News Desk
मेष (Aries):
आजको दिन तपाईंको लागि सकारात्मक ऊर्जा र आत्मविश्वासले भरिपूर्ण रहनेछ। नयाँ योजनाहरूमा हात हाल्न उपयुक्त समय हो। पारिवारिक सम्बन्धहरूमा मिठास आउनेछ। आर्थिक दृष्टिले पनि लाभदायक समय छ। प्रेम सम्बन्धमा सुधार देखिन सक्छ। नयाँ ठाउँमा भ्रमणको सम्भावना छ। स्वास्थ्य पक्ष बलियो रहनेछ तर खानपानमा संयम आवश्यक छ।
वृष (Taurus):
आज अलिकति मानसिक चाप र द्विविधा उत्पन्न हुन सक्छ। काममा एकाग्रता कमी हुनाले पुरानो काम समयमै सम्पन्न नहुन सक्छ। पारिवारिक कुरामा बढी ध्यान दिनुपर्छ। आर्थिक पक्ष सामान्य रहनेछ, तर खर्चमा नियन्त्रण आवश्यक छ। साथीभाइसँग भेटघाटले मन हल्का हुनेछ। प्रेम जीवनमा सामान्य उतारचढाव देखिन सक्छ। मानसिक शान्तिका लागि ध्यान वा योग लाभदायक हुनसक्छ।
मिथुन (Gemini):
आजको दिन सृजनात्मक काममा सफलता मिल्नेछ। लेखन, संगीत, चित्रकला वा प्रस्तुतीकरण जस्ता क्षेत्रमा लाग्नेलाई विशेष लाभ मिल्नेछ। विद्यार्थीहरूका लागि राम्रो समय छ, अध्ययनमा प्रगति देखिन्छ। सामाजिक मानसम्मानमा वृद्धिको सम्भावना छ। आर्थिक पक्ष सबल देखिन्छ, नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। प्रेमसम्बन्धमा मिठास र समझदारी देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
कर्कट (Cancer):
आज घरपरिवारको साथले तपाईंलाई भावनात्मक रूपमा सशक्त बनाउनेछ। आफन्तहरूसँगको सम्बन्ध अझ बलियो हुनेछ। जागिरपेशामा सन्तुलन कायम राख्नुपर्छ, सहकर्मीहरूसँग सहयोगी भावना आवश्यक छ। आर्थिक हिसाबले सोचेर खर्च गर्नुपर्छ। पूराना ऋण वा जिम्मेवारीमा सुधार आउने संकेत छ। प्रेमसम्बन्धमा नयाँ मोड आउन सक्छ। थकान वा टाउको दुख्ने समस्या देखिन सक्छ।
सिंह (Leo):
आज आत्मविश्वास उच्च रहनेछ र नेतृत्वदायी काममा सफलता मिल्नेछ। व्यक्तित्वले अरूको ध्यान आकर्षण गर्न सक्नुहुन्छ। पदोन्नति वा मानसम्मान प्राप्तिको सम्भावना छ। व्यवसायमा नयाँ साझेदारीको प्रस्ताव आउन सक्छ। प्रेमसम्बन्धमा इमानदार संवाद जरुरी छ। परिवारसँग समय बिताउने मौका मिल्नेछ। स्वास्थ्यमा सामान्य कमजोरी अनुभव हुन सक्छ, आराममा ध्यान दिनुहोस।
कन्या (Virgo):
आजको दिन ध्यानपूर्वक निर्णय लिनु पर्नेछ। हतारको निर्णयले घाटा हुनसक्छ, विशेष गरी आर्थिक क्षेत्रमा। पठनपाठन वा अनुसन्धानमा लाग्नेलाई राम्रो समय छ। यात्रामा अलिकति सावधानी अपनाउनु उचित हुनेछ। मित्रता र प्रेम सम्बन्धमा विश्वासको खाँचो देखिन सक्छ। घरपरिवारको जिम्मेवारी बढ्न सक्छ। स्वास्थ्यमा पुराना रोग सताउन सक्ने सम्भावना छ।
तुला (Libra):
आज सृजनात्मक र कलात्मक कार्यमा सफलता मिल्नेछ। आत्मविश्लेषण र आत्मबोधको समय हो, ध्यान वा मेडिटेसन फाइदाजनक हुनेछ। पारिवारिक सुख-शान्तिमा सुधार आउनेछ। व्यापार वा जागिरमा नयाँ अवसरहरू देखिन्छन्। प्रेम सम्बन्धमा मनमुटाव भए पनि संवादबाट समाधान संभव छ। आर्थिक पक्ष सामान्य रहनेछ। घाँटी वा छातीको समस्याबाट सावधानी अपनाउनु उचित हुनेछ।
वृश्चिक (Scorpio):
आज मनमा अलिकति चञ्चलता र अस्थिरता देखिन सक्छ। कामको चाप बढ्नाले मानसिक तनाव हुन सक्छ। तर कठिन परिस्थिति पनि तपाईंको निर्णय क्षमताले समाधान हुनेछन्। परिवारमा मतभेदका सम्भावना रहेकाले सोचेर बोल्नु राम्रो। आर्थिक पक्ष सामान्य रहला तर अनावश्यक खर्चबाट बच्नुपर्छ। प्रेम सम्बन्धमा परिक्षणको समय हुन सक्छ। ध्यान र योग लाभदायक हुनेछ।
धनु (Sagittarius):
आजको दिन ऊर्जा र उत्साहले भरिपूर्ण रहनेछ। नयाँ योजना र प्रोजेक्ट सुरु गर्नको लागि अनुकूल समय हो। अध्ययन र अनुसन्धानमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ। दाम्पत्य जीवनमा मिठास थपिनेछ। विदेश यात्रा वा विदेशसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष मजबुत रहनेछ। स्वास्थ्यमा सुधार देखिनेछ, पुरानो रोग कम हुनसक्छ।
मकर (Capricorn):
आजको दिन करियर र व्यवसायमा नयाँ उपलब्धिको संकेत छ। आपूmको मेहनतले उच्च पद वा मान्यता प्राप्त हुनसक्छ। घरपरिवारको साथले मानसिक सन्तुलन कायम हुनेछ। प्रेम जीवनमा सकारात्मक परिवर्तन सम्भव छ। पैसाको मामिलामा बुद्धिमत्ता प्रयोग गर्नु होला। साथीभाइबाट राम्रो सहयोग प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर निद्रामा समस्या देखिन सक्छ।
कुम्भ (Aquarius):
आजको दिन मिलेजुले परिणाम ल्याउनेछ। तपाईंको रचनात्मक सोचले नयाँ अवसर ल्याउन सक्छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। जागिरपेशामा सरुवा वा नयाँ जिम्मेवारी आउन सक्छ। प्रेम सम्बन्धमा आत्मियता बढ्नेछ। आर्थिक पक्षमा स्थायित्व आउने संकेत छ। टाउको दुख्ने वा दृष्टिसम्बन्धी समस्याबाट सावधान रहनु उचित हुनेछ।
मीन (Pisces):
आज भावनात्मक निर्णयहरूभन्दा व्यवहारिक सोच आवश्यक छ। अफवाह वा भ्रमले तपाईंलाई प्रभावित गर्न सक्छ, सतर्क रहनुहोस्। आर्थिक हिसाबमा बचतप्रति ध्यान दिनुपर्छ। पुराना मित्रसँग भेटघाट वा कुराकानीले मन हल्का हुनेछ। प्रेम सम्बन्धमा गलतफहमी समाधान हुन सक्छ। पारिवारिक सहयोग पाइनेछ। स्वास्थ्यतर्फ पाचन प्रणाली कमजोर हुन सक्छ, खानपानमा ध्यान दिनुहोस्।