गोरखा-ताकुकोट सेवासमाज काठमाडौंद्वारा गाईजात्राका लागि बाद्यबादन सामग्री हस्तान्तरण
News Desk
Aug-07 , 2025 तारिख 06:52 बिहान

गोरखा-ताकुकोट सेवासमाज काठमाडौंले सांस्कृतिक संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटमा गाईजात्रा पर्वको अवसरमा परम्परागत बाद्यबादन सामग्री हस्तान्तरण गरेको छ।

संस्थाका अध्यक्ष अनुप श्रेष्ठ, पूर्व अध्यक्ष रेशमलाल श्रेष्ठ, महासचिव धिरज उपरकोटी, महिला विभाग प्रमुख चिनु सुबेदी, गाउँ समन्वय प्रमुख इन्दिरा भट्ट लगायतको उपस्थिति रहेको कार्यक्रममा भवानी गुठी भञ्ज्याङ, भिमसेन गुठी पाल्खु, र माईकोट भिमसेन गुठी गरी तीनवटा गुठीहरूलाई परम्परागत बाजागाजा-ढोलकी, मादल, झ्याली, झुर्मा, घन्टी, करूवा आदि एक-एक सेट बराबरीरूपमा हस्तान्तरण गरिएको हो।
संस्थाले यस कदममार्फत आफ्ना मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्दै स्थानीय समुदायको सहभागिता र उत्साहलाई बढाउने अपेक्षा लिएको छ।

धेरै पढिएको