News Desk
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन सम्पन्न भएको राम–सीताको विवाहको सम्झनामा धनुषा जिल्लाको जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आयोजना गरिएको छ।
विवाहपञ्चमीको मुख्य दिन, जानकी मन्दिर र राम मन्दिर वरिपरिका डोला रंगभूमि मैदानमा पुगेका भक्तजनले स्वयम्बर विधि सम्पन्न गरेका छन।
साँझमा जानकी मन्दिर परिसरमा राम–जानकीको वैवाहिक कार्यक्रम मिथिला परम्परा र संस्कार अनुसार सम्पन्न हुने कार्यक्रम तय गरिएको छ।
मिथिलाञ्चलभरि आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी उत्सवको अवसरमा, जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालु तथा भक्तजनको घुइँचो लागेको छ।