आज तिहार​को मुख्य​ दिन्, भाइटीकाको शुभ​ उत्त​म​ साईत​बिहान ११ः३९ बजे
News Desk
Oct-23 , 2025 तारिख 07:07 बिहान

काठमाडौं। नेपालमा यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। बिहानैदेखि घर-घरमा चहलपहल सुरु भइसकेको छ भने दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउन माइती पुगिसकेका छन। केही दाजुभाइहरू भने टीका लगाउने अवसरको प्रतीक्षामा आफ्नो दिदीबहिनीको आगमनको उत्साहमा छन।

भाइटीकासहितको तिहार पर्वले झिलिमिली बत्ती, उज्यालो, पशुपंक्षीको पूजा, दाजुभाइ–दिदीबहिनीको प्रेम र मिष्ठान्न परिकार जस्तै सेलरोटी र मिठाइ, फूलमाला, देउसी भैलो, नेपाल संवत प्रारम्भ र महाकवि जयन्ती जस्ता विशेष अवसरहरू समेटेको छ। पर्वले परिवार र समुदायमा उत्साह र खुशीको माहोल सिर्जना गर्ने काम गर्छ।

धेरै पढिएको