पशुपतिनाथ मन्दिरबाट फलामे बार हटाइने, काठ–डोरीको परम्परागत संरचना प्रयोग हुने
News Desk
Nov-27 , 2025 तारिख 06:38 बिहान

विश्वसम्पदा सूचीमा परेका पशुपतिनाथ मन्दिर परिसरमा राखिएका फलामका बार हटाउने प्रक्रिया सुरु भएको छ। भक्तजनलाई लाइन व्यवस्थापनका लागि मूल मन्दिरभित्र राखिएको फलामे संरचनाले सम्पदाको मौलिकता र संवेदनशीलता प्रभावित पार्ने निष्कर्ष आएपछि यसलाई हटाउन लागिएको हो।

पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य–सचिव सुभाषचन्द्र जोशीका अनुसार, अब फलामका बारको सट्टा परम्परागत शैलीमा तयार गरिने काठ र डोरी प्रयोग गरिनेछ। उनका अनुसार, यस्तो संरचनाले सम्पदाको मौलिक रूप सुरक्षित रहन मद्दत गर्नेछ।

पुरातत्त्व विभागले पनि मन्दिर परिसरभित्र राखिएका फलामे बार र फलामबाट बनेका आकाशे पुल हटाउन औपचारिक रूपमा कोषलाई निर्देशन दिएको थियो। विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार, फलामे सामग्री विश्वसम्पदा क्षेत्रको संरक्षण मापदण्डसँग मेल नखाने भएकाले हटाउन पत्र पठाइएको हो।

धेरै पढिएको