News Desk
दसैं सुरु भएको पहिलो दिन घटस्थापनामा नेपालमै पहिलो पटक वीरगन्जमा नवदुर्गा भवानीको चुनरी यात्रा निकालिएको छ। विश्व हिन्दू परिषद नेपालको आयोजनामा वीरगन्ज–६ माईस्थानस्थित गहवामाई मन्दिरबाट सुरु भएको यात्रामा १ हजार ५ सयभन्दा बढी महिलाले १५१ मिटर लामो चुनरी बोकेर नगर परिक्रमा गरेका थिए। पूजापाठसँगै सम्पन्न भएको यस यात्रालाई नेपालमा परम्परागत रूपमा पहिलो पटक सुरु गरिएको र अब हरेक वर्ष घटस्थापनाका दिन निरन्तर गर्ने योजना रहेको आयोजकले बताएका छन्।