इन्द्रजात्राका लागि यःसिं भोटाहिटीमा ल्याइयो
News Desk
Aug-27 , 2025 तारिख 06:46 बिहान

यस वर्षको इन्द्रजात्रा (यँया:) पर्वका लागि प्रयोग हुने लिङ्ग ‘यःसिं’ काठमाडौं ल्याइएको छ। मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थानका प्रतिनिधि तथा शार्दूलजंग गुल्म (गुरुजुको पल्टन) सहितको टोलीले वन प्रस्थान गरी पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा तोकिएको साइतमै रूख काटेर ल्याएको हो।

सोमबार राति ९ः०३ को साइतमा वृक्ष कर्तन सम्पन्न गरिएपछि गुठियारहरूले नालाबाट तानेर यःसिंलाई काठमाडौंको भोटाहिटीमा पुर्‍याइएको हो।

भोटाहिटीमा राखिएको यःसिंलाई यंलाथ्व अष्टमी (कायाःस्तमी)को दिन, बिहान ९ः५२ को साइतमा नगर प्रवेश गराइने तयारी छ। त्यसपछि भोटाहिटीबाट तानेर हनुमानढोका दरबार क्षेत्र पुर्‍याइनेछ।

हनुमानढोकास्थित कालभैरव र कागेश्वर महादेव मन्दिरअगाडि भदौ १९ गते बिहीवार बिहान १०ः३१ को साइतमा यःसिं ठड्याइ ‘इन्द्रध्वजोत्थान’ गरिनेछ।

यःसिं उठाइएपछि काठमाडौंको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व इन्द्रजात्रा (यँया:) औपचारिक रूपमा सुरु भएको मानिन्छ।

 

धेरै पढिएको