम्भावना छ, तर सावधानीपूर्वक गर्नु होला। खर्च बढ्नेछ तर आम्दानी पनि सम्यक रहनेछ। कानुनी वा दस्तावेजसम्बन्धी काममा सफलता मिल्ने संकेत छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन चुनौतीपूर्ण हुन सक्छ, विशेष गरी कार्यालय वा सार्वजनिक जीवनमा। परिवारभित्र सानो विवाद हुने सम्भावना छ, संयमता अपनाउनुहोस्। स्वास्थ्यका मामिलामा ध्यान दिनु उपयुक्त हुनेछ। पुराना समस्या समाधानतर्फ जाने देखिन्छ। नयाँ सम्पर्कले भविष्यमा सहयोगी भूमिका खेल्न सक्छ। लगानी गर्दा दीर्घकालीन सोच राख्नु राम्रो हुनेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
सामाजिक क्षेत्र वा सार्वजनिक सेवा कार्यमा सरिक हुने मौका मिल्नेछ। मानसिक तनाव घट्नेछ र ऊर्जा बढ्नेछ। व्यापारमा लाभदायक सौदाबाजी हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। वैदेशिक सम्पर्क वा अध्ययनको अवसर आउन सक्छ। स्वास्थ्यका मामिलामा सकारात्मक परिवर्तन आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन विशेष लाभदायक देखिँदैन, धैर्य र संयम आवश्यक छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ र व्यस्तता बढ्नेछ। प्रेम सम्बन्धमा असमझदारी हुन सक्छ। व्यवसायमा प्रतिस्पर्धा तीव्र रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर पुराना रोगले सताउन सक्छ। आर्थिक निर्णय सोचविचार गरेर मात्र गर्नु उपयुक्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना छ, जसले प्रसन्नता ल्याउनेछ। नयाँ काम सुरु गर्ने सोच भएमा राम्रो समय हो। वैवाहिक जीवनमा मिठास आउनेछ। पारिवारिक सहयोगले काममा उत्साह थप्नेछ। अध्ययन र प्रतिस्पर्धामा सफल हुने योग छ। धार्मिक आस्था बढ्नेछ र आध्यात्मिक चासो जाग्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ योजना र कार्यदिशातर्फ बढ्न उपयुक्त समय छ। काममा प्रगति हुने देखिन्छ तर ध्यान केन्द्रित गर्नु आवश्यक छ। पारिवारिक सहयोग मिल्नेछ र घरको वातावरण रमाइलो बन्नेछ। आर्थिक लाभको सम्भावना बढ्नेछ। यात्राको सम्भावना छ, जसले लाभ दिनेछ। स्वास्थ्यमा सामान्य कमजोरी भए पनि दीर्घरोगको डर छैन।