मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै
News Desk
Aug-26 , 2025 तारिख 06:31 बिहान

मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदैछ। चौरचनमा राति चन्द्रमाको पूजा गरिन्छ। 

पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ। कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ।
    
 पर्वका अवसरमा परिवारका सदस्य जमघट हुने र एकैसाथ विविध परिकार खाने चलन छ l

महिला आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन। पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन ।

महिलाहरुले पूजा सकाएपछि घरका सबै सदस्यहरुले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन। चौरचनपर्व सम्पन्न भएपछि  परिवारका सदस्य आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खान्छन।

धेरै पढिएको