कर्णालीको मौलिक पर्व ठूली भैली शुरु
News Desk
Dec-22 , 2025 तारिख 07:09 बिहान

कर्णालीको मौलिक पर्व ठूली भैली शुरु भएको छ। कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्चमीसम्म ५ दिन खेलिने भएकाले यसलाई ठूली भैली भनिन्छ।

पुस महिनाको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा खेलिन्छ। पहिले मन मिल्ने बुढापाका, बालबालिका, युवायुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैलीको महत्त्व बिस्तारै घट्न थालेको तिला गाउँपालिका स्थानीयवासी हरिचन्द्र बुढाले बताए।

भैलीमा सबै साथीसङ्गी मिली नयाँ पहिरनमा सजिएर आफन्तजनका घरघरमा गएर भैलो खेल्ने चलन रहेको तिला-१ का स्थानीयवासी कर्ण रावतले बताए।

१२३ औँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि शुरु भएको हिउँदे याममा खेलिने ठूली भैली खेल्ने चलन हराउँदै जान थालेकामा बुढापाका चिन्तित छन्। दशक अघिसम्म हिउँद महिनामा खेलिने भैलीलाई स्थानीयस्तरको महत्त्वपूर्ण पर्वका रूपमा मानिन्थ्यो।

RSS 

धेरै पढिएको