आज विजया दशमी अर्थात् दुर्गा पूजा पर्वको मुख्य दिन, जसलाई दुर्गापक्षको शिखर मानिन्छ। आजका दिन नवदुर्गाको प्रसादस्वरूप मान्यजनहरूको हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, टीका प्रसाद ग्रहण गर्नका लागि आज बिहान ११ः५३ बजे साइत उत्तम मानिएको छ। परम्पराअनुसार टीका र जमरा माग्दा पूर्व दिशातर्फ फर्केर माग्नुपर्छ।
समितिले देवी बिसर्जनका लागि आज बिहान ९ः२३ बजे शुभ साइत तोकेको छ। दशमीका दिन बिहानै देवी बिसर्जन गरेर टीका र जमरा ग्रहण गर्ने प्रचलन पुरानो परम्परा हो।
यसै दिन अपराह्न १२ः१९ बजे श्री तुलाजात्रा यात्रा सुरु हुने र १ः४९ बजे स्थिरासन दिवस मनाइने समितिले जानकारी दिएको छ। साथै, खड्ग जात्रासमेत परम्परागत रीतिअनुसार आजकै दिन सम्पन्न हुने कार्यक्रम रहेको उल्लेख गरिएको छ।