मोक्षदा एकादशी र गीताजयन्ती आजः श्रीमद्भागवद्गीताको उत्पत्ति दिवस श्रद्धासाथ मनाइँदै
News Desk
Dec-01 , 2025 तारिख 06:58 बिहान

मार्गशीर्ष शुक्लपक्षको एकादशी, जसलाई मोक्षदा एकादशी भनेर चिनिन्छ, आज देशभरका सनातन धर्मावलम्बीहरूले श्रद्धा र भक्तिसँग मनाउँदै छन। यही दिनलाई श्रीमद्भागवद्गीता प्राकट्य दिवसका रूपमा समेत मनाइने भएकाले सोमबार गीताजयन्ती पनि एकसाथ मनाइन्छ।

धार्मिक मान्यताअनुसार महाभारत युद्धको प्रारम्भतिर कुरुक्षेत्रमा अर्जुन युद्ध गर्न अनिच्छुक भएपछि भगवान कृष्णले उनलाई प्रदान गरेको दिव्य उपदेश नै आजको दिन प्रकट भएको थियो। यही उपदेशका १८ अध्याय मिलेर भीष्मपर्वअन्तर्गत श्रीमद्भागवद्गीता बनेको हो। धर्मशास्त्रविद प्रा। डा। रामचन्द्र गौतमका अनुसार गीतामा भक्ति, ज्ञान र वैराज्ञ योग का गहन सिद्धान्तहरू समेटिएका छन।

गीताजयन्तीको अवसरमा विश्व हिन्दू महासंघ सहित विभिन्न धार्मिक संस्थाहरूले देशभर विशेष कार्यक्रम आयोजना गरिरहेका छन। गीता पाठ, प्रवचन, भक्ति-कीर्तन, तथा गीता महिमाबारे चर्चा परिचर्चा गर्दै श्रद्धालुहरूले यो दिन मनाइरहेका छन।

मोक्ष प्राप्तिको मार्ग देखाउने धर्मशास्त्रको उत्पत्ति दिवसका रूपमा गीताजयन्ती आज विविध आध्यात्मिक तथा धार्मिक गतिविधिसहित मनाइँदैछ।

धेरै पढिएको