पशुपतिनाथको मूल मन्दिरबाट हटाइयो फलामे बार
News Desk
Dec-04 , 2025 तारिख 08:30 बिहान

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ।

पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन।


यस्तैमध्येका एक हुन संस्कृतिविद हरिप्रसाद सोडारी। पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले सुनाए।

मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद सोडारी बताउँछन। विश्व सम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्त्व विभागले विश्व सम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो। RSS

 

धेरै पढिएको